• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    सिमानामा जाइलाग्न आउने भारतीय नागरिकमाथि प्रहरीले गो’ली चलायो, १ जनाको मृत्यु

    5.8K
    SHARES

    सर्लाही । भारतसँग सीमा जोडिएको सर्लाहीको पर्सा गाउँपालिकास्थित नारायणपुरमा भारतीय समूहले शुक्रबार बिहान सीमामा ड्युटीमा खटिएका सशस्त्र प्रहरीमाथि आ’क्र’मण गरेको छ ।

    भारतबाट नेपाल प्रवेश गर्न खोज्ने व्यक्तिलाई रोक्न खोज्दा सर्लाहीस्थित नेपाल- भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरीमाथि भारतीय नागरिले आक्रमण गरेका हुन्। त्यसक्रममा सशस्त्र प्रहरीले चलाएको गो’ली लागेर एक जनाको मृ’त्यु भएको छ ।

    सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी प्रवीणकुमार श्रेष्ठले मृ’त्यु हुनेको परिचय खुलिनसकेको बताए । उनले भने, ‘घटनामा भारतीय पक्षका दुई जना र सशस्त्र प्रहरीका तीन जना घाइते भएका छन् ।’ प्रहरीको हतियार खोस्ने भारत सितामढी, लालबन्दीका ४५ वर्षीय लगन रामलाई पनि प’क्राउ गरिसकिएको उनले बताए ।

    प्रारम्भमा भारतबाट २०- २५ जनाको टोली आएर संग्रामपुरस्थित बोर्डर आउट पोष्ट (बीओपी) मा विवाद गरेका थिए । उनीहरुलाई फर्काएको केहीवेरमा करिब एक सय जनाको टोली आएपछि विवाद बढेको प्रहरीको भनाइ छ । त्यसक्रममा स्थितिलाई नियन्त्रणमा लिन १० राउण्ड हवाई फायर पनि गर्नुपरेको सशस्त्र प्रहरीको भनाइ छ ।

    सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले भारतबाट तस्करी गर्न आएका मानिससँग सीमा क्षेत्रमा सशस्त्र प्रहरीको झडप भएको बताए । उनले भने, ‘अहिले थप सुरक्षा अधिकारी त्यहाँ पठाइएको छ।’

    सर्लाहीकाे पर्सा गाउँपालिकाका प्रमुख किशुनदेव रायले घटनामा घाइते भएका केही व्यक्ति भारततिर भागेको बताए । बीओपीमा कार्यरत अधिकारीहरुले भने सशस्त्र प्रहरीले संयमता अपनाउँदा अपनाउँदै पनि भिड आक्रोशमा आएकाले दु’र्घटना भएको बताएका छन् ।

    यस्तै सरकारले नेपाल–भारत सीमा सम्बन्धी प्रमाण संकलनका लागि विज्ञ समूह गठन गरेको छ । अर्थ एंव सुचना तथा सञ्चार मन्त्री युवराज खतिवडाका अनुसार मन्त्रीपरिषदको् जेठ २२ गतेको निर्णय अनुसार नीति अनुसन्धान प्रतिष्ठानका कार्यकारी अध्यक्ष विष्णुराज उप्रेतीको संयोजकत्वमा नौ सदस्यीय समूह गठन गरिएको हो ।

    समूहलाई सार्वजनिक निकाय लगायत विभिन्न संघ–संस्था, व्यक्ति र स्वदेशी तथा विदेशी पुस्तकालय, अभिलेखालय एवं संग्रहालयबाट सुस्ता क्षेत्र र उत्तर पश्चिम क्षेत्र लिम्पियाधुरा, कुटी, नाबी, गुन्जी, कालापानी र लिपुलेक क्षेत्रमा नेपालको स्वामित्व स्थापित हुने कागजात र प्रमाणित प्रतिलिपि संकलन गर्ने जिम्मेवारी दिइएको छ ।

    समूहका सदस्यहरुमा अन्तर्राष्ट्रिय कानुनविद् सूर्य प्रसाद सुवेदी, इतिहासविद् रमेश ढुंगेल, कानूनविद् विपिन अधिकारी, जलविज्ञानविद् जगत भूसाल, नापी विभागका पूर्व महानिर्देशक तोयानाथ बराल, अवकाश प्राप्त उपरथी हिमालय थापा र काभ्रेपलान्चोककी अप्सरा चापागाई छन् । समूहको सदस्य–सचिवमा परराष्ट्र मन्त्रालयका सहसचिव रामप्रसाद सुवेदी छन् ।

    समूहको काम : सार्वजनिक निकाय लगायत विभिन्न संघ–संस्था, व्यक्ति र स्वदेशी तथा विदेशी पुस्तकालय, अभिलेखालय एवं संग्रहालयबाट नेपाल–भारत सीमा सम्बन्धमा सुस्ता क्षेत्र र उत्तर पश्चिम क्षेत्र लिम्पियाधुरा, कुटी, नाबी, गुन्जी, कालापानी र लिपुलेक क्षेत्रमा नेपालको स्वामित्व स्थापित हुने कागजजात र प्रमाणित प्रतिलिपि संकलन गर्ने ।

    समूहले नेपाल–भारत बीचका सन्धी, सम्झौता र समझदारी पत्र, तत्काल इष्ट इन्डिया कम्पनी, ब्रिटिस सरकार र भारत सरकारसँग भएका पत्राचार, नेपाल–भारत सीमा सम्बन्धी नक्सा (शुरुदेखि हालसम्म संयुक्त रुपमा र दुवै पक्षबाट प्रकाशित समेत), सरकारी प्रतिवेदन, आदेश र प्रकाशनका कागजपत्रहरु संकलन गर्नुपर्नेछ । यसैगरी सरकारका योजना लगायत सरकारी दस्तावेज, सरकारी पत्राचार, प्रशासनिक आदेश र अन्य आधिकारिक तथ्य एवं प्रमाण, अदालती फैसला, जग्गाको स्वामित्वको प्रमाण पत्र एवं राजस्व, मालपोल, भूमिकर, तिरोधरो आदि तिरेका रसिद, भरपाई, पत्र वा आदेश आदि खोज्नुपर्ने जिम्मेवारी छ ।

    भारतले नेपाललाई नसोधि एक्लै नक्सा र जारी गर्ने र नेपाली भूमिमा सडक बाटो बनाउने काम गरेपछि नेपालले पनि जेठ ५ मा लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर नयाँ नक्सा जारी गरेको थियो । जेठ ७ मा नेपालले औपचारिक रुपमा नयाँ नक्सा जारी गरेको थियो । अहिले सोहि नक्सा अनुसार नेपालको निशान छापमा रहेको नक्सा परिवर्तन गर्नको लागि अहिले संघीय संसदमा संविधान संशोधन प्रक्रिया चलिरहेको छ ।

    नेपालले आफूसँग प्रयाप्त प्रमाण रहेको उल्लेख गर्दै नयाँ नक्सा जारी गरेको थियो । प्रमाणहरुलाई योजनाबद्ध तरिकामा थप परिकृत बनाएर तयार पार्नको लागि उक्त विज्ञ समूहको गठन गरिएको एक मन्त्रीले बताए ।

    ‘अहिले पनि हामीसँग प्रयाप्त प्रमाण छन् । यसलाई थप बलियो बनाउन विज्ञ समूहले काम गर्ने छ,’ ती मन्त्रीले भने । वार्ताको दौरान क्रमबद्ध रुपमा प्रमाणहरु ठिक होस भन्नको लागि विज्ञ समूहलाई अघि सारिएको ती मन्त्रीले बताए । परराष्ट्र मन्त्रालयले सीमा विवाद र दुवै मुलुकले आ–आफ्नो हिसाबमा नक्सा जारी गरेपछि भारतलाई वार्ताको लागि औपचारिक र अनौपचारिक रुपमा आह्वान गरेपछि अहिलेसम्म सहमति जनाएको छैन । पछिल्लो समय भारतको विदेश मन्त्रालयका प्रवक्ताले नेपाललाई वार्ताको लागि वातावरण बनाउनको लागि आग्रह गरेका थिए ।

    भारतले नेपालसँगको सीमा विवादका सम्बन्धमा आफ्नो पुरानो अडान रहेको जनाएको छ । भारतले यसअघि नेपालका तर्फबाट सकारात्मक र रचनात्मक पहल भएको खण्डमा मात्र वार्ता हुनसक्ने बताएको थियो ।

    भारतको विदेश मन्त्रालयद्धारा आयोजित नियमित पत्रकार सम्मेलनमा सीमालाई लिएर भारत र नेपालबीच देखिएको पछिल्लो तनावका सम्बन्धमा राखिएको जिज्ञासामा प्रवक्ता अनुराग श्रीवास्तवले भारतको तर्फबाट त्यही पुरानै अडान दोहोर्‍याएका हुन् । ‘सीमा विवादलाई लिएर भारतले यसअघि नै आफ्नो धारणा प्रष्ट पारिसकेको छ,’ श्रीवास्तवले भने । भारतले नेपालले लिम्पियाधुराको भूभागलाई समेटेर नक्सा जारी गरेलगत्तै पनि नेपालको नेतृत्वले कुटनीतिक सम्वादका लागि अनुकूल वातावरण निर्माणमा सघाउने प्रतिक्रिया दिएको थियो ।

    भारतले २६ वैशाखमा नेपाली भूमि लिपुलेक हुँदै चीनको मानसरोवरसम्म जोड्ने लिंकको ट्रयाकको उद्घाटन गरेयता सीमा विवादलाई लिएर दुवै छिमेकीबीच तनाव कायम छ । यसबीच नेपालले पनि सन् १८१६ को सुगौली सन्धिलाई आधार बनाएर लिम्पियाधुरासम्मको भूभाग समेटेर नयाँ नक्सा जारी गरिसकेको छ । र, सोहीअनुरुप निसान छापमा परिमार्जन गर्नका लागि संविधान संशोधन प्रक्रिया पनि अघि बढिसकेको छ । जसलाई लिएर दिल्लीमा विशेष चासो राखेको पाइन्छ ।

    विदेश मन्त्रालयका प्रवक्ता श्रीवास्तवले बिहीबारको पत्रकार सम्मेलनमा फेरि एकपटक द्विपक्षीय सम्बन्ध र साझेदारीका साथै भारतले नेपाललाई गर्दै आएको प्रसंग उल्लेख गरेका छन् । ‘भारतले नेपालसँगको साझा सभ्यता, संस्कृति र घनिष्ट सम्बन्धलाई अत्यन्त महत्व दिन्छ । हालका वर्षहरुमा हाम्रो बहुआयामिक द्विपक्षीय साझेदारी थप सघन हुने क्रमसँगै बढी विस्तारित र विधिकरण भएको र भारत सरकारले पनि नेपालमा मानवीय, विकास र सम्पर्क बढाउनका लागि सयोगलाई वृद्धि गर्दै लगेको छ,’ श्रीवास्तवले भनेका छन् ।

    त्यसैगरी उनले कोभिड १९ महामारीसँग जुध्नका लागि पनि भारतले नेपाललाई सहयोगको हात बढाएको उल्लेख गरेका छन् । ‘कोभिड १९ विरुद्ध लड्न प्रधानमन्त्रीको अग्रसरतामा अघि सारिएको साझा रणनीतिअनुरुप भारतले नेपाललगायत छिमेकी मुलुकहरुलाई सहयोग गरिरहेको छ । सोही क्रममा भारतले नेपाललाई सम्भव सबै प्राविधिक, चिकित्सा र मावनीय सहयोग उपलब्ध गराएको छ’ प्रवक्ता श्रीवास्तवको भनाई थियो ।

    साथै उनले भारतले नेपाललाई करिब एक महिनाअघि औषधिलगायत स्वास्थ्य सामग्री उपलब्ध गराएकोसमेत स्मरण गराएका छन् । त्यसैगरि यसअघिजस्तै भारतले नेपालको वस्तुको व्यापार तथा आपूर्तिमा कुनै अवरोध हुन नदिएको दोहोर्‍याएको छ । ‘लकडाउका वावजुद भारत सरकारले व्यापार तथा अत्याश्वयक वस्तुको आपूर्तिमा कुनै अवरोध हुन नदिन सुनिश्चित गरेको छ,’ विदेश मन्त्रालयका प्रवक्ता श्रीवास्तवले भने ।

    साथै मानवीयताका आधारमा विदेशमा अलपत्र परेका नेपालीहरुलाई स्वदेश फर्काउन पनि भारतले सहयोग गरेको समेत प्रवक्ता श्रीवास्तवले उल्लेख गरेका छन् । भारतले जापान र इण्डोनेशियालगायतका मुलुकमा अलपत्र परेका केही नेपालीलाई उद्धार गरेको थियो ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालानामा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार र समाचार सामाग्रीहरुको केन्द्र’ बन्ने यात्रामा अगाडि बढिरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ