• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    कर्णाली समाचार

    थप २० जनामा कोरोना संक्रमण पुष्टि

    541
    SHARES

    सुर्खेत । कर्णालीमा थप २० जनामा कोरोना भाइरस कोभिड-१९ को संक्रमण पुष्टि भएको छ । सुर्खेतस्थित प्रदेश अस्पताल र पशुपन्छी रोग अनवेषण केन्द्रको प्रयोगशाला, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा भएको परीक्षणबाट थप २० जनामा कोरोना पुष्टि भएको हो ।

    थपिएका संक्रमितमध्ये सल्यानका १३ जना, सुर्खेतका ५ जना र जुम्लामा २ जना रहेको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले पुष्टि गरे ।

    सल्यानको बनगाड कुपिण्डे नगरपालिका वडा नं. ३, ४, ५ र ८ का १२ जना पुरुष, कपुरकोट गाउँपालिका-६ का एकजना पुरुष, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका- १२ की एक महिला र दुईजना पुरुष, गुर्भाकोट नगरापलिका-१४ की एक महिला र सिम्ता गाउँपालिका ६ का एकजना पुरुषमा संक्रमण पुष्टि भएको महाशाखाले जनाएको छ ।

    त्यस्तै जुम्लाको हिमा गाउँपालिका-४ की एक महिला र तिला गाउँपालिका-२ का एकजना पुरुष रहेका छन् । योसँगै कर्णालीमा मंगलबारसम्म संक्रमितको संख्या ६७१ पुगेको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालानामा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार र समाचार सामाग्रीहरुको केन्द्र’ बन्ने यात्रामा अगाडि बढिरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ