• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    corona update

    थप २७३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५३३५ पुग्यो

    1K
    SHARES

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २७३ जनामा कोरोना भाइरस कोभिड-१९ को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित लाइभ अपडेटमा नेपालमा हालसम्म ५ हजार ३३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

    स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अहिलेसम्म कोभिड-१९ पुष्टि भएका व्यक्तिको संख्या ५ हजार ३३५ पुगेको जानकारी दिएका हुन् । डाक्टर गौतमका अनुसार नयाँ थपिएका संक्रमितमध्ये २४७ जना पुरुष र ३६ जना महिला रहेका छन् ।

    डा गौतमका अनुसार पछिल्लो २४ घण्टामा ३६ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ९१३ पुगेको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ