• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Corona Update समाचार

    थप २२६ जनामा कोरोना संक्रमण पुष्टी, संक्रमितको संख्या १ हजार ७ सय ९८ पुग्यो

    1.3K
    SHARES

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २२६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप २२६ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

    जसमा २ सय १३ जना पुरुष र १३ जना महिला रहेका छन् । योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या १७९८ पुगेको छ। हालसम्म ५९ जिल्लामा कोरोना संक्रमण फैलिइसकेको मन्त्रालयले जनाएको छ ।

    यस्तै ५ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीले विश्वभर ६२ लाख ६२ हजारभन्दा बढी संक्रमित भएका छन् । विश्वका २१३ मुलुक र २ पानीजहाजमा गरि ६२ लाख ६२ हजार ७७० जना संक्रमित भएका छन् ।

    यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा १ लाख ८ हजार ४८१ जना नयाँ संक्रमित थपिएका छन् । यस्तै एकैदिन अरू ३ हजार १८२ जनाको मृत्यु हुँदा ज्यान गुमाउनेको संख्या ३ लाख ७३ हजार ६८८ पुगेको छ । ३० लाख ४२ हजार ४१० जनाको उपचार भइरहेकोमा ५३ हजार ४०९ जनाको अवस्था गम्भीर छ भने २८ लाख ४६ हजार ५०६ जना संक्रमणमुक्त भएका छन् ।

    कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा सोमबार विहान सम्म १ लाख ७३ हजार ७२६ जनाको मृत्यु भएको छ । २० लाख १९ हजार ७८१ जना संक्रमित भएकोमा ९ लाख ८७ हजार ८० जना संक्रमणमुक्त भएका छन् ।

    उत्तर अमेरिकी मुलुकहरुमा १ लाख २४ हजार ८८५ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या २० लाख ६९ हजार ९३२ पुगेको छ । त्यसमध्ये ६ लाख ७८ हजार ६०१ जना संक्रमणमुक्त भएका छन् । यस्तै एसियाली मुलुकहरुमा ३० हजार ७७७ जनाको मृत्यु भएको छ । ११ लाख ३६ हजार ८१६ जना संक्रमित भएकोमा ६ लाख ९४ हजार ८६६ जना संक्रमणमुक्त भएका छन् ।

    दक्षिण अमेरिकी मुलुकहरुमा ४० हजार ८१ जनाको मृत्यु भएको छ । ८ लाख ७७ हजार ९४४ जना संक्रमित भएकोमा ३ लाख ५२ हजार ६०६ जना संक्रमणमुक्त भएका छन् । अफ्रिकी मुलुकहरुमा ४ हजार २४५ जनाको ज्यान गएको छ भने १ लाख ४८ हजार ७७३ जना संक्रमित छन् । संक्रमितमध्ये ६३ हजार ४६३ जना संक्रमणमुक्त भएका छन् ।

    त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १२५ जनाको मृत्यु भएको छ । ८ हजार ८०४ जना संक्रमित भएकोमा ८ हजार १९६ जना संक्रमणमुक्त भएका छन् ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ