• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights विशेष

    सौचालय प्रयोगबारे विवाद हुँदा क्वारेन्टाइनमा झडप, यस्तो छ अवस्था

    768
    SHARES

    कालीकोट । कालिकोटको एक क्वारेन्टाइन सौचालय प्रयोग गर्नेबारे विवाद हुँदा झडप भएको छ । जिल्लाको खाडाचक्र नगरापालिकास्थित पिलीको एक क्वारेन्टाइनमा झडप भएको हो । कालिका माविको क्वारेन्टाइनमा एक पक्षले सौचालय प्रयोग गरेर अर्काे पक्षलाई चावि दिन नमान्दा झडप भएको हो। पछिल्लो समय भारतबाट आएका नागरिकहरुको संख्या बढेसंगै उनीहरुलाई जिल्लाका विभिन्न स्थानका बिद्यालयमा क्वारेन्टाइन निर्माण गरेर रखिएको छ ।

    क्वारेन्टाइन व्यवस्थापनमा खटिएका खाडाचक्र नगरपालिका वडा नम्बर ७ का अध्यक्ष रज बहादुर मल्लका अनुसार सौचालय सरसफाईका विषयमा विवाद भएको हो । एक पक्षले अर्को पक्षलाई सरसफाई नगरेको भन्दै चाबी दिन नमानेपछि झडप भएको उनले बताए । झडपले ठुलो रुप लिन नपाउदै प्रहरीले माइकिङ्ग गरेर शान्त पारेको छ ।

    विवादपछि प्रहरीले उक्त सौचालयको ताला फोडेर समस्या हल गरेको बताइएको छ । अहिले पिलिको क्वारेन्टाइनमा जम्मा एक सय ९६ जना खांडाचक्र नगरपालिकाका समुदाय रहेको र तिनिहरुलाई पांच वटा सौचालय प्रयोगकालागि व्यवस्थापन गरिएको नगरपालिकाले जनाएको छ। क्वारेन्टाइनमा पानीको लागि १९ वटा धारामा पानि टयांकि जडान गरिएको एक धारामा निरन्तर २४ घण्टा पानी आइरहने ब्यबस्था गरिएको वडा अध्यक्ष मल्लले जनाकारी दिएका छन् ।

    क्वारेन्टाइनमा सबैखाले व्यवस्थापन हुँदाहुँदै पनि एकै ठाउँमा धेरै जना भएकाले ससाना समस्या आएका र त्यहि क्रममा झडप हुने गरेको छ । समस्या आएको भए पनि अबस्था जटिल हुन नदिने व्यवस्था गरिएको वडा अध्यक्ष मल्लले बताए । यसअघि शुभकालिकामा क्वारेन्टाइनमा समेत खाना पकाउने विषयमा विवाद भएको थियो । क्वारेन्टाइनमा बसेकाहरुले विभिन्न बहाना बनाएर सताउने गरेको व्यवस्थापनमा खटिएकाहरुको भनाई छ । यता आफुहरुलाई व्यवस्थापनमा ध्यान नदिएको क्वारेन्टाइनमा बसेकाहरुको आरोप रहेको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालानामा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार र समाचार सामाग्रीहरुको केन्द्र’ बन्ने यात्रामा अगाडि बढिरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ