• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    सीमा क्षेत्रबाट उद्धार गरिएका ४० यात्रु बोकेको टिपर कर्णालीमा खस्यो

    1.1K
    SHARES

    काठमाडौं । सीमा क्षेत्रबाट उद्धार गरिएका नेपालीहरुलाई क्वारेन्टिन स्थलमा लिएर जाँदै गरेको टिपर कालिकोटको राजकोट नगरपालिकामा दुर्घटना भएको छ । भारतबाट आएकाहरुलाई क्वारेन्टाइनमा लैजाँदै गर्दा ना ८ ख ५१३३ नम्बरको टिपर नदीमा खसेको हो । कालीकोटाको जिते बजारबाट यात्रु बोकेर हिँडेको टिपरले उनीहरुलाई राकोट नगरपालिकाको क्वारेन्टाइन लैजाँदै गर्दा दुर्घटना हुन पुगेकाे कालीकोटका सिडिओ चन्द्रप्रसाद गैरेले बताए ।

    सिडिओ गैरेका अनुसार कर्णाली करिडोर अन्तर्गत लालिगा भीरबाट टिपर नदीमा खसेको हो । उनले भने, ‘घटनामा २ जनाको शव फेला परेको जानकारी छ, अरु विवरण आउने क्रममा रहेकाे छ ।’

    नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी घटनास्थलमा पुगिसकेको र उद्दार कार्य भइरहेको सीडीओ गैरेले बताए । उनले भने, ‘घटना भएको ठाउँमा फोनले काम नगर्ने रहेछ । त्यसैले दुर्घटनाको विस्तृत विवरण आउन समय लाग्छ ।’ दुर्घटना भएको थाहा पाएलगत्तै आफूपनि घटनास्थलतिर जान लागेको उनले जानकारी दिए ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया