• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    corona update समाचार

    प्रदेश १ मा १२ जनाले जिते कोरोना, २ सय ४७ जना संक्रमित

    1.6K
    SHARES

    विराटनगर । देशभर कोरोना संक्रमितको संख्या बढ्ने क्रममा छ भने निको भएर घर फर्किनेको संख्या पनि बढ्दो छ । यसै क्रममा प्रदेश १ बाट शनिबार थप १२ जना कोरोना मुक्त भएर डिस्चार्ज भएका छन् । शनिबार राति झापाका १८ देखि ५८ वर्ष उमेर समूहका १२ जना डिस्चार्ज भएका हुन् । शनिबार नै प्रदेश १ मा सातजना कोरोना संक्रमित थपिएका थिए ।

    बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत १२ जनाको दुई पटक गरिएको पीसीआर परीक्षणमा नेगेटिभ रिपोर्ट आएपछि डिस्चार्ज गरिएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्रवक्ता डाक्टर निदेश सापकोटाले जानकारी दिए । अस्पतालमा अब ८३ जना उपचारत छन् ।

    शनिबार सात जना थपिएपछि प्रदेश १ मा संक्रमितको संख्या २४७ जना पुगेको छ । तीमध्ये ९० जना उपचारपछि घर फर्किएका छन् । प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार शनिबार मोरङको बुढीगंगा गाउँपालिकामा १, सुनबर्सी नगरपालिकामा १, सुनसरीको धरान उपमहानगरपालिकामा १, भोक्राहा नरसिंह गाउँपालिकामा ४ जनामा कोरोना संक्रमण देखिएको हो ।

    संक्रमितको विराटनगरको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र पूर्वाञ्चल विश्वविद्यालय अस्पताल गोठगाउँमा उपचार भइरहेको छ । यस्तै देशैभर संक्रमितको संख्या पनि बढेको छ आइबार बिहान मात्र गण्डकी प्रदेशमा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि छ ।

    प्रदेशको स्याङजामा १४, गोरखामा १०, बागलुङमा १० र नवलपरासी बर्दघाट सुस्ता पूर्वमा ४ जना नयाँ संक्रमित फेला परेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । स्याङजाको वालिङ नगरपालिकाका २९, ४९, ३४, ५२, ३८, ३१, २५, २७, ४६, ३७, २१, १८ र ३२ वर्षीय पुरुष गरी एकैदिन १३ जना कोरोना भाइरस देखिएको छ । स्याङजाकै भीरकोट नगरपालिकाका ४५ वर्षीय एक जनामा पनि कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ।

    त्यस्तै, बागलुङमा थप १० जनामा कोरोना भाइरस पुष्टि भएको छ । बागलुङको बडिगाड गाउँपालिकाका २५, ३२, २५, ५२, ४२, २२, २९, २६, २९ वर्षका पुरुष छन् । संक्रमितमध्ये एकजनाको उमेर खुल्न नसकेको निर्देशनालय प्रमुख डा. विनोदविन्दु शर्माले जानकारी दिए । बागलुङकै ढोरपाटन नगरपालिकामा पनि थप एक संक्रमित फेला परेका छन् ।

    गोरखामासमेत एकै दिन १० जनामा कोरोना संक्रमित फेला परेका छन् । गोरखाको गण्डकी नगरपालिकाका २५, ३२, २०, ४३, ३०, २०, २१, २३ र २१ गरी ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । गोरखा जिल्लाकै पालुङटार नगरपालिकाका एक १७ वर्षीय युवकमासमेत कोरोना भाइरस पुष्टि भएको छ ।

    त्यस्तै, नवलपरासी बर्दघाट सुस्ता पूर्वमा ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । हुप्सेकोट गाउँपालिकाका २०, ३५, ४५ र ३५ वर्षीय पुरुषमा कोरोना भाइरस पोजेटिभ देखिएको हो ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ