• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    पब्लिक न्युज एजेन्सीले ‘अब जनता बोल्छन्’ कार्यक्रम ल्याउदै

    1.8K
    SHARES

    काठमाडाैं । पब्लिक न्युज एजेन्सीले ‘अब जनता बोल्छन्’ नामक कार्यक्रम ल्याउने भएको छ । बिशेष गरी कोरोना महामारीलाई मध्यनजर गर्दै ल्याउन लागिएको उक्त कार्यक्रममा आम जनताले भोग्दै आएका सबै प्रकारका अप्ठ्याराहरुलाई समेत समेट्ने छ । नागरिकले भोग्दै आएका झिना मसिना समस्याहरु सबै मिडियाको पँहुचमा नपुग्ने र आम मिडियाहरुले ठुला बिषयहरु मात्रै समेट्ने गरेको भन्दै पब्लिक न्युज एजेन्सीले यस्तो कार्यक्रम ल्याउन लागेको हो ।

    उक्त कार्यक्रमले जनताका गुनासा, समस्याहरु राज्यसमक्ष पुर्याउने उदेश्य राखेको छ । कोरोना महामारीका क्रममा नागरिकले भोग्दै आएको पिडाबारे पब्लिक न्युजको आधिकारीक फेसबुक पेज https://www.facebook.com/PublicNewsAgency मा म्यासेन्जरबाट अथवा  www.wetransfer.comमा सिधै भिडियो अपलोड गरी लिंक PNA को फेसबुक म्यासेन्जर अथवा +977-981-7643601 मा Viber अथवा Whatsapp मार्फत् पठाउनु सकिनेछ ।

    त्यस्तै नागरिकले आफ्ना कुरालाई @PNANepal मेन्सन गरी र #AbaJanataBolchhan #अबजनताबोल्छन् hashtag को प्रयोग ट्वीटमार्फत पनि राख्न सक्नेछन् । ति जनताका ति आवाजहरुलाई सरकार, सम्बन्धित निकाय तथा स्थानीय सरकारसम्म पब्लिक न्युजले पुर्याउनेछ ।

    हरेक नागरिक पत्रकार भन्ने मान्यताको जगमा रही नागरिकबाट प्राप्त अडियो, भिडियो सामाग्रीहरुको संकलन, पुष्टि तथा प्रशारणको नियमित प्रक्रिया नै “अब जनता बोल्छन्”को कार्यक्रमको नियमित श्रोत सामाग्री हुनेछ । हप्ताको ३ दिन शनिबार, सोमबार तथा शुक्रबार राती ८ बजे कार्यक्रम प्रशारण हुनेछ । कार्यक्रममा नेपालमा संक्रमितहरुको विभिन्न ठाउँको अवस्था तथा केन्द्र लगायत स्थानीय सरकारको गतिविधिको प्रभाव, अभाव सहित जानकारी दिइनेछ ।

    यहाँ प्रशारण भएका सामाग्रीहरुले जुनसुकै मिडीयाले पनि जनताको आवाजको रुपमा प्रयोग गर्न सक्ने समेत पब्लिक न्युज एजेन्सीले जनाएको छ । आम पाठक बर्गले पठाएका आफ्ना भोगाइसहितका र आफुले देखेका भिडियोहरुले लिएर चाँडोभन्दा चाँडो आउन लागेको पीएनएले जनाएको छ ।

    (नोट : पब्लिक न्युज एजेन्सीको बेवसाईट www.publicnewsagency.org फेसबुक पेज https://www.facebook.com/PublicNewsAgency/ र युट्युब च्यानल https://www.youtube.com/channel/UCpSXpz4Io6cmgb6QtZ7uvIQ मा उपलब्ध साम्रागीहरु देश विदेशका जुनसुकै मिडीयाले पनि निःशूल्क प्रयोग गर्न सक्नेछ ।)

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ