• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Corona Update समाचार

    कोरोना संक्रमणबाट विश्वभर ३ लाख ७० हजारको मृत्यु, ६१ लाख ५३ हजार संक्रमित

    1K
    SHARES

    काठमाडौं । ५ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीले विश्वभर ६१ लाख ५३ हजारभन्दा बढी संक्रमित भएका छन् । विश्वका २१३ मुलुक र २ पानीजहाजमा गरि ६१ लाख ५३ हजार ३७९ जना संक्रमित भएका हुन् ।

    यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा १ लाख २४ हजार १०३ जना नयाँ संक्रमित थपिएका छन् । यस्तै एकै दिन अरू ४ हजार ८४ जनाको मृत्यु हुँदा ज्यान गुमाउनेको संख्या ३ लाख ७० हजार ५७६ पुगेको छ ।

    ३० लाख ४५ हजार ४३१ जनाको उपचार भइरहेकोमा ५३ हजार ५०३ जनाको अवस्था गम्भीर छ भने २७ लाख ३४ हजार ५४६ जना संक्रमणमुक्त भएका छन् । कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा आइतबार विहान साढे ६ बजेसम्म १ लाख ७३ हजार २८० जनाको मृत्यु भएको छ ।

    २० लाख ४ हजार २२६ जना संक्रमित भएकोमा ९ लाख ७८ हजार २४५ जना संक्रमणमुक्त भएका छन् । उत्तर अमेरिकी मुलुकहरुमा १ लाख २३ हजार ४७२ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या २० लाख ४० हजार ८३३ पुगेको छ । त्यसमध्ये ६ लाख ६८ हजार २६२ जना संक्रमणमुक्त भएका छन् ।

    यस्तै एसियाली मुलुकहरुमा ३० हजार २०७ जनाको मृत्यु भएको छ । ११ लाख ७ हजार ५२१ जना संक्रमित भएकोमा ६ लाख ७२ हजार ३९२ जना संक्रमणमुक्त भएका छन् । दक्षिण अमेरिकी मुलुकहरुमा ३९ हजार ३१५ जनाको मृत्यु भएको छ । ८ लाख ४४ हजार ६१९ जना संक्रमित भएकोमा ३ लाख ४५ हजार ८२१ जना संक्रमणमुक्त भएका छन् ।

    अफ्रिकी मुलुकहरुमा ४ हजार ९२ जनाको ज्यान गएको छ भने १ लाख ४३ हजार ७६९ जना संक्रमित छन् । संक्रमितमध्ये ६० हजार ९८७ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १२५ जनाको मृत्यु भएको छ । ८ हजार ७९४ जना संक्रमित भएकोमा ८ हजार १८८ जना संक्रमणमुक्त भएका छन् ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया