• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    सरिता गिरीलाई संसद पदबाट हटाउन युवा संघले दियो यस्तो सात दिने अल्टिमेटम

    4.3K
    SHARES

    काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा निकट राष्ट्रिय युवा संघ नेपालले संसद सरिता गिरीले संघीय संसद तथा विभिन्न सञ्चार माध्यमहरूमा राष्ट्रिय हीत र सीमानाको सुरक्षा विपरित दिएको अभिव्यक्ति प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । गिरीलाई १ हप्ताभित्र संसदबाट अविलम्व फिर्ता बोलाउन सम्बन्धित राजनीतिक दललाई माग गरेको छ । गिरी जनता समाजवादी पार्टीबाट निर्वाचित सांसद हुन् ।

    युवा संघ नेपालका संयोजक राम प्रसाद सापकोटा ‘दीपशिखा’ र सहसंयोजक रमेश पौडेलले एक बिज्ञप्ति जारी गर्दै यस्तो गैर आचरण र कार्य गर्ने निजलाई कानुन बमोजिम कारवाही गर्न सम्बन्धित निकायसँग माग गरेका छन् ।

    ‘संघीय संसद सचिवालय र जनता समाजवादी पार्टीले एकहप्ताभित्र आवश्यक कानूनी कारवाही अघि नबढाए यो विषयलाई हाम्रो संगठनले गम्भीरतापूर्वक लिने व्यहोरा समेत यसै वक्तव्य मार्फत स्पष्ट गर्न चाहान्छौँ । त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार स्वयम् निज सरिता गिरी र सम्बन्धित दल हुने व्यहोरा समेत अग्रिम जानकारी गराउन चाहान्छौँ’ विज्ञप्तिमा भनिएको छ।

    नेपालको संविधानको धारा ५ बमोजिम नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधिनता, स्वाभिमान, नेपालीको हक हितको रक्षा, सीमानाको सुरक्षा, आर्थिक समुन्नति र समृद्धि नेपालको राष्ट्रिय हीतको आधारभूत विषय हुन् भनि संविधानले परिभाषित गरेको र धारा ४८ ले संविधानको पालना गर्ने कर्तव्य समेत तोकिदिएको तथ्य माननीय सरिता गिरिलाई संघले स्मरण गराएको छ ।

    ‘संसदको सदस्य निर्वाचित भइ कार्यकाल संहाल्नु अघिी संविधानको संरक्षण र पालना गर्ने शफत खाएको साँसदले नेपालको सार्वभौम सत्ता, अखण्डता र राष्ट्रिय एकताको विरुद्धमा सार्वभौभ संसद लगायत सार्वजनिक सञ्चारमाध्यममा दिएको अभिव्यक्तिले जनप्रतिनिधिको हैसियतले नेपालि जनताको प्रतिनिधित्व गर्ने संवैधानिक र नैतिक हैसियत निज स्वयमले च्युत गर्नु भएको हाम्रो संगठनको ठहर रहेको छ’  विज्ञप्तिमा भनिएको छ ।

    सांसद गिरीको अंसवैधानिक, राष्ट्रहित प्रतिकुल एवम देशको स्वाभिमानमाथि आँच आउने अभिव्यक्ति र राष्टहित विपरितको हर्कतको राष्ट्रिय युवा संघ नेपालले घोर आपत्ति र भत्र्सना गरेको छ । गिरीबिरुद्ध एकहप्ताभित्र आवश्यक कानूनी कारवाही अघि नबढाए संगठनले गंभिरतापुर्वक लिने राष्ट्रिय युवा संघले चेतावनी दिएको छ ।

    ‘निजका विरुद्धमा संघिय संसद सचिवालय र जनता समाजवादी पार्टीले एकहप्ताभित्र आवश्यक कानूनी कारवाही अघि नबढाए यो विषयलाई हाम्रो संगठनले गंभिरतापुर्वक लिने व्यहोरा समेत यसै वक्तव्य मार्फत स्पष्ट गर्न चाहान्छौ । त्यसवाट उत्पन्न हुने परिस्थितिको जिम्वेवार स्वयम निज सरिता गिरि र सम्वन्धीत दल हुने व्यहोरा समेत अग्रिम जानकारि गराउन चाहान्छौ ।’ बिज्ञप्तिमा उल्लेख छ ।

    यस्तो छ बिज्ञप्ति
    ‘संघीय संसद सदस्य तथा जनता समाजवादी पार्टीकी नेतृ सरिता गिरीले संघीय संसद तथा विभिन्न सञ्चार माध्यमहरूमा राष्ट्रिय हीत र सीमानाको सुरक्षा विपरित दिएको अभिव्यक्ति प्रति राष्ट्रिय युवा संघ नेपालको गम्भिर ध्यानाकर्षण भएको छ ।

    नेपालको संविधानको धारा ५ बमोजिम नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधिनता, स्वाभिमान, नेपालीको हक हितको रक्षा, सीमानाको सुरक्षा, आर्थिक समुन्नति र समृद्धि नेपालको राष्ट्रिय हीतको आधारभूत विषय हुन् भनि संविधानले परिभाषित गरेको र धारा ४८ ले संविधानको पालना गर्ने कर्तव्य समेत तोकिदिएको तथ्य माननीय सरिता गिरिलाई स्मरण गराउन चाहान्छौं । संसदको सदस्य निर्वाचित भई कार्यकाल संहाल्नु अघी संविधानको संरक्षण र पालना गर्ने शफत खाएको साँसदले नेपालको सार्वभौम सत्ता, अखण्डता र राष्टिय एकताको विरुद्धमा सार्वभौभ संसद लगायत सार्वजनिक संचार माध्यममा दिएको अभिव्यक्तिले जनप्रतिनिधिको हैसियतले नेपालि जनताको प्रतिनिधित्व गर्ने संवैधानिक र नैतिक हैसियत निज स्वयमले च्युत गर्नु भएको हाम्रो संगठनको ठहर रहेको छ ।

    साँसद गिरिको यस खालको अंसवैधानिक, राष्ट्रहित प्रतिकुल एवम देशको स्वाभिमानमाथि आँच आउने अभिव्यक्ति र राष्टहित विपरितको हर्कतको राष्ट्रिय युवा संघ नेपाल घोर आपत्ति र भत्र्सना गर्दछ ।

    साथै यस्तो गैर जिम्वेवार व्यक्तिलाई सँसद सदस्यवाट अविलम्व फिर्ता वोलाउन सम्वन्धीत राजनीतिक दललाई गंभिरतापुर्वक अनुरोध पनि गर्न चाहान्छ । त्यसै गरि यस्तो गैर आचरण र कार्य गर्ने निजलाई कानून बमोजिम कारवाहि गर्न सम्बन्धित निकायसँग माग गर्दछ ।

    निजका विरुद्धमा संघिय संसद सचिवालय र जनता समाजवादी पार्टीले एकहप्ताभित्र आवश्यक कानूनी कारवाही अघि नबढाए यो विषयलाई हाम्रो संगठनले गंभिरतापुर्वक लिने व्यहोरा समेत यसै वक्तव्य मार्फत स्पष्ट गर्न चाहान्छौ । त्यसवाट उत्पन्न हुने परिस्थितिको जिम्वेवार स्वयम निज सरिता गिरि र सम्वन्धीत दल हुने व्यहोरा समेत अग्रिम जानकारि गराउन चाहान्छौ ।

    साथै पछिल्लो समय मुलुकका विभिन्न स्थानहरुमा घटेका प्रतिनिधिमुलक घटनाहरुमा समेत संगठनको गम्भिर ध्यानाकर्षण भएको छ । रुकुमको चौरजहारी तथा रुपन्देहीको गाईफार्ममा घटेका विभत्स घटनाहरुमा मिहिन र निष्पक्ष अनुन्धान गरी दोषीउपर कडा कारावाही गर्न र घटनाको वस्तुगत अनुसन्धान गरी फेरी यस्ता घटना दोहोरिन नदिने मानविय चेतना निर्माणको काममा ध्यान दिन समेत सरकारसँग आग्रह गर्दर्छौ ।

    यसैगरी अछामको बयलपाटा अस्पतालको जागिरबाट निकालिएका सिदार्थ आउजीको आत्मदाह प्रकरणले अस्पतालको असंमबेदनशिलता र राज्यको उत्तरदायित्वमाथि निर्मम प्रश्न खडा गरेको छ । अत अस्पताल प्रशासनमाथि छानविन गर्न र आउजीको परिवारमा क्षतिपुर्तिको व्यावस्था गर्नसमेत माग गर्दै संगठनका तर्फबाट उनको परिवारलाई आर्थिक सहयोग प्रदान गर्ने घोषणा समेत गर्दर्छौ । कोरोना महामारीका कारण गुम्नसक्ने रोजगारी र विपन्न युवा तथा बेरोजगार एवं नागरिकहरुले उठाउनसक्ने यस्ता निर्मम र आत्मघाति कदमप्रति राज्य जिम्मेवार रहेर अभिभावकको नेतृत्वदायी भुमिका निभाउने दायित्वमा नचुक्न अपिल गर्दर्छौ ।’

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ