• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights

    सिमा सुरक्षामा तैनाथ सशस्त्र प्रहरीकाे ब्यारेकमै हानाहान, सई र पाँच सिपाही गम्भीर घाइते

    3.1K
    SHARES

    काठमाडाैं । सिमाना सुरक्षामा तैनाथ सशस्त्र प्रहरीका अर्का हाकिम सिपाहीको पिटाइले घाइते भएका छन् । अघिल्लो महिना कपिलवस्तुमा डिएसपी मानबहादुर शाही इन्स्पेक्टर भट्टराईबाट पिटिएको कार्वाही नटुङ्गिदै त्यही क्रमको अर्को श्रृंखला देखिएको छ कैलालीमा ।

    जेठ २२ गते बिहीबार साँझ साढे आठ बजेतिर कैलालीको भारतीय सीमावर्ती नाका भुइयाफाँटा बिओपीमातहत अस्थायी चेकपोस्ट बड्किपलिघाटमा सुरक्षार्थ तैनाथ सशस्त्र प्रहरीहरु आफूआफैँमा कुटाकुट गर्दा एकजना सई र पाँच सिपाही गम्भीर घाइते भएका हुन् ।

    कोरोना संक्रमणका कारण सीमा कडाइ गरिने क्रममा कैलालीका गौरीफन्टा, त्रिनगरसहितका सानातिना नाकामा त्यहाँस्थित बिओपीबाट विभिन्न दर्जाको कमाण्डमा सशस्त्र प्रहरी परिचालन गरिएको छ । त्यसमध्ये सईको कमाण्डमा १२ जनाको टुकडी खटाइएको उक्त नाकामा तैनाथ सशस्त्र कर्मचारीबीच बिदामा गएको बेलाको राशनसमेत खाइदिएको मुध्दालाई लिएर भएको वादविवादपछि बिहीबार झडप भएको थियो ।

    आक्रमणकारीले सबलाई भागाभाग बनाएपछि छोटकिपलिया र ३४ नम्बर गण हेडक्वार्टरबाट आएका डिएसपीको टोलीले उनीहरुलाई अर्धनग्न अवस्थामा पोस्टपछाडिको झाडी र रोडबाट नियन्त्रणमा लिएको थियो । जनआस्थाबाट

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ