• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    पत्रपत्रिका

    कोरोनाबाट मृत्यु भएका परिवारका लागि सरकारले बल्ल गर्यो यस्तो निर्णय, हेर्नुस बिस्तृतमा

    1.3K
    SHARES

    काठमाडौँ । सरकारले कोरोना संक्रामनबाट मृत्यु भएका परिवारका लागि  बल्ल राहत हुने निर्णय गरेको छ । प्रदेश ५ सरकारले कोरोना संक्रमणबाट मृत्यु हुनेको परिवारलाई एक लाख रुपैयाँ दिने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद वैठकले कोरोना संक्रमणबाट मृत्यु हुने व्यक्तिका परिवारलाई एक लाख रुपैयाँ राहतस्वरुप दिने निर्णय गरेको हो ।

    यस्तै कोरोनाबाट मृतकको शब बोक्नका लागि दुई वटा शबवाहन खरिद गर्न दुईवटा अस्पताललाई १५–१५ लाख रुपैयाँ दिने निर्णय पनि मन्त्रिपरिषद बैठकले गरेको प्रवक्ता बैजनाथ चौधरीले बताए ।

    दाङको बेलझुण्डीस्थित आयुर्वेद अस्पताल र नेपालगन्जको खजुरास्थित शुशिल कोइराला क्यान्सर अस्पतालमा बनाइएको कोरोना विशेष अस्थायी अस्पताललाई शबवाहन खरिदका लागि १५ लाखका दरले रकम दिने निर्णय गरेको प्रवक्ता चौधरीले बताए ।

    यस्तै कोरोना कोष निर्देशिकामा परिमार्जन गरी कोरोना विशेष अस्पतालमा खटिने प्रहरीलाई खाना खर्च र स्वाब संकलनमा खटिने स्वास्थ्यकर्मीलाई पनि भत्ताको व्यवस्था गरिएको प्रवक्ता चौधरीले बताए ।

    यस्तै सरकारले लकडाउनको मोडल परिर्वतन गर्ने गृहकार्य थालेको छ। कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले लकडाउनको मोडल परिर्वतन गर्ने सन्दर्भमा मंगलबार सिंहदरबारमा निजी क्षेत्रका सबै पेशा व्यवसायका छाता संगठनका प्रतिनिधिसँग छलफल गरेको हो।

    छलफलमा सहभागी विभिन्न पेशा व्यवसायका छाता संगठनका प्रतिनिधिले अर्थतन्त्र चलायमान बनाउनेबारे तत्काल नसोच्ने हो भने कोरोना भाइरसले निम्त्याउने समस्या भन्दा भोकमरीको समस्या विकराल हुने भन्दै उद्योग सञ्चालनको व्यवस्था मिलाउन आग्रह गरे।

    लकडाउन लम्बिँदै जाँदा उत्पादन, बजारीकरणमा सहभागी मजदुर, लगानीकर्ता सबै प्रभावित हुने भन्दै व्यवसायीले लकडाउन खुकुलो पारेर क्षेत्रगत वर्गीकरण गरी उद्योग खोल्ने वातावरण मिलाउन सुझाव दिए। उनीहरुले जोखिमको स्तर हेरेर क्षेत्रगत रुपमा समय समेतको व्यवस्थापन गरी अर्थतन्त्र चलायमान बनाउन सुझाव दिएका छन्। उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले रेड, ग्रिन र एल्लो जोन गरेर लकडाउन खुकुलो बनाउन आग्रह गरिएको बताइन्।

    उनले जोखिमको तह र क्षेत्रलाई वर्गीकरण गरी विस्तारै लकडाउन खुकुलो बनाउँदै अर्थतन्त्रलाई चलायमान बनाउन आफुहरुले सुझाव दिएको र समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलले स्वास्थ्य विज्ञ लगायत विभिन्न निकायका प्रतिनिधिसंग छलफल गरि निर्णय लिने आवश्वास दिएको बताइन्।

    त्यसैगरी चेम्बर अफ कमर्शका अध्यक्ष राजेश काजी श्रेष्ठ, यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौला, उद्योग वाणिज्य संघ नवलपरासीका अध्यक्ष चन्द्र भण्डारी, नेपाल निर्यात व्ंयवसायी महासघका महासचिव तथा पश्मिना उद्योग संघका अध्यक्ष दुर्गाविक्रम थापा लगायतले जोखिम मुल्यांकन गरेर सुरक्षित क्षेत्र र समय छुट्याएर लडाउन खुल्ला गरि उद्योगधन्दा संञ्चालनको व्यवस्था मिलाउन सरकारसंग आग्रह गरेका थिए।

    चेम्बर अफ कमर्शका अध्यक्ष श्रेष्ठले ४२ प्रकारका उद्योग संञ्चालन हुने भनेपछि आवश्यक पास उपलब्ध नहुनु, राजधानी बाहिर गएका कामदार फर्कने व्यवस्थाको साथै उत्पादन विक्रीका लागि बजार बन्द हुँदा उद्योग सञ्चालन हुने वातावरण नभएकाले समय निर्धारण गरेर विषयगत व्यवसाय सञ्चालन गर्ने वातावरण बनाउन सुझाव दिएको बताए।

    यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले उद्योगधन्दा सञ्चालनसँगै सार्वजनिक यातायातका साधन पनि संञ्चालन गर्नु अत्यावश्यक भएकाले सामाजिक दुरी कायम गरि सञ्चालनको व्यवस्था मिलाउन सुझाव दिएको बताए।

    त्यस्तै सुर्खेत उद्योग वाणिज्य संघले बुधबारदेखि नियमित रुपमा पसल सञ्चालन गर्ने निर्णय गरेको छ । संघले मङ्गलबार विज्ञप्त जारी गर्दै बुधबारदेखि सम्पूर्ण पसलहरु सञ्चालनमा ल्याउने निर्णय गरेका जानकारी गराएको हो । कोरोना रोकथामका लागि सरकारले लकडाउन लम्ब्याउनेबाहेक अन्य कुनै प्रभावकारी काम नगरेको भन्दै संघले यति लामो लकडाउन थेग्ने नसक्ने बताएको छ ।

    अध्यक्ष धनबहादुर रावतले दुई महिनाभन्दा लामो बन्दाबन्दीका कारण व्यापार व्यवसाय धरापमा परेको तर सरकारले प्रस्तुत गरेको बजेटमार्फत कुनै सहुलियत प्याकेजको घोषणा नभएको भन्दै बाध्य भएर पसल सञ्चालन गर्ने निर्णय भएको बताए ।

    शनिबारबाहेक हरेक दिन बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म सम्पूर्ण पसलहरु खोल्ने संघले जनाएको छ । फलफूल, तरकारी, डेरी, ग्याँस, पसलहरु भने बिहान ५ देखि ९ र साँझ ५ देखि ८ बजेसम्म सञ्चालनमा रहने संघले जनाएको छ ।

    प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले भने लकडाउनको उल्लंघन गरी पसल सञ्चालनमा ल्याउने उद्योग वाणिज्य संघको निर्णय मान्य नहुने बताएका छन् । मनोमानी रुपमा पसल खोल्न नदिइने भन्दै प्रजीअ न्यौपानेल व्यवसायीसँग छलफल गरिने बताए । ‘उहाँहरुसँग बसेर छलफल पनि गर्छौ,’ प्रजिअ न्यौपानेले भने, ‘प्रशासनको काम सरकारको निर्णय कार्यान्वयन गराउनु हो । उहाँहरुले सरकारको निर्णयको अवज्ञा गर्नुहुन्छ भने प्रशासनले पनि आफ्नो जिम्मेवारी पूरा गर्छ ।’

    उद्योग वाणिज्य संघको पसल खोल्ने निर्णयको कर्णाली प्रदेशसभामा विरोध भएको छ । मंगलबार बसेको प्रदेशसभा बैठकमा बोल्दै प्रदेशसभा सदस्य पदमा खड्काले कारोना भाइरस (कोभिड-१९)को संक्रमणले महामारीकै रुप लिइरहेको बेला यस्तो निर्णय व्यवहारिक नभएको भन्दै सरकारको ध्यानाकर्षण गराइन् । सुर्खेत उद्योग वाणिज्य संघ यसअघि पनि आफूखसी निर्णय गर्दै पसलहरु सञ्चालन गर्दै आएको थियो ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालानामा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार र समाचार सामाग्रीहरुको केन्द्र’ बन्ने यात्रामा अगाडि बढिरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ