• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    भारतीय रणनीति फेल भएपछि पत्रकारसामु सरिता गिरीको रुवाबासी

    5.1K
    SHARES

    काठमाडौँ । समाजवादी पार्टीकी समानुपातिक सांसद सरिता गिरीले भारतीय रणनीति अनुसार संविधान संशोधन विधेयकमा संंशोधन प्रस्ताव हालिन । उनलाई उनको पार्टीले उक्त संसोधन प्रस्ताव फिर्ता लिन चेतावनी दियो र नेपालको अद्यावधिक नक्सालाई नेपालको संविधानको अनुसुचीमा राख्ने ‘नेपालको संविधान संशोधन (दोस्रो संशोधन) विधेयक’ मा मतदान गर्न आफ्ना सबै सांसदहरुलाई ह्विप जारी गर्यो । तर गिरीले पार्टीको निर्णयलाई व्यवस्ता गर्दै उनले संसोधन प्रस्ताव फिर्ला लिन मानिन ।

    तर जब शनिबारको संसद बैठकमा संशोधन विधेयकमाथि सैद्धान्तिक छलफल सुरु हुनासाथ सांसद गिरी उठिन । तर सभामुख अग्नि प्रसाद सापकोटाले उनको संशोधनलाई आफूले अस्वीकृत गरेको जानकारी दिए ।

    प्रतिनिधि सभा बैठकले आफ्नो संशोधन प्रस्ताव अस्वीकार गरेपछि गिरीको  रुवाबासी चल्यो । उनले केहि युट्युबरहरुलाई आफुसंग सरकारबिरुद्द लड्न वा आ’त्मह’त्या गर्नुको विकप्ल नरहेको समेत भन्न भ्याइन । सर सांसद र देशका जनता राष्ट्र र राष्ट्रियताको पक्षमा उभिएका बेला गिरी भने भारतलाई खुशी पार्न नेपालबिरुद्ध उभिएकी छिन । उनको सांसद पद खारेज गर्नुपर्ने माग अहिले चौतर्फी उठिरहेको छ ।

    आफ्नो प्रस्ताव खारेजीपछि फायर भएर बाहिरिएकी सरिता गिरीले जातीय भावनामा राष्ट्रियताको कुरा ल्याएर असहमत पक्षलाई आ’क्रम’ण गरिएको बताएकी छिन्।  गिरीले आफूले संशोधन राखेपछि धेरै फोहोरो गा’लीग’लौ’ज सामना गरेको बताइन्। उनले एकजना महिलाले उठाएको आवाजलाई राष्ट्रियताको नाउँमा अस्वीकृत गर्ने र आ’क्रमण हुने प्रवृतिले बंगलादेशमा जस्तै महिला जागृत हुने चेतावनी दिइन् ।

    उनले भनिन्– ‘यो राष्ट्रियताका नाउँमा एकजना महिला सांसदमाथि जुन व्यवहार भइराखेको छ, यदि यसलाई तपाइहरुले चेक गर्नुभएन भने अनि नबिर्सनुहोस् बंगलादेशको निर्माण कसरी भएको थियो । बंगलादेशको निर्माण महिलाहरुले गरेका हुन् किनभने त्यहाँ पाकिस्तानी सेनाहरुले ब’ला’त्का’र गरिरहेका थिए ।

    बोर्सनिया, हर्जगोभिना सबै । जव जातिय भावनामा राष्ट्रियता ल्याईकन कुनै असहमत पक्षलाई आक्रमण गरिन्छ यदि त्यसामा हामी बेलामै सचेत भएनौं भने यसको परिणाम मूलुकको राष्ट्रिय एकताका लागि र मुलुकको राष्ट्रियताको लागि हुँदैन् ।’ सांसद गिरीले आफुले संविधान संशोधनका विषयमा संसदमा कुरा उठाएदेखि नै सर्वत्र विरोध र आक्रमण भइराखेको समेत बताइन् । आफुले संविधान संशोधनका क्रममा भएको कमजोरी राखेपछि आत्महत्या गर्ने या जंगको मैदानमा उत्रनुपर्ने दुई विकल्प मात्रै रहेको र आफु महिलाको सेल्फ डिग्निटी र सेल्फ रेस्पेक्टको रक्षा गर्नुपर्छ भनेर लागेको समेत बताइन् ।

    सांसद गिरीले आफुले कुन विचार र मनसायको आधारमा संविधान संशोधनको प्रस्ताव दर्ता गरेको भन्ने जानकारी संसदलाई गराउन नपाएको समेत बताइन् । उनले निशान छापमा नेपालको वास्तविक नक्सा परिवर्तन गर्ने विषयको विपक्षमा नभई संविधान संशोधन गर्नुको आधार र कारण नखुलाइएकाले प्रस्ताव दर्ता गरेको बताइन् ।

    उनले संविधनमा नक्सा परिवर्तन गर्दा १८१६ को सन्धिलाई आधार मानिएको छ भने उक्त सन्धिमा मधेसमा रहेका नागरिकलाई भेदभाव गर्न पाइनेछैन भन्ने उल्लेख भएकाले उक्त जानकारी संसदलाई गराउन मात्र खोजेको दावी गरिन् । उनले १८१६ को सन्धिअनुसार नक्सा संशोधन हुन्छ भने सोही सन्धिअनुसार नै तराई मधेससँग भइरहेको विभेद र त्यहाँको समस्यालाई समेत उठाउनुपर्ने बताइन् ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ