• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights

    कोरोना संक्रमित भेटिएपछि केएमसी अस्पताल अनिश्चितकाललाई बन्द

    1.2K
    SHARES

    काठमाडाैं। काठमाडौं मेडिकल कलेजका चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल अनिश्चितकालिन बन्द गरिएको छ । अस्पतालले एक सुचना जारी गर्दै अस्पतालका चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालले आकस्मिक लगायत सबै सेवाहरु बन्द गरेको हो ।

    अस्पतालका मेडिकल डाइरेक्टर प्राध्यापक डाक्टर मुकुन्द राज जोशीले अस्पतालमै कोरोना संक्रमित भेटिएपछि अस्पताल निर्मालीकरण गर्नका लागि केहि दिन अस्पतालको सबै सेवा बन्द गरिएको जानकारी दिए ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबारको नियमित लाइभ अपडेटमा काठमाडौं मेडिकल कलेजमा ४ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको जनाएको थियो । मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले काठमाडौं मेडिकल कलेजका २४ देखि ३२ वर्षका ३ महिला र २८ वर्षका एकजना पुरुष संक्रमित भएको र सबैजना स्वास्थ्यकर्मी भएको जानकारी दिएका थिए ।

    तर अस्पतालमा मेडिकल डाइरेक्टर प्राडा जोशीले भने अस्पतालमा रहेका दुईजना स्वास्थ्यकर्मी र दुईजना बिरामी भएको बताए । अस्पतालमा आएका बिरामीको स्वाब संकलन गरेर पठाएकोमा रिपोर्ट पोजेटिभ आएको उनकाे भनाइ छ । प्राडा जोशीका अनुसार संक्रमति ४ जना मध्ये एकजना अस्पतालमा कार्यरत डाक्टर र एकजना नर्स हुन् ।

    यस्तै दुईजना बिरामीमध्ये एकजना चाँगुनारायण नगरपालिकाबाट स्वास्थ्य जाँचका लागि आएका बिरामी र एकजना सुत्केरी गराउन आएकी महिला हुन् । उनी रौतहट स्थायी घर भएकी महिला हुन् । प्राडा जोशीका अनुसार ती महिलाको गत शनिबार शल्यक्रिया गरेर डेलिभरी गरिएको थियो । ती महिलालाई मंगलबार बिहान अस्पतालबाट डिस्चार्ज समेत गरिसकिएको थियो ।

    कोरोना परीक्षणको रिपोर्ट भने हिजो साँझ मात्र आएको प्राडा जोशीले बताए ।प्राडा जोशीका अनुसार कोरोना संक्रमित दुईजना बिरामीको विवरण इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा बुझाइएको छ । यस्तै अस्पतालका दुईजना स्वास्थ्यकर्मीको भने अस्पतालको निगरानीमा एकजना होम आइसोलेसन र एकजना अस्पतालमै राखिएको प्राडा जोशीले जानकारी दिए ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ