• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    corona update समाचार

    काठमाडौंमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि

    1.5K
    SHARES

    काठमाडौं । काठमाडौं उपत्यकामा थप ४ जनाका कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु चार जना काठमाडौं जिल्लाका छन भने १ जना भक्तपुरका हुन । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा प्रवक्ता डा. विकास देवकोटाले काठमाडौँमा ३१ र ३५ वर्षका महिला तथा ३४ र ४६ वर्षका पुरुषमा कोरोना भाइरसको संक्रमण भेटिएको जानकारी दिएको छ।

    त्यस्तै, भक्तपुर कमलविनायककी ३१ वर्षीया महिलामा पनि कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।यसअघि आजै डडेल्धुरामा २ दिनकी एक सुत्केरी महिलामा कोरोनाभाइरस संक्रमण देखिएको छ । नवदुर्गा गाउँपालिका ४ सिरोडकी २१ वर्षीया महिलालाई कोरोना संक्रमण भएको पुष्टि भएको डडेल्धुरा अस्पतालले जनाएको छ ।

    जेठ २१ मा सुत्केरी हुन अस्पताल पुगेकी उनको २२ गते स्वाब परीक्षणका लागि धनगढी प्रयोगशालामा पठाइएको थियो । जेठ २३ गते उनले शिशुलाई जन्म दिएकी थिइन् । शनिबार उनको रिपोर्ट कोरोना पोजेटिभ आएको हो । शिशुसहित उनलाई अस्पतालको आइसोलेसनमा भर्ना गरिएको अस्पतालले जनाएको छ । नेपालमा शनिबार थप ३ सय २३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा देवकोटाले शनिबारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिएका हुन् ।

    यस्तै आजसम्म कोरोना निको भएर घर फर्किनेको संख्या ३६५ पुगेको छ । जसमा २९९ पुरुष र ६६ जना महिला रहेका छन् । नेपालमा शनिबारसम्म कोरोना भाइरस संक्रमितहरुको संख्या ३ हजार २ सय ३५ पुगेको छ। नेपालमा अहिलेसम्म १३ जनाको कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमेको छ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ