• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights विजनेश

    एनआइसी एसिया बैंकका जुवाडे संचालक प्रहरी फन्दामा, सम्पति सुद्धिकरणमा मुद्दा चलाइदै

    3.5K
    SHARES

    काठमाडाैं । जुवाखालबाट पक्राउ परेका एनआइसी एसिया बैंकका प्रमोटर रामचन्द्र संघाईबिरुद्ध सम्पति सुद्दिकरणको मुद्दा चल्ने भएको छ । संघाईसहित सोमबार कमलादीस्थित जुवाखालबाट समातिएका ९ मारवाडीमाथि सम्पत्ति शुद्धिकरण मुद्दा पनि लाग्ने भएको छ । अहिले उनीहरू जुवा ऐनअन्तर्गत ५ दिन म्याद थपिएर दरबारमार्ग प्रहरी हिरासतमा राखिएका छन् । ९ मध्ये आज मंगलबार ५ को बयान सकिएको छ । सबैले बयानमा पारिवारिक र व्यक्तिगत जमघटमा सामान्य रमाइलोका लागि तास खेलेको बताएका छन् ।

    पक्राउ परेलगत्तै उच्च राजनीतिक दबाबका कारण उनीहरूलाई प्रहरीले सोमबार नै हाजिर जमानीमा छोड्न खोजेको थियोे । तर, सरकारी वकिलको कार्यालयले मानेन । ‘हामी लकडाउन नभनी सधैं अफिस आउने, पैसावाल मान्छेलाई चाहिँ हाजिर–जमानीमा किन छड्ने ?’ एक सरकारी वकिल प्रहरीसँग कड्किए ।

    त्यसपछि यी मारवाडी थुनुवाहरु अहिले दरबारमार्ग प्रहरी बृत्तस्थित अधिकृत क्वार्टरमा बसेर हिरासत अवधि गुजार्दैछन् । उनीहरूका लागि घरबाट ल्याइएको ‘मारवाडी भोजन’ त्यहाँका प्रहरीले पनि बाढचुढ गरेर खान्छन् ।

    एनआइसी एसिया बैंकका प्रमोटर संघाई त्रिवेणी ग्रुपसम्बद्ध संघाई कपडा र टेक्सटायल व्यवसाय पनि हेर्ने गर्दछन् । उनीमाथि सर्वसाधारण निक्षेपकर्ताको बैंक मौज्दात जुवा खेलेर उडाएको आरोप लागेको छ । विभिन्न काण्ड घटाएर आफ्ना कर्तुत लुकाउन मिडियाहरुलाई महँगो बिज्ञापन दिदै आएका एन आइसी एसिया बैंकका सीइओदेखि संचालकसम्मको असली अनुहारहरु हामी एक एक गर्दै बाहिर ल्याउने नै छौं ।

    संघाईसँगै झापाको एक प्रतिष्ठित चिया बगानका सञ्चालक गोविन्द सरियामाथि पनि सम्पति शुद्धिकरण मुद्दा चल्ने भएको छ ।उनीमाथि हुण्डी कारोबारको आरोप लाग्दै आएको छ । सरियालाई जोगाउन पूर्वतिर घर भएका एक भूपू आइजिपी पनि सक्रिय छन् । यस्तै, विशाल ग्रुपसम्बद्ध अशोक अग्रवाल पनि सम्पत्ति शुद्धीकरणमा पर्ने प्रहरीस्रोतले जनाएको छ । उनी उक्त ग्रुपका मुख्य सञ्चालक त्रिलोक अग्रवालका भतिजा हुन् ।

    विशाल ग्रुप नेपालमा नगदको कारोबार गर्ने सबभन्दा ठूलो व्यापारिक समूह हो । यसले विशेषतया आयात व्यवसाय गर्दछ । नेपालमा गार्मेन्ट व्यवसाय फस्टाएको समयका चल्तापुर्जा मानिने सुरेश अग्रवाल पनि सोमबार खालबाट समातिएका छन् ।

    अहिले उनी कपडाको व्यापार गर्छन् । पछिल्लो समय चर्चामा आउने गरेको मेरियट होटलका मालिक सुमित अग्रवाल सुरेशका नातेदार हुन् । सम्पत्ति शुद्धीकरणमा तानिने अर्का मारवाडी हुन्, नन्दकिशोर शर्मा । नेपालमा छोटो समयमा धेरै फस्टाएको ज्योति लाइफ इन्स्योरेन्स उनै नन्दकिशोरको हो ।

    अर्का छन्, पुरुषोत्तम घिरैया । कपडा व्यवसायका अग्रणी मानिने श्यामसुन्दर घिरैयाका भाइ हुन्, पुरुषोत्तम । जुवा खेलाउने निकी जोगाई पनि सम्पत्ति शुद्धीकरणमा पर्दैछन् । पुतलीसडकमा १५ वर्ष मिठाई बेचेर कमलादीमा बुटिक होटलदेखि काठमाडौंमा अर्बौंको कारोबारमाथि प्रश्न उठाएर मुद्दा चलाउन लागिएको स्रोतले जनाएको छ । निकी भारतीय नागरिक हुन् ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ