• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    कर्णालीमा थप ५९ जनामा कोरोना पुष्टि, ललितपुरमा सुत्केरी संक्रिमित

    1.7K
    SHARES

    काठमाडौं । कर्णाली प्रदेशमा थप ५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालय सुर्खेतले शनिबार साँझ जारी गरेको विज्ञप्ति अनुसार थप ५९ जनामा कोरोना पुष्टि भएको हो । योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या १०५ पुगेको छ ।

    शनिबार साँझ दैलेख, कालिकोट, बाजुरा, सल्यान र सुर्खेतका गरी ५९ जनामा कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। यस्तै यता ललितपुरमा शनिबार कोरोना भाइरसको संक्रमण पुष्टि भएकी महिला ६ दिनको सुत्केरी भएको खुलेको छ ।

    आज नियमित लाइभ अपडेटमा स्वास्थ्य मन्त्रालयले ललितपुरकी एक महिलामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको थियो । किष्ट मेडिकल कलेजका चिफ अप्रेटिङ अफिसर अमिश पाठकले स्वास्थ्य मन्त्रालयले आज संक्रमण पुष्टि गरेको ललितपुरकी २३ वर्षीया महिला ६दिने सुत्केरी भएको जानकारी दिएका हुन् ।

    उनका अनुसार ती महिला जेठ ११ गते सुत्केरी गराउन किष्ट मेडिकल केलेजमा भर्ना भएकी थिइन् । उनको नर्मल डेरीभरी नहुने अवस्था भएपछि चिकित्सकहरुले ती महिलालाई जेठ १२ गते शल्यक्रिया गरेर सुत्केरी गराएका थिए ।

    अस्पताले शल्यक्रिया गर्नुअघि १२ गते नै ती महिलाको कोरोना परीक्षणका लागि थ्रोट स्वाब संकलन गरी प्रयोगशालमा पठाएको थियो । किष्ट मेडिकल कलेजमा सुत्केरी भएकी ती महिलाको स्वास्थ्य अवस्था सामान्य बन्दै गएपछि अस्पतालले जेठ १५ गते नै अस्पतालबाट डिस्चार्ज गरिदिएको थियो । तर उनको कोरोना परीक्षणको रिपोर्ट भने आज मात्र आएको हो ।

    ‘शल्यक्रिया गरेर सुत्केरी गराउने भएपछि हामीले स्वाब संकलन गरेर प्रयोगशालमा पठाएका थियौं, उहाँको १२ गते शल्यक्रिया भयो स्वास्थ्य अवस्था समान्य भएपछि १५ गते डिस्चार्ज गरेका थियौं,’ पाठकले खबरहबसँग भने, ‘उहाँको कोरोनाको रिपोर्ट आज पोजेटिभ आएछ ।’

    आफ्नो अस्पतालमा उपचारत महिलाको कोरोनाको रिपोर्ट आज पोजेटिभ आएको जानकारी आएपछि अहिले ती महिलालाई इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको टोली उनको घरमा पुगिसकेको पाठकले बताए । आफ्नो अस्पतालमा सुत्केरी भएकी महिलाको कोरोनाको रिपोर्ट पोजेटिभ आएपछि उनको उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मीलाई क्वारेन्टाइनमा राखिएको बताए ।

    ‘अहिले हामीले ती महिलाको उपचारमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको ५० जनाको टोलीलाई क्वारेन्टाइमा राखेका छौं,’ पाठकले भने, ‘उहाँहरु आफ्नै घरमा हुनेहरु घरमै होम क्वारेन्टाइनमा बस्नुभएको छ, उपत्यकामा भाडामा बस्नेलाई अस्पतालमै क्वारेन्टाइमा राखेका छौं ।’ पाठकका अनुसार किष्ट मेडिकल कलेजमा यसअघि जेठ १४ गते एकजना कोरोना संक्रमितको मृत्युभएको थियो ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया