• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    पत्रपत्रिका

    नेपालबाट विश्वलाई खुशीको खबर- कोरोनाविरुद्ध ९ वटा औषधिको परीक्षण सुरु, छैन साइड इफेक्ट

    2.9K
    SHARES

    काठमाडौं । नेपालमा कोरोना भाइरसविरुद्धको औषधि पत्ता नलाएर विश्वलाई हैरानी भइरहेको बेला नेपालले भने खुशीको खबर प्रवाह गरेको छ । चीन, बेलायतलगायतका केही देशहरुले भ्याक्सिन परीक्षण गरेपनि त्यसको त्यसले कोरोनालाई निर्मुल गर्छ भन्ने पुष्टि भइसकेको छैन ।

    चीन, बेलायत, अमेरिकाले जसरी नेपालले औषधि तयार गरेर परीक्षण सुरु गरेको छ । नेपालले अरुभन्दा फरक ९ ओटा औषधि सँगै तयार गरेर परीक्षण सुरु गरेको छ । रोगको निदान गर्ने समूह र सङ्क्रमण हुन नदिने समूह गरी दुई भागमा गरी ९ प्रकारका औषधि तयार भएको हो ।
    औषधि त्रिभुवन विश्वविद्यालय, वन विज्ञान अध्ययन संस्थानका प्राध्यापक डाक्टर दिलीपकुमार दासले औषधि तयार गरेका हुन् ।

    बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले औषधिको परीक्षण सुरु गरेको छ । परीक्षको रिपोर्ट नआएपनि औषधिले कोरोनलाई पूर्णरुपमा निर्मुल गर्ने डा. दासको दाबी छ । उनले ९ मध्ये ६ प्रकारका औषधिलाई सङ्क्रमण लाग्न नदिन सुईका रुपमा प्रयोग गर्न सकिने तथा तीन प्रकारका औषधिलाई सङ्क्रमण पछि उपचारका लागि र रोगको निदानका लागि प्रयोग गर्न सकिने बताए ।

    वाग्मती प्रदेशका सामाजिक विकास मन्त्रीको संयोजनमा दासले औषधिको औपचारिक तथा कानूनी परीक्षणको प्रक्रिया प्रारम्भ गरेका छन् । औषधिका सम्बन्धमा मन्त्री युवराज दुलालले शुक्रबार प्रदेशका विज्ञ तथा देशका प्रतिष्ठित वैज्ञानिकसँग समेत छलफल गरेर औषधिको औपचारिक परीक्षण प्रारम्भ गर्ने बताएका थिए ।

    डा. दासले कोरोना भाइरसको बनावट त्यसका रसायनिक तथा अन्य गुणको अध्ययन गरेको र विभिन्न १५ प्रकारका वनस्पतिमार्फत त्यसलाई नष्ट गर्ने औषधि तयार पारेको बताए । डाक्टर दासले उक्त औषधिले कोरोना भाइरसको पहिलो पत्रमा हुने बोसो तथा प्रोटिनलाई समेत टुक्र्याउने र भाइरसलाई निष्क्रिय बनाउने बताए ।

    द्रुत सङ्क्रमक भाइरस भएकाले भाइरसलाई ल्याबमा ल्याएर परीक्षण नगरेको तर अन्य वैज्ञानिक परीक्षण गरेको बताउँदै दासले वर्षौंदेखि मानव जातिले विभिन्न तरिकामा प्रयोग गर्दै आएका वनस्पतिको प्रयोगबाट औषधि तयार गरिएको बताए । डा. दासले औषधि सेवनबाट कुनै ‘रियाक्सन’ नहुने तर कसैकसैमा सामान्य खालको एलर्जीसम्म हुनसक्ने बताए ।

    वनारस विश्वविद्यालयबाट रसायन शास्त्रमा विद्यावारिधि गरेका दास त्रिभुवन विश्वविद्यालय, वन विज्ञान अध्ययन संस्थान, हेटौँडा क्याम्पसमा प्राध्यापन गराइरहेका छन् । नेपालले औषधि बनाएको खबर विश्वभर पुगेको छ । विश्व स्वास्थ्य संगठनले पनि चाँसो देखाउँदै परीक्षणमा सहयोग गर्ने बताइसकेको छ । कोरोनाले थिलोथिलो भएको विश्वलाई नेपालबाट खुशी खबर प्रवाह भएको छ ।

    डब्लुएचओले कोरोनाविरुद्ध तयार पारेको औषधिलाई सुईमार्फत दिइने सुईका रुपमा मात्र नबनाएर खाने झोल सिरपका रुपमा समेत उत्पादन गर्न सुझाव दिएको छ । भिडियो कन्फेरेन्समार्फत कुराकानी गरेपछि स्वास्थ्य सङ्गठनले इमेलमार्फत उक्त सुझाव दिएको डाक्टर दासले जानकारी दिए ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ