• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    सल्यानमा २५ र कालिकाेटमा १९ जनामा काेराेना संक्रमण पुष्टि

    1.5K
    SHARES

    सुर्खेत । सल्यानमा पहिलो पटक एकैदिन २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेश अस्पताल सुर्खेतमा पिसिआर विधिवाट गरिएको स्वाब परीक्षणमा जिल्लाका २५ जनामा कोरोना संक्रमण भेटिएको हो। सल्यानमा कोरोना संक्रमण पुष्टि भएकाहरु बन्गाड कुपिन्डे नगरपालिकाका हुन्।

    नगरपालिकाको वडा नं. १ मा १९,२०,४० र ४७ बर्षीय पुरुष, वडा नं. २ मा १९ वर्षीय १ पुरुष, वडा नं. ३ मा १७,२७,२७ र ३८ वर्षीय पुरुष, वडा नं. ४ मा १८,३३ र ४४ वर्षीय पुरुष र वडा नं. ६ का ११,१६,१८,१९,२०,२१,२१,२१२५,२८,३० र ३६ वर्षीय र वडा नं. ७ मा ३८ वर्षीय १ पुरुषमा संक्रमण फेला परेको हो।

    उनीहरु सबै छिमेकी देश भारतबाट आएर क्वारेन्टिनमा बसेकाहरु हुन । यस्तै कालिकोटमा पहिलोपटक कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा शनिबार गरिएको परीक्षणमा १९ जनामा संक्रमण पुष्टि भएको हो ।

    संक्रमण पुष्टि भएकामध्ये कालीकोटका १७ जना छन् भने दैलेखको दुल्लुका एक र बाजुराका एकजना रहेका सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए ।

    शनिबार मात्रै ल्याबमा १ सय ५९ नमूनाको परीक्षण गरिएको र त्यस मध्ये १९ जनामा (कोभिड–१९) पोजिटिभ पुष्टि भएको डा. तिवारीले बताए । उनीहरु सबै भारतबाट आएर क्वारेन्टाइनमा बसेकाहरू हुन् ।

    कोरोना भाइरस (कोभिड–१९) का कारण दैलेखमा एक जनाको मृत्यु भएको पुष्टि भएको छ । दुल्लुस्थित विद्युत कार्यालयको क्वारेन्टिनमा शनिबार बिहान मृत्यु भएका युवकको रिपोर्ट पोजेटिभ आएको हो ।

    दुल्लु–११ का ३५ वर्षीय पुरुषको बिहान निधन भएको थियो । दिउँसो उनको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पीसीआर विधिबाट गरिएको परीक्षणमा युवकको नतिजा पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले बताए ।

    उनको स्वाब तीन दिनअघि पठाइएको थियो । उनी ७९ जना साथीसहित १० दिन अघिमात्र भारतको गुजरातबाट गाउँ फर्किएका थिए ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया