• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    फोटो-फिचर

    के काठमाडौँमा लकडाउन खुलेकै हो ? सिमसिमे बर्षामा पनि देखियो सवारी जाम, हेर्नुहोस १५ तस्वीरमा

    1K
    SHARES

    काठमाडौँ । चीनको वुहानबाट विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस कोभिड-१९ को जोखिमलाई मध्यनजर गर्दै नेपाल सरकारले चैत्र ११ गतेदेखि जारी गरको लकडाउनको आज शुक्रबार ७४ औं पुगेको छ । करिब २ महिनासम्म सुनसान बनेको उपत्यका एक सातायता भने अलि व्यस्त देखिन थालेको छ ।

    उपत्यकाका सडकमा फेरी सवारीको चाप बढेको छ र सर्वसाधारणको चहलपहल पनि बढेको छ । शुक्रबार बिहानैदेखि उपत्यका झरी परेको छ । झरी परेको बेला पनि काठमाडाैंमा लकडाउनकाे आंशिक प्रभाव परेकाे देखिन्छ । सवारी जाम सुरू भएका छ ।

    उपत्यकाका सकडछेउ र गल्लीहरुमा साना पसलहरु समेत खुल्न थालेका छन् । ब्यापारीक मलहरुमा मानिसहरुको आवत जावत सुरु भएको छ भने प्रत्येक चोकचोकमा प्रहरी खटिएका छन्। बजार खुलेको छ, अत्यावश्यक सामाग्री पाइने किराना पसलहरु प्राय सबै खुलेका छन् । सरकारले गत चैत ११ देखि लागू गरेको लकडाउन जेठ ३२ गतेसम्म जारी रहनेछ।

    खासमा सरकारले उद्याेगी ब्यबसायीहरुलाई जेठ २५ गतेसम्म कर तिर्न ताकेता गरेपछि उपत्यकामा लकडाउन उल्लङ्घन भएको हो । जस कारण बजार ब्यबसाय खुल्न थालेको छ । सबै व्यापार ब्यबसाय बन्द रहेका बेला सरकारले कर तिर्न ताकेता गरेको भन्दै व्यसायीहरु रिसाएका छन् र उनीहरुले लकडाउन उल्लङ्घन गरेका छन् ।

    नेपाल राष्ट्रिय व्यवसायी महासंघले  बुधबार एक बिज्ञप्ति जारी गर्दै सबै पसल खुला गर्ने घोषणा गरेको थियो । व्यवसायी महासंघको उक्त घोषणाले पसल खोल्न उत्साहित भएका व्यवसायीहरुले सबै पसलहरु खोलेका हुन् ।

    सरकारले करमा ताकेता गरेपछि व्यवसायीहरु पसलहरु खोल्ने निर्णयमा पुगको नेपाल राष्ट्रिय व्यवसायी महासंघले बताएको छ । घरभाडा, बैंकको ब्याज, किस्ता, कर्मचारीको तलव दिन समेत मुस्किल परेको कारण पसल खोल्ने निर्णय गर्न बाध्य भएको महासंघ अध्यक्ष बताए । योसँगै महासंघ मातहतमा रहेका ठूला मल, कम्प्लेक्स, गार्मेन्ट, इम्पोर्ट–एक्पोर्टदेखि सामान्य व्यापारीले समेत पसलहरु खोल्ने बताएका छन् ।

    लकडाउन गरेको समयमा सरकारले राहत वितरण गर्न नसकेको, कोरोना नियन्त्रण गर्न नसकेको, लकडाउन अवधिको भाडा मिनाहा नगरेको, बैंकको व्याज मिनाहा गर्न नसको, कोरोना नियन्त्रण गर्न खरिद गरेको समाग्रीमा मन्त्रीले नै भ्रष्टाचार गरेको भन्दै सरकारसँग जनता रुष्ट बनेका जनताले उपत्यकामा लकडाउनको उल्लङ्घन गर्न थालेका हुन् ।

    समिर चन्द
    [email protected]

    समिर चन्द सन्चारकेन्द्र डटकमका सिनिएर रिपोर्टर हुन् । आर आर क्याम्पसमा पत्रकारिता बिषयमा अध्यनरत चन्द समसामयिक र राजनीतिक बिषयमा लेख्छन् ।

    समिर चन्दबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ