• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    रुकुम पश्चिम ह’त्या’का’ण्डमा नयाँ ट्विस्ट, नवराजकी आमाले रुँदै यस्तो खुलासा गरेपछि सबै चकित

    1.7K
    SHARES

    जाजरकोट । रुकुम पश्चिम ह’त्या’का’ण्डमा नयाँ ट्विस्ट आएको छ । प्रेमिका लिन जाँदा गाउँलेको कु’टा’इबाट मा’रि’एका नवराज बिककी आमाले सुष्मा मल्लको पेटमा आफ्नो छोरोका बच्चा भएको भन्दै आफूलाई उक्त सन्तान चाहिने बताएकी छन् । सुष्मा आफैले नवराजलाई फोन गरेर आफ्नो पेटमा तिम्रो बच्चा छ भनेको आफुले सुनेको बताइन् ।

    नवराजकी आमा उर्मिला बिकले शनिबार राति १० बजे सुष्माले आफ्नो छोरालाई फोन गरेर आफ्नो पेटमा बच्चा भएको र परिवारले अन्त विहे गरिदिन लागेको भनेको आफूले सुनेको बताइन् । “म माथि कोठाबाट ट्वाइलेट जाँदै थिए । छोराले फोनको लाउडस्पिकर अन गरेर कुरा गरिरहेको रहेछ । सुष्माले मेरो पेटमा तेरो बच्चा छ, मलाई अन्त विहे गर्न लागेका छन्, मलाई लिन्छस् कि, के गर्छस्” भनेको सुने उर्मिलाले भनिन् । जवाफमा नवराजले आफूलाई आफ्नो बच्चा चाहिने बताएका थिए ।

    उर्मिलाले सुष्माको पेटमा आफ्नो छोरोका बच्चा भन्ने कुरा अरुले पनि भनेको सुनेको बताउँदै बच्चा आफूलाई चाहिने बताउँछन् । उनले छोराछोरी जे भएपनि सुष्माले आफूलाई दिनुपर्ने बताइन् । उर्मिलाले बच्चा फाल्न नपाइने बताउँदै भनिन् “मेरो छोराको केही बाँकी रहेन, सुष्माको पेटमा मेरो छोराको बच्चा छ भने छारोछोरी जे भएपनि मलाई दिनुपर्छ, फाल्न पाइँदैन, मेरो सन्तान मलाई चाहिन्छ ।” उर्मिलाले सुष्मा पुस १२ गते आफ्नो घरमा आएर ४ दिन र पुसकै २९ गते आएर २ दिन बसेर गएको बताइन् ।

    “सुष्मा गत पुसको १२ गते रमाइलो मेलामा आएर चार दिन बसेको र पुसकै २९ गते बहिनीकी छोराको जन्मदिनमा आएको बेला दुई दिन बसेर गइन्” उर्मिलले भनिन् । उनले आफूले तिमी आफ्नो घरमा किन आउँछौं भनेर सोध्दा सुष्माले नवराज र आफ्नो प्रेम भएको बताएको भनिन् । सुष्माले त्यो भनेपछि आफूले “नानी तिमी ठकुरीको छोरी, हामी त बिक हौं, तिम्रो परिवारले मान्दैनन् होला भने, हजुरले उसलाई मलाई केही नभन्नुहोला हाम्रो विहे ८ वर्ष पछि हुन्छ भनेकी थिइन” उर्मिलाले भनिन् । सुष्माको भाई पनि आएर आफ्नो घरमा एक हप्ता बसेको समेत उर्मिला बताउँछिन् ।

    चैत्र १ गते सुष्माको भाई एकहप्ता बसेर गएको र त्यसपछि नवराज सुष्माको घर जाँदा त्यो बेला पनि कुटपिट गरेको उर्मिला बताउँछिन् । सुष्माको भाईले नवराजलाई भिनाजु भन्ने गरेको उर्मिला बताउँछन् । “चैत्र १ गते सुष्माको भाई आएर एक हप्ता बसेपछि मैले सोधेँ बाबु तिमि किन आएको भनेर, भिनाजुले बोलाएर आएको भन्यो” उर्मिला भन्छन् । सोतीबासीले मारेर भेरी नदीमा फालेकामध्ये नवराजसहित पाँच जनाको शव भेटिएको छ, अब एकजनाको शव भेटिन बाँकी छ ।

    उक्त घ’ट’नाबारे नया नया जानकारी बाहिर आइरहेका छन् । तर उक्त घ’ट’नाको अ’नु’स’न्धानलाई सत्ताको बागडोर समालीरहेको सरकारी नेकपाका नेताहरुको मिलोमतोमा कमजोर बनाइने आ’शं’का गरिन थालिएको छ । उक्त क्षेत्रका सांसद जनार्दन शर्माले संसदमा बोल्दै घ’ट’ना’लाई तोडमोड गर्न खोजेपछि आम नागरिकले आशंका व्यक्त गर्न थालेका छन् ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया