• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    अखिल क्रान्तिकारीका नेता अटल साढे ३ महिनापछि रिहा

    1.8K
    SHARES

    काठमाडौँ । बि’द्रोही नेपाल कम्युनिष्ट पार्टी निकट अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य अटल शर्मा रिहा भएका छन् । उनलाई प्रहरीले १ सय १५ दिन पहिला गि’र’फ्तार गरेको थियो । उनलाई बि’द्रोही नेकपा निकट बिद्यार्थी संगठनको नेता भएकै कारण गिरफ्तार गरि ब’म वि’स्फोट तथा सङ्गठित अपराधको मुद्दा लगाएर हिरासतमा राखेको थियो ।

    उनलाई पटक पटक अदालतले छोड्न आदेश दिएपनि प्रहरीले पुनः गि’र’फ्तार गएर हि’रा’सतमा लिएको थियो । ब’म बि’स्फो’टको मुद्दामा ७३ दिन चितवन प्रहरीको हिरासद रहेका अटललाई चितवन जिल्ला अदालतले बैशाख ५ गते रिहा गर्न आदेश दिए पनि अदालतको गेटबाटै प्रहरी पुनः प’क्रा’उ गरेर धादिङ जिल्लाका दुइवटा एलसेल टावरमा आगजानी गरेको भन्दै झुटा मुद्दा लगाएको थियो ।

    धादिङ्ग जिल्ला अदालतले ३५ दिनपछि ५० हजार धरौटी माग गरि रिहा गर्न आदेश दिएको थियो तर उनले तिर्न अस्विकार गरेपछि कारागार चलान गरिएको थियो । त्यसपछि कारागारमा रहेका अटललाई सर्वोच्च अदालतमा परेको बन्दी प्रत्यक्षीकरणको रिट जाहेर अनुसार विना धरौटीमा रिहा गर्न आदेश गरेपछि शुक्रबार उनी धादिङ कारागारबाट रिहा भएका हुन् ।

    पटक पटक प्रहरीले प’क्रा’उ गर्दै अदालतबाट रिहा हुँदै आएका अटल यो पटक भने झण्डै १ सय १५ दिने आस्थाको बन्दी जीवनबाट खुला संसारमा आएका हुन् । रिहा भएसँगै उनले फेसबुकमा लामो स्टाटस लेख्दै चिता चासो राख्ने आफन्त शुभचिन्तक र नेता कार्यकर्तालाई धन्याबाद दिएका छन् । उनले आफुलाई ओली सरकारले विप्लव नेतृत्वको नेकपा समर्थित बिद्यार्थीको नेता भएका कारण अनाहकमा दुख दिएको बताएका छन्।

    देशमा गणतान्त्रिक सरकार र संबिधान भए पनि आफुलाई फरक राजनीतिक पार्टीप्रति आस्था राखेकै कारण ओली नेतृत्वको कम्युनिष्ट नामधारी सरकारले झुट्टा मुद्दा अगाएर लामो समय दुख दिए पनि आफु राजनीतिककर्मी भएका कारण हिरासत र जेल नेल भोग्नु भनेको सामान्य रहेको र आफुले त्यसलाई सहजतापुर्बक स्विकार गरेको प्रतिक्रिया संचार केन्द्रलाई दिएका छन् ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया