• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights विशेष

    समाचार लेखेको भन्दै पत्रकार कडेललाई ज्या’नमा’र्ने ध’म्की

    644
    SHARES

    कैलाली । कैलालीको घोडाघोडी नगरपालिका भित्र भएका विभिन्न कामका अनियमितताका बारेमा समाचार लेखेको भन्दै अनलाइन डबलीका पत्रकार टंक कंडेललाई एक व्यक्तिले फोन मार्फत ज्या’नमा’र्ने ध’म्कि दिएका छन् । पत्रकार कडेललाई मंगलबार मोबाइल नम्बर ९८४८०३५३३८ बाट ध’म्की आएको हो ।

    नगरपालिकाले आफ्नो नीति तथा कार्यक्रम तर्जुमा सम्बन्धि जनतासँग सुझाब लिन भन्दै पत्रकारको एनजीओलाई ४ लाख नगद दिएर सुझाब संकलनको जिम्मा दिएको बिषयमा पत्रकार कंडेलले समाचार लेखेका थिए । कंडेलले नगरपालिकामा तलब खाएर बस्ने ३५ जना कर्मचारी हुँदाहुँदै नगरपालिकाले एनजीओलाई सुझाब संकलनको जिम्मा दिएको गम्भीर बिषय उठान गरेका थिए ।

    नगरपालिकाका १० वटा वडासम्म जाँदा ५५ जना कर्मचारी रहेको र त्यति नै संख्यामा जनप्रतिनिधि रहेको स्थानिय तहमा किन यसरी एनजीओलाई नीति तथा कार्यक्रम तर्जुमाको सुझाब लिने जिम्मा दिनुपर्यो भन्ने स्थानिय नागरिकहरुको चासोको बिषयलाई पत्रकार कंडेलले उठाएका थिए । पत्रकार कंडेलले नगरपालिका भित्रै भइरहेको एउटा नाली निर्माण उपभोक्ता समितिले अनियमितता गरेको भन्दै स्थानीयले गरेको विरोधको विषयमा पनि समाचार लेखेका थिए ।

    कंडेलले प्रदेशका सांसद स्थानिय तहका सम्बन्धित सबैको प्रतिक्रिया लिएर जन गुनासोलाई समेत समेटी समाचार लेखेका थिए । यो दुइवटा समाचार लेखेको बिषयलाई लिएर अज्ञात व्यक्तिले फोन मार्फत ध’म्की दिएका छन् । उक्त समाचारमा नाला निर्माण उपभोक्ता समितिमा दिदीभाई नाता पर्ने अध्यक्ष र कोसाध्यक्ष रहेको बिषय समेत उठान गरेका थिए ।

    यस्तै समाचारमा नाला निर्माणमा प्रयोग गरिएको सिमेन्ट, छड, गिट्टी र बालुवा समेत कम गुणस्तरको भएको स्थानीयको गुनासो समेत समेटिएको थियो । फोनमा ति व्यक्तिले आफ्नो परिचय नदिएरै उक्त समाचार किन लेखिस् भन्दै जे पनि गरिदिने ध’म्की दिएका थिए । आफुले समाचारमा चित्त नबुझे कानुनी प्रक्रिया जान आग्रह गर्दा पनि नेपालको कानुन आफूले बुझेको र त्यस्ता कानुनलाई छेउ लगाएर ठिक पार्ने भन्दै ध’म्की दिएको कंडेलले सञ्चारकेन्द्रलाई बताए ।

    मंगलबार नगरपालिकाको सुखड डोडा पुलदेखि २०० मिटर अगाडिबाट मगर टोल जाने बाटोमा नाली निर्माणमा मापडण्ड विपरित काम भएको र नाली निर्माणमा कमसल सामाग्री प्रयोग भएको भन्दै इन्जिनियरले काम रोक्न भनेका थिए तर उपभोक्ता समितिले अटेर गरेको थियो। त्यस्तै उपभोक्ता समिति गठनमा पनि स्थानीयको विरोध छ । अध्यक्ष र कोषाध्याक्षलगायतका पदमा एउटै नातागोताका व्यक्ति रहेको र उपभोक्ता समिति गठन अवैध भएको स्थानीयको दाबीसहित विरोध जारी छ ।

    प्रदेश सांसद अमर साउदले प्रदेशको विकास कोषबाट छुट्याइएको १० लाख रकम लगानी थालिएको नाली निर्माणमा अनियमितता भएको स्थानीयको आरोपबारे आफु पनि जानकार रहेको बताएका छन् । यस्तै उपभोक्ता समितिको वैधानिकतामाथि नै प्रश्न उठेको छ । समिति गठनको नगरपालिका, वडा र सांसद नै जानकारी नभएको भन्दै पन्छिन खोजेका छन् ।

    यस्तै घटनाको बिषयलाई लिएर नेपाल पत्रकार महासंघ कैलाली साखाले आज एक प्रेस बिज्ञप्ति जारी गर्दै घटनाको घोर भर्त्सना गरेको छ । समाचार लेखेको बिषयमामा चित्त नबुझे कानुनि बाटो अपनाउन सकिने संबैधानिक व्यवस्था हुँदाहुँदै पत्रकारलाई ज्या’नमा’र्ने ध’म्कि दिनु भनेको समग्र प्रेस जगतमाथिकै आक्रमण भएको भन्दै महांसघ कैलालीले ध’म्कि दिने व्यक्तिलाई यथासिघ्र कानुनि कारवाही गर्न माग गरेको छ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालानामा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार र समाचार सामाग्रीहरुको केन्द्र’ बन्ने यात्रामा अगाडि बढिरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ