• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    एमसीसी पास गर्न परराष्ट्रमन्त्री ज्ञवालीले ल्याए १५ बुँदे राष्ट्रघाती प्रतिवेदन, पूर्णपाठसहित

    4.4K
    SHARES

    काठमाडौं । देशभर राष्ट्रघाती एमसीसी परियोजनाको ब्यापक बिरोध भइरहेका बेला केपी ओली नेतृत्वको सरकारले भने जसरी पनि पास गर्ने रणनीति । एमसीसीका बिरुद्ध लकडाउनको समेत प्रबाहा नगरी एकातिर स्वाभिमानी नागरिकहरुले देशको राजधानी काठमाडौँसहित देशभर प्रदर्शन गरिरहेका छन् । अर्कोतिर राज्यले प्रतिबन्ध लगाउँदा समेत बिद्रोही नेपाल कम्युनिष्ट पार्टीले देशभर बिरोध तथा संघर्षका कार्यक्रम सार्बजनिक ।

    एमसीसी देशका लागि खतरा भएको भन्दै देशभक्त बुद्धिजिबी र विश्लेषकहरुले समेत चौतर्फी बिरोध गरिरहेका बेला परराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञवालीले नेपालमा एमसीसी जसरी पनि पास गर्नपर्ने भन्दै १५ बुँदे प्रतिवेदन सार्वजनिक गरेका छन । अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) नेपालका लागि अतिआबश्यक रहेको भन्दै उनले १५ बुदे राष्ट्रिघाती प्रतिवेदन तयार गरी सार्वजनिक गरेका हुन ।

    सत्तारुढ नेकपाका पूर्वअध्यक्ष झलनाथ खनालको संयोजकत्वमा बनेको कार्यदलका सदस्यसमेत रहेको ज्ञवादलीले कार्यदलले बुझाएको प्रतिवेदनमा फरक मत राख्दै १५ बुँदे राष्ट्रघाती प्रतिवेदन सार्वजनिक गरेका हुन । संयोजक खनाल र भिम रावलले तयार पारेको प्रतिवेदनमा एमसीसीका केही प्रावधानहरु राष्ट्रघाती भएको भन्दै संसदबाट जस्ताको तस्तै पास गरेर लागु गर्न नहुने सुझाव दिएको थियो । उक्त प्रतिवेदनमाथि फरक मत राख्दै ज्ञवालीले जस्ताको तस्तै पास गर्न पर्ने धारण राखेका छन ।

    उनले अमेरिककाले नेपालका लागि आजसम्मकै सबैभन्दा धेरै अनुदान दिन लागेको भन्दै जसरी पनि संसदबाट पास गर्नपर्ने बताएका छन । सत्ता बाहिर हुँदा राष्ट्रबादी र बैद्धिक नेताको छवि बनाएका ज्ञवालीको यो प्रतिवेदनका कारण उनको छवि धमिलिएको छ । उनले उक्त प्रतिबेदन सार्बजनिक गर्न बितिकै अमेरिकाको डलर खाएर नेपालको स्वाभिमान बेच्न लागेको भन्दै जनस्तरबाट उनको चर्को आलोचना सुरु भएको छ ।

    आफ्नै पार्टीका बरिष्ठ नेताहरुका साथै जनताको तहबाट समेत ब्यापक आलोचना भइसक्दा पनि एमसीसी परियोजना नेपालमा लागु गरेरै छाड्ने योजनामा लागेपछि ज्ञवालीमाथि आम नागरिकले शंका गर्न थालेका छन् भने उनलाई हेर्ने दृष्टिकोण समेत परिवर्तन भएको छ । पछिल्लो पटक प्रधानमन्त्री ओलीको खास पात्रका रुपमा चिनिएका ज्ञवालीले यसअघि नेपालमा भारतले बाटो बनाएर उद्घाटन गरेको विषय जानकारी नभएको अभिव्यक्ति दिएपछि उनि निकै आलोचित भएका थिए ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ