• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    इजरायली प्रधानमन्त्रीकाे कार्यालयमा कार्यरत एक जनामा कोरोना संक्रमण पुष्टि

    624
    SHARES

    काठमाडौं । ५ महिनादेखि फैलिएकाे काेराेना महामारीका कारण अहिले विश्वका कयाैं देशहरू आक्रान्त बनेका छन् । महामारीले विश्वभर ६३ लाख ६५ हजारभन्दा बढी संक्रमित भएका छन् । विश्वका २१३ मुलुक र २ पानीजहाजमा गरि ६३ लाख ६५ हजार ६२५ जना संक्रमित भएका छन् ।

    यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा १ लाख ३ हजार ५० जना नयाँ संक्रमित थपिएका छन् । यस्तै एकै दिन अरू ३ हजार १७ जनाको मृत्यु हुँदा ज्यान गुमाउनेको संख्या ३ लाख ७३ हजार ४०७ पुगेको छ । ३० लाख ८४ हजार ८०० जनाको उपचार भइरहेकोमा ५३ हजार ४०२ जनाको अवस्था गम्भीर छ भने २९ लाख ३ हजार ४१८ जना संक्रमणमुक्त भएका छन् ।

    कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा मंगलबार बिहान सम्म १ लाख ७४ हजार ६५४ जनाको मृत्यु भएको छ । २० लाख ३४ हजार २६८ जना संक्रमित भएकोमा ९ लाख ९३ हजार ९५६ जना संक्रमणमुक्त भएका छन् ।

    उत्तर अमेरिकी मुलुकहरुमा १ लाख २५ हजार ९१९ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या २० लाख ९७ हजार ९२५ पुगेको छ । त्यसमध्ये ७ लाख ५९ हजार ६८८ जना संक्रमणमुक्त भएका छन् । यस्तै एसियाली मुलुकहरुमा ३१ हजार २७१ जनाको मृत्यु भएको छ । ११ लाख ६३ हजार ८३८ जना संक्रमित भएकोमा ७ लाख १२ हजार ९४५ जना संक्रमणमुक्त भएका छन् ।

    दक्षिण अमेरिकी मुलुकहरुमा ४१ हजार ५४ जनाको मृत्यु भएको छ । ९ लाख ५ हजार ७८२ जना संक्रमित भएकोमा ३ लाख ६२ हजार ४६ जना संक्रमणमुक्त भएका छन् । अफ्रिकी मुलुकहरुमा ४ हजार ३६९ जनाको ज्यान गएको छ भने १ लाख ५४ हजार ९०७ जना संक्रमित छन् ।

    संक्रमितमध्ये ६५ हजार ९३१ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १२५ जनाको मृत्यु भएको छ । ८ हजार ८१४ जना संक्रमित भएकोमा ८ हजार २०१ जना संक्रमणमुक्त भएका छन् ।

    उता इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको कार्यालयमा कार्यरत एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । इजरायलका प्रधानमन्त्रीको कार्यालयले यो जानकारी दिएको हो । यद्यपि ७० वर्षीय प्रधानमन्त्री नेतन्याहु ती संक्रमित कर्मचारीको सम्पर्कमा थिए कि थिएनन् भन्ने जानकारी भने दिइएको छैन ।

    प्रधानमन्त्री कार्यालयबाट जारी विज्ञप्तिमा यसबारे अनुसन्धान जारी रहेको उल्लेख छ । त्यसपछि संक्रमित व्यक्तिको सम्पर्कमा आएकाहरुलाई आवश्यक दिशानिर्देशन गर्ने विज्ञप्तिमा उल्लेख छ ।

    यसअघि दुई पटक प्रधानमन्त्री नेतन्याहुले कोरोना संक्रमणको खतरा सामना गरिसकेका छन् । गत मार्च महिनामा उनका सल्लाहकारमा संक्रमण पुष्टि भएको थियो । त्यसपछि अप्रिल महिनामा तत्कालीन स्वास्थ्यमन्त्रीमा कोरोना परीक्षण गरिएको थियो, यद्यपि उनको रिपोर्ट नेगेटिभ आएको थियो ।

    जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार इजरायलमा हालसम्म १७ हजार १ सय ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २ सय ८५ जनाको मृत्यु भएको छ । पछिल्ला दिनहरुमा इजरायलमा संक्रमणको दर बढिरहेको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालानामा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार र समाचार सामाग्रीहरुको केन्द्र’ बन्ने यात्रामा अगाडि बढिरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ