• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय खेलकुद

    ‘बार्सिलोनाका पाँच खेलाडीमा देखिएको थियो कोरोना संक्रमण’

    646
    SHARES

    काठमाडौं । स्पेनिस फुटबल क्लब बार्सिलोनाका पाँच खेलाडीमा कोरोना भाइरस संक्रमण देखिएको र उनीहरु हाल निको भइसकेको एक रेडियोले जनाएको छ ।क्याटलाना रेडियो स्टेसन आरएसी वानले बार्सिलोनाको पाँच खेलाडीमा कोरोना देखिएको दावी गरेको हो । रेडियोका अनुसार अहिले उनीहरु निको भइसकेका छन् ।

    रेडियोले उनीहरुको नाम भने सार्वजनिक गरेको छैन । तर स्पेनमा कोरोना महामारी सुरु हुँदाताका नै बार्सिलोनाका खेलाडीमा संक्रमण देखिएको उसले जनाएको छ ।यस्तै आरएसीले बार्सिलोनाको दुई जना कर्मचारीमा पनि कोरोना भाइरस संक्रमण देखिएको दावी गरेको छ ।

    बार्सिलोनाले यस बारे कुनै समाचार सार्वजनिक गरेको थिएन र रेडियोको पछिल्लो रिपोर्टबारे कुनै प्रतिक्रिया पनि दिएको छैन । कोरोना भाइरस महामारीले स्थगित ला लिगा यही जुन ११ देखि फेरि शुरु हुँदैछ र लिग लिडर बार्सिलोनाले जुन १३ मा मालोर्कासंग खेल्दैछ ।

    केही दिनअघि कप्तान लिओनल मेसीले कोरोना भाइरसपछि फुटबल र जीवन उस्तै नहुने प्रतिक्रिया दिएका थिए । केही साताअघि पहिलो पीसीआर विधिबाट गरिएको परीक्षणमा बार्सिलोनाले क्लबमा कसैलाई पनि पोजेटिभ नदेखिएको जनाएको थियो ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालानामा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार र समाचार सामाग्रीहरुको केन्द्र’ बन्ने यात्रामा अगाडि बढिरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ