• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    विशेष

    अर्थमन्त्री खतिवडाले अमेरिकी सांसदलाई खुसुक्क भेटेर भने- एमसीसी संसदबाट पास हुन्छ

    1.6K
    SHARES

    काठमाडौं । देशभर अमेरिकी परियोजना एमसीसीको बिरोध भइरहेका बेला सरकार भने उक्त परियोजना जसरी पनि पास गराउने योजनामा लागेको छ । नेपाल सरकारका अर्थमन्त्री डा. युवराज खतिवडाले एमसीसीका बारेमा बिरिफिङ्ग गर्न अमेरिकी सांसदहरुलाई खुसुक्क भेटेका छन् । भेटमा उनले एमसीसी संसदबाट छिट्टै पास हुने आश्वासन पनि दिएका छन् ।

    देश लकडाउनमा भएका बेला समेत नेपाल आएका अमेरिकी कँग्रेसका सदस्यद्धय जर्ज होल्डिङ र अमी बेरालाई भेटेर खतिवडाले एमसीसी संसदबाट जसरी पनि पास गराउने योजनामा आफुहरु रहेको बताउदै पास गराएरै छोड्ने आश्वासन दिएका हुन् ।

    खतिवडाले एमसीसी पास हुँदा नेपालको विकासका सहयोग पुग्ने भएकाले सबै सांसदलाई एमसीसीका पक्षमा रहन आव्हान गरेको भन्दै चाँडै संसदबाट पास हुनेमा आफु ढुक्क रहेको बताएका थिए । अर्थमन्त्रीले नेपाल अमेरिका बीचको सम्बन्ध धेरै पुरानो भएको स्मरण गर्दै अमेरिकाले नेपालको शिक्षा, स्वास्थ्य, कृषि जस्ता क्षेत्रमा निरन्तर सहयोग गरेको र एमसीसी पनि त्यसैको एक सृंखला भएका कारण यो पनि पास हुने बताएका छन्।

    यस्तै गतबर्ष भएको लगानी सम्मेलनमा अमेरिकी निजी क्षेत्रको उत्साजनक सहभागिता रहेकोमा खुसी व्यक्त गर्दै अर्थमन्त्रीले नेपाल लगानीको लागि उपयुक्त गन्तव्य भएको र यहाँ उत्पादन भएका बस्तुको बजारका लागि समस्या नहुने बताउदै अमेरिकालाई थप लगानी गर्न अनुरोध समेत गरेका थिए।

    अमेरिकी कंग्रेसका सदस्यद्वयले नेपालको अर्थतन्त्र, निजी क्षेत्रको भूमिका, राष्ट्रिय प्राथमिकताका क्षेत्र तथा हितका पक्षमा नेपाल सरकारले अघि सारेका विषयमा चासो व्यक्त गर्दै नेपालको विकासले अमेरिकाको निजी क्षेत्रमा सकारात्मक सन्देश प्रवाह भएको बताएका थिए । करिव १ घण्टा गोप्य भेटघाट गरेका खतिवडाले अन्य के-के बिषयमा छलफल गरे भन्नेबारे विवरण बाहिर आएको छैन ।

    समाचार स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना दूतका रुपमा एमसीसीका बारेमा थप जानकारी गारौं अमेरिकी सांसदलाई भेट्न अर्थमन्त्री खतिवडालाई पठाएका हुन् । यसअघि ओलीले भारतीय राजदुतसँग भेटघाट गर्न आफ्ना दूतकारुपमा पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटालाई पठाएको समाचार बाहिर आइसकेको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालानामा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार र समाचार सामाग्रीहरुको केन्द्र’ बन्ने यात्रामा अगाडि बढिरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ