• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights अन्तराष्ट्रिय

    क’र्फ्यूबीच अमेरिकाका ७० शहरमा प्रदर्शन, ट्रम्पले दिए यस्तो कडा चेतावनी

    1K
    SHARES

    काठमाडौं । प्रहरीको यातनाले एक अ’श्वेत व्यक्तिको मृ’त्यु भएपछि गत सातादेखि अशान्त बनेको अमेरिकामा क’र्फ्यू लगाउदा पनि प्रदर्शन रोकिएका छैनन् । प्रहरीको या’त’नाबाट जर्ज फ्लोइड नामका अ’श्वेत व्यक्तिको मृ’त्यु भएको आरोपपछि मिनेशोटाबाट सुरू भएको प्रदर्शन हिं’सा’त्मक बन्दै अमेरिकाका वासिङ्टन डिसीसहित २३ राज्यका ७० भन्दा बढीमा शहरमा पुगेको बीबीसीले जनाएको छ ।

    अश्वेत व्यक्तिको मृ’त्यु प्रकरण रं’भेद आन्दोलनमा परिणत भएपछि सुरक्षाकर्मीको अवरोध छिचोल्दै ह्वाइट हाउससम्म प्रदर्शनकारीहरू पुगेपछि त्यहाँ सुरक्षा सतर्कता उच्च बनाइएको छ । प्रदर्शनका क्रममा झ’ड’प, लु’ट’पाट, तो’फो’ड र आ’क्र’म’का घटना भइरहेका छन् । उच्च सुरक्षा तैनाथीसहित क’र्फ्यू जारी गरिए पनि प्रदर्शनकारीहरूले आगजनी, ढुं’गा’मु’डा, तो’ड’फो’ड र लु’ट’पा’ट रोकेका छैनन् । वाशिंगटन, न्यूयोर्क, न्यूजर्सी, मिनियापोलस, एट्लान्टा, लस एन्जलस, फिलाडेलफिया, पोर्टल्याण्ड, लुइसभिलासहितका शहरमा कर्फ्यू जारी भए पनि प्रदर्शन नरोकिएपछि प्रहरीले ४१ सयभन्दा बढी प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको बीबीसीले जनाएको छ ।

    गएको सोमबार (मे २५ मा) एउटा पसलमा एक व्यक्तिले नक्कली नोट दिएको भनी फोन आएपछि त्यहाँ पुगेका सुरक्षाकर्मीले नक्कली नोट दिएका भनिएका व्यक्ति जोर्ज फ्लोइडलाई समातेर गाडीमा राख्न खोज्दा नमानेपछि डेरेक शौभिन नामक ४४ वर्षीय सुरक्षाकर्मीले ४६ वर्षका फ्लोइडलाई पक्राउ गर्ने क्रममा घाँटीमा घुँडाले थिचेको र त्यसको केही बेरमा फ्लोइडको मृ’त्यु भएको आरोप लाग्दै आएको छ ।

    यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हाल भइरहेको हिं’सा’त्मक प्रदर्शन अन्त्यका लागि सेना परिचालन गर्ने चेतावनी दिएका छन् । ट्रम्पले प्रदर्शन रोक्नका लागि संघीय तहमा उपलब्ध सबै स्रोत परिचालन गर्ने उल्लेख गर्दै सेना परिचालन गर्ने चेतावनी दिएका हुन् । राज्यहरू हिंसात्मक प्रदर्शन रोक्न असमर्थ भइरहेका हुन् भने नागरिकको जीवन र सम्पत्ति रक्षा गर्न म सेना परिचालन गर्नेछु र हिं’सा’त्मक प्रदर्शनको अन्त्य गर्नेछु,’ ट्रम्पले भने ।

    क्रु’र’ताका कारण भएको जर्ज फ्लोइडको मृ’त्युबाट सबै अमेरिकी स्तब्ध भएको उल्लेख गर्दै उनले भनेका छन्, ‘फ्लोइडको मृत्युबाट अमेरिका स्तब्ध छ, यसैका कारण आक्रोश पनि पैदा भएको छ । तर उनको मृ’त्यु व्यर्थ पनि भएन होला ।’ ट्रम्पले अमेरिकीलाई सम्बोधन गर्दै आफूमा कानूनी राज्य स्थापना गर्ने जिम्मेवारी रहेको स्मरण गर्दै शान्तिपूर्ण प्रदर्शनको आह्वान पनि गरेका छन् ।

    आफू शान्तिपूर्ण प्रदर्शनको पक्षधर भएको स्मरण गराउदै ट्रम्पले प्रदर्शनका क्रममा भएका झ’ड’प, लु’ट’पाट, तो’ड’फोड, आ’क्र’मण तथा भौतिक सम्पत्तिमा भइरहेको विनाश रोक्ने कुनै पनि कसर बाँकी नराख्ने चेतावनी पनि दिएका छन् । अक्सिजन अभावले फ्लोइडको मृ’त्यु फ्लोइडको मृ’त्यु अक्सिजनको कमीका कारण भएको एउटा निजी पोष्टमार्टम परीक्षणले पत्ता लगाएको छ।

    फ्लोइडको परिवारका तर्फबाट परीक्षक रहेका चिकित्सकले उनको निधन मिनियापलिसका प्रहरी अधिकारीले गर्दन र ढाडमा थिचेको र अक्सिजन अभावले भएको दावी गरेका हुन् । यसअघिकोको परीक्षणमा अक्सिजनको कमी वा घाँटी दबाएका कारण भन्ने प्रमाण पत्ता लागेको थिएन । सरकारी अधिकारीले फ्लोइडको मृत्यु हुनमा उनको पहिल्यैदेखिको स्वास्थ्य समस्यालाई देखाइरहँदा निजी पोष्टमार्टम रिपोर्टले भने उनको मृत्यु स्वाभाविक नभई हत्या नै भएको उल्लेख गरेको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालानामा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार र समाचार सामाग्रीहरुको केन्द्र’ बन्ने यात्रामा अगाडि बढिरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ