• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    क्वारेन्टाइनमा एकै जनाले २० जनाको खाना खाएपछि हंगामा, यस्ताे रहस्य थाहा पाएपछि माेदी समेत चकित

    1.9K
    SHARES

    काठमाडाैं । कोरोना संक्रमणको उच्च जोखिममा रहेको भारतमा अन्य राज्य र प्रदेशबाट आएकाहरुलाई गृहराज्यको क्वारेटाइन सेन्टरमा राख्ने गरीएको छ ।

    जहाँ क्वारेन्टाइनमा रहेका हरेक ब्यक्तिको खानपानको जिम्मेवारी सरकारका तर्फबाट हुने गरेको छ । यसरी सञ्चालनमा ल्याएका भारतका कैयौं क्वारेन्टाइन कमजोर व्यवस्थापन र खराब नीतिको सिकार भएर चर्चामा छन् । तर बिहारको बक्सर जिल्लाको एक क्वारेन्टाइन भने चर्चामा आउनुको प्रसंग भने निकै रोचक छ ।

    खासमा, बिहारको बक्सर जिल्लाको क्वारेन्टाइन चर्चामा आउनुको कारण हो, क्वारेन्टाइनमा रहेका एक युवक । क्वारेन्टाइनमा रहेका २१ वर्षीय अनुप ओझाले निक्कै ढी खाना खाएपछि यसको चर्चा चुलिएको हो ।

    उनको खानाको क्षमता बारे सुन्दा पत्याउन निक्कै ग्राहो हुन्छ । शुरुवातमा उनी आएको दिन नै उनले ८५ वटा लिट्टि (समोसा झै गोलो आकारको परिकार) खाएका थिए । त्यसपछि उनको क्षमता बारे क्वारेन्टाइन ब्यवस्थापनले जानकारी पाएको थियो । दैनिक करिब ४० रोटि र २० प्लेट भात खानु उनको दैनिकी नै हो ।

    अनुप राजस्थानमा काम गर्छन । उनी लकडाउनले बिहार फर्केका हुन् । अनुपको खानाको डाइट क्वारेन्टाइनमा मात्र होइन, उनको घरमापनि सोहि अनुसार रहने गरेको छ । उनको गाउँमा उनले एकै पटक १ सय समोसा खाएको रेकर्ड छ । तर उनको शरीरमा खाना अनुसारको मोटोपना छैन । उनको वजन ७० किलोग्राम मात्र छ ।

    अनुपका बारेमा अर्को रोचक कुरा के छ भने उनी ज्यादा खाने मात्र होइन अन्य ब्यक्तिको तुलनामा ज्यादा काम पनि गर्दछन् । उनी एक्लैले ५/६ जना बराबरको काम गर्दछन् । अनुपको खानाखाने क्षमताका बारेमा जब अञ्चलाधिकारी समक्ष कुरा पुग्यो तब उनी स्वयम् यसबारे बुझ्न पुगे ।

    अञ्चलाधिकारीले क्वारेन्टाइन व्यवस्थापकलाई अनुपले चाहे अनुसारको खानदिन र कुनै अभाव नपार्न निर्देशन दिएका छन् । हुनत क्वारेन्टाइन व्यवस्थापकलाई अनुपलाई ख्वाउन कुनै समस्या छैन । तर क्वारेन्टाइनमा खाना बनाउने भान्सेका लागी भने उनलाई अघाउने खाना खुवाउन निक्कै सकस पर्दै आएको छ ।

    क्वारेन्टाइनमा एकै जनाले २० जनाको खान खाइदिएपछि यो खबर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसम्म पुगेको छ । खबर सुनेर उनी तिन छक परेको भारतीय अनलाइनहरुले उल्लेख गरेका छन् ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालानामा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार र समाचार सामाग्रीहरुको केन्द्र’ बन्ने यात्रामा अगाडि बढिरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ