• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights

    काठमाडौं उपत्यकाका ५ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६ हजार २११ पुग्यो

    3.3K
    SHARES

    काठमाडाैं । नेपालमा सोमबार थप ४५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ हजार २११ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित लाइभ अपडेटमा नेपालमा हालसम्म ६ हजार २११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

    स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अहिलेसम्म कोभिड-१९ पुष्टि भएका व्यक्तिको संख्या ६ हजार २११ पुगेको जानकारी दिएका हुन् । जसमध्ये ४७१ महिला र ५७४० पुरुष रहेका छन् ।

    डा गौतमका अनुसार पछिल्लो २४ घण्टामा ६७ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १०१४ पुगेको छ । जसमध्ये १०४ जना महिला र ९३७ पुरुष रहेका छन् ।

    देशभर काेराेना संक्रमितकाे संख्या बढिरहेका बेलासोमबार काठमाडौं उपत्यकामा ५ जना कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका दुई पुरुष र दुई महिला तथा ललितपुरको एक महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    तर उनीहरु कुन ठाउँका हुन् भन्ने मन्त्रालयले खुलाएको छैन । ति व्यक्तिहरु कुन ठाउँका हुँने जानकारी नदिइएपछि अब के हुन्छ ? को स्थितिमा उपत्यकावासी छन् । उता कर्णालीमा कोरोना संक्रमितको संख्या एक हजार नाघेको छ । सोमबार ११० जना संक्रमित थपिएसँग कर्णाालीमा संक्रमित संख्या एक हजार ७७ पुगेको हो ।

    सोमबार एकै दिन दैलेखमा ९१ र सुर्खेतमा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । दैलेखका संक्रमित सबैभन्दा धेरै नौमुले गाउँपालिकाका छन् । नौमुले वडानम्बर १ मा मात्रै दुई वर्षदेखि ५४ वर्षसम्मका ४६ जनामा कोरोना पुष्टि भएको छ । तीमध्ये एकजना महिला हुन् ।

    यस्तै नौमुलेकै वडानम्बर ७ मा दुई महिलासहित १५ जना, ८ मा १० पुरुष, ६ मा ७ जना पुरुष, ४ मा चारजना पुरुष, २ र ३ मा दुई/दुई जना पुरुषमा संक्रमण पुष्टि भएको छ । दैलेखकै दुल्लु नगरपालिका-१ मा एकजना युवक र नारायण नगरपालिका ३ र ४ नम्बर वडामा थप ३ जनामा संक्रमण पुष्टि भएको छ ।

    सुर्खेतमा नयाँ थपिनेमा पञ्चपुरी नगरपालिकामा एक महिलासहित ८ जना, बराहताल गाउँपालिकाका ३ जना, चौकुने गाउँपालिकाका ३ जना, लेकबेसी नगरपालिकाका चारजना र सिम्ता गाउँपालिकाका एकजना पुरुष रहेका छन् ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया