• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Uncategorized विशेष समाचार

    विप्लवको आव्हानमा उपत्यकासहित देशभर जल्यो ओली र देउवाको पुत्ला

    1.4K
    SHARES

    काठमाडाैं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओली र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाको पुत्ला दहन गरिएको छ । राष्ट्रघाती अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजना पास गराउन लागिपरेको भन्दै बिद्रोही नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवको आव्हानमा यी दुई नेताको पुत्ला देशभर जलाइएको हो ।

    कोरोना भाइरस महामारीका कारण देशैभर लकडाउन चलिरहेको समयमा नेपाल र नेपाली जनताको हितविपरित एमसीसी परियोजना पास गराउन खाेजेकाे नेपाल कम्युनिस्ट पार्टीकाे दावी छ । जनस्तरबाट समेत ओली र देउवाको व्यापक बिरोध भइरहेको छ ।

    आइतबार मात्रै विप्लवले एमसीसीजस्तो राष्ट्रघाती आपराधिक कार्यमा सहीछाप नलगाउन सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी र नेपाली काँग्रेसलाई चेतवानी दिएका थिए । साथै उनले एमसीसी सम्झौताले अमेरिका–नेपाल सम्बन्धमा समेत गम्भीर नकारात्मक परिणाम ल्याउने भएकाले अमेरिकी सरकारलाई पनि यो सम्झौता नेपालमा नलाद्न र नेपालको सार्वभौमिकतामाथि हस्तक्षेप नगर्न आग्रह गरेका थिए ।

    एक बिज्ञप्ति जारी गर्दै विप्लवले प्रचारात्मक सङ्घर्षका कार्यक्रम घोषणा गर्दै आमहडतालसम्म गर्ने बताएका थिए । जसअनुसार २०७७ जेठ १९ र २० गते एमसीसी सम्झौता जलाइएकाे छ भने जेठ २१ गते केपी ओली र शेरबहादुर देउवाको पुतला जलाइएको हो । नेकपाले जेठ २२ गते पर्चा वितरण तथा बेलुका मशाल जुलुस निकाल्ने जनाएको छ ।

    त्यस्तै २८ गते पोस्टर टाँस्ने र विभिन्न सङ्घर्षहरूसहित आमहडतालसम्म गरिने नेकपाले जनाएको छ । बुधबार उपत्यकासहित देशका मुख्य शहर र ७५ वटै जिल्लमा नेकपाले ओली र देउवाको पुत्ला दहन गरेकाे छ ।

    यसैक्रममा नेकपा ललितपुरले २१ गते जिल्लाका विभिन्न ठाउँमा राष्ट्रघाती सम्झौता एमसीसीको सम्झौतापत्रसहित संसदद्वारा पारित गर्न खोज्ने केपी वली र शेरबहादुर देउवालाई राष्ट्रघाती घोषणा गर्दै दुवैजनाको पुतला बनाएर आगो लगाइएको छ ।

    कार्यक्रममा जिल्ला पार्टीका नेताहरूका साथै विभिन्न जनवर्गीय सङ्गठनका पदाधिकारी, सदस्यहरू र जनसमुदायको समेत उल्लेख्य उपस्थिति रहेको समाचारमा जनाइएको छ ।

    यस्तै उता रूपन्देही र नवलपुरमा पनि अमेरिकी परियोजना एमसीसी नेपालको राष्ट्रिय हितविरुद्ध रहेको भन्दै उक्त सम्झौताका मुख्य पात्र प्रधानमन्त्री केपी वली र काङ्ग्रेस सभापति शेरबहादुर देउवाको पुतलादहन गरिएको छ। अमेरिकाको दलाल बनेको भन्दै दुवैजनाको तस्बिर अङ्कित साङ्केतिक पुतला बनाएर दहन गरिएको हो ।

    रूपन्देहीको सैनामैना र तिलोत्तमाको कान्छीबजार चोकमा सयौँ जनसमुदायको उपस्थितिमा एमसीसी पारित गराउन नेतृत्व गरिरहेका दुई दलका मुख्य नेताहरूको पुतलादहन गरिएको छ।

    यस्तै नवलपुरस्थित कावासोतीमा वली र देउवाको पुतला दहन गरिएको छ । पुतलादहन गर्नुअगाडि नवलपुरका जिल्ला सेक्रेटरीले कुनै हालतमा एमसीसी पास गराउन नहुने भन्दै त्यसलाई खारेज गर्न जनस्तरबाट उठ्नुपर्ने मन्तब्य दिएका थिए ।

    उता पार्टीको भेरी कर्णाली ब्यूरोले कालिकोट, जुम्ला, हुम्ला, डोल्पा, मुगु जाजरकोट, दैलेखका विभिन्न स्थानमा पनि राष्ट्रघाती एमसीसी परियोजनाको विरोध गर्दै प्रधानमन्त्री केपी वली र नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाको पुतला जलाएको छ । दैलेखको आठबिस नगरपालिकाको कार्यक्रममा सुदर्शन र प्रकाश, ठाँटीकाँध गाउँपालिककामा सङ्केत र लालबहादुर भण्डारीको नेतृत्वमा पुतला जलाइएको समाचारमा जनाइएको छ ।

    कार्यक्रमका वक्ताहरूले नेपाली जनता कोरोना महामारी, रोग र भोकसँग लडिरहेको बेलामा नेपाल र नेपाली जनताका विरुद्ध राष्ट्रघाती एमसीसी सम्झौता पास गरेर राष्ट्रघात गरेमा नेपाली जनताले दलाल शासकहरूलाई नछोड्ने चेतावनी दिएका थिए । कार्यक्रममा सरकारविरुद्ध चर्का नारा लगाइएको जनाइएको छ । नेकपाले देशभर राष्ट्रघाती सम्झौताको बिरोध गर्दै राष्ट्रिय स्वाभिमानका पक्षमा लड्न सबै देशभक्तहरुलाइ आव्हान गरेको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालानामा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार र समाचार सामाग्रीहरुको केन्द्र’ बन्ने यात्रामा अगाडि बढिरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ