• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights

    नेपालले कालापानीबाट तत्काल सेना हटाउन भनेपछि भारतले फर्कायो यस्तो जवाफ, के भारत थर्किएकै हो ?

    14K
    SHARES

    काठमाडौं । भारतले नेपालसँगको सीमा समस्या समाधानका लागि ‘भरोसापूर्ण वातावरण’ भएमात्र वार्ता गर्न सकिने बताएको छ । नेपालका अधिकारीहरुले सीमा वार्ता गर्न भारत तयार नभएको भनिरहेका बेला भारतीय विदेश मन्त्रालयबाट पछिल्लो धारणा सार्वजनिक भएको हो ।

    बिहीबार आयोजित पत्रकार सम्मेलनमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले भारत सबै छिमेकीसँग वार्ता गर्न तयार रहेको बताउँदै त्यसका लागि भरोसापूर्ण वातावरण चाहिने बताएका हुन् । उनले भने, ‘वार्ताका लागि संवेदनशीलता, सम्मान, विश्वास र भरोसापूर्ण वातावरण चाहिन्छ ।’

    हिजाे मात्रै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतलाई कालापानी क्षेत्रबाट सेना हटाएर दुई देश बीचको विवादलाई यथास्थितिमा राख्न आग्रह गरेका थिए । मन्त्री ज्ञवालीले सुगौली सन्धिका अक्षर र भावना दुवैलाई सम्मान गर्न पनि भारतलाई भनेका छन् ।

    भारतीय पत्रिका द हिन्दुसँगको अन्तर्वार्तामा परराष्ट्रमन्त्री ज्ञवालीले भनेका छन्, ‘कालापानीबाट सेना फिर्ता गरी सो भूभाग नेपाललाई फिर्ता गरेको अवस्थामा मात्र सुगौली सन्धिलाई सम्मान गरेको ठहर्छ ।’

    भारतसँगको हार्दिकतापूर्ण सम्बन्ध आफ्नो प्राथमिकतामा रहेको भन्दै उनले वार्ताबाटै समस्या समाधानमा जोड दिएका छन् । मन्त्री ज्ञवालीले भनेका छन्, ‘भारतले नेपाली भूभागमा एकतर्फी रुपमा सडक बनाउनु हुँदैनथ्यो र वार्ताबाटै समस्या समाधान गर्नुपर्ने थियो भन्ने कुरामा पुनः जोड दिन चाहान्छौं ।’

    भारतले गत वैशाख अन्तिम साता नेपाली भूमि लिपुलेक हुँदै तिब्बतको मानसरोवरसम्म जोड्ने बाटो निर्माण गरेपछि नेपाल–भारत सीमा विवाद उत्कर्षमा पुगेको छ । नेपाली भूमि मिचेर सडक बनाइएपछि नेपालमा सरकार र जनस्तरमा भारतको तीव्र विरोध भएको छ ।

    यहीबीच वर्षौंदेखि भारतको कब्जामा रहेका र नेपालको नक्सामा छुटेका लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई समेटेर नेपालले नयाँ नक्सा जारी गरेको छ । सन् १८१६ को सुगौली सन्धिको आधारमा नेपालको भूभाग महाकाली नदीको मुहान लिम्पियाधुरासम्म रहेको भन्दै नेपालले नयाँ नक्सा जारी गरेको हो । सो नयाँ नक्सा नेपालको निशानछापमा अध्यावधिक गर्न संविधान संशोधनको प्रक्रिया अघि बढाइएको छ ।

    बुधबारको संसद बैठकमा संविधान संशोधनको कार्यसूची राखिए पनि अन्तिम समयमा हटाइएको थियो । नेपालको आन्तरिक मामिलामा वर्षौंदेखि हस्तक्षेप गर्दै आएको भारतले संविधान संशोधन रोक्न पनि चलखेल गरेको आशंका नेपालीहरुले गरेका छन् । यद्यपि संसद सचिवालयका अधिकारीहरुले भने प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधन सर्वसम्मत बनाउने पहल गरिरहेको र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले समय मागेकाले संविधान संशोधनको प्रक्रिया केही दिनमात्रै पछि सारिएको बताउँदै आएका छन् ।

    नेपालका यी पछिल्ला घटनाक्रमलाई आफूहरुले नजिकबाट नियालिरहेको भारतीय विदेश मन्त्रालयका प्रवक्ता श्रीवास्तवले बताएका छन् । नेपाल–भारतबीच सदियौं पुरानो ऐतिहासिक सम्बन्ध र साझेदारीको चर्चा गर्दै उनले पत्रकार सम्मेलनमा भने, ‘वार्ताका लागि रचनात्मक र सकारात्मक प्रयास हुनुपर्छ । यो कुरालाई नेपालले विशेष सावधानीपूर्वक हेर्छ भन्ने हामीलाई विश्वास छ ।’

    ‘नेपालसँगको ऐतिहासिक र सांस्कृतिक रूपमा घनिष्ठ सम्बन्धलाई भारतले सधैँ महत्व दिँदै आएको छ,’ उनले भने, ‘भारतको सहयोगमा सुरु गरिएका विकास योजनाले पनि त्यसलाई पुष्टि गर्छ ।’

    कोरोना भाइरस संक्रमणको समयमा पनि अत्यावश्यक वस्तुको आपूर्ति गरे भारतले नेपाललाई सहयोग गरिरहेको पनि उनले बताएका छन् । नेपाल–भारतबीच जारी तनावको बेला भारतीय विदेश मन्त्रालयबाट आएको यो अभिव्यक्तिलाई अर्थपूर्ण मानिएको छ ।

    नेपालको संविधान जारी भएपछि असन्तुष्ट भारतले नाकाबन्दी गरेर नेपालमा अत्यावश्यक वस्तुको आपूर्ति रोकेको थियो । विनासकारी भूकम्पबाट तहसनहस भएको कठिन परिस्थितिमा भारतले गरेको नाकाबन्दीको पनि नेपाल सरकार र नेपाली जनताले डटेर सामना गरेका थिए । नेपालमा मात्र नभइ भारतमै पनि तीव्र विरोध भएपछि भारत नाकाबन्दी फिर्ता लिन बाध्य भएको थियो । नेपाल भूपरिवेष्टित राष्ट्र भएकाले छिमेकी देशले नाकाबन्दी लगाउन अन्तर्राष्ट्रिय कानुनले नमिल्ने जानकारहरु बताउँछन् ।

    भारतीय सञ्‍चारमाध्यमले काल्पनिक र निराधार समाचार प्रकाशित गरेकाे भन्दै बल्ल बाेल्याे नेपाली सेना, विज्ञप्तिसहित
    यस्तै सिमा विवादको बिषयलाई लिएर भारतीयहरुले देखाएको घटिया हर्कतबिरुद्ध नेपाली सेनाको आधिकारिक धारण बाहिरिएको छ ।  केही भारतीय मिडियामा आएका समाचारलाई लिएर नेपाली सेनाले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सैनिक मुख्यालयबाट बिहीबार राति जारी गरिएको विज्ञप्तिमा केही भारतीय सञ्चारमाध्यममा आएका समाचार दुई देशका सेनाबीच सम्बन्धमा खलल पुऱ्याउने खालका भएको बताइएको छ ।

    ‘उक्त भ्रामक समाचार दुई मित्र राष्ट्र तथा विशिष्ट ऐतिहासिक सम्बन्ध भएका दुई सेनाहरुबीचको सम्बन्ध र विश्वासमा नकारात्मक असर पर्‍याउने उद्देश्यबाट प्रेरित देखिन्छ,’ विज्ञप्तिमा उल्लेख गरिएको छ । केही भारतीय मिडियामा भारतका सेनाध्यक्ष एमएम नरवणेले केही समयअघि दिएको वक्तव्यलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानसेनापति पूर्णचन्द्र थापालाई प्रतिक्रिया दिन भनेको तर प्रधानसेनापति थापाले ‘आफूले त्यस विषयमा नबोल्ने’ भनेको सामाचार आएका थिए ।

    ‘राष्ट्रिय एकता थप मजबुत बनाउनु पर्ने वर्तमान परिस्थितिमा नेपालमा विभाजन ल्याउने तथा नेपाली सेनालाई अनावश्यक विवादमा तान्ने कुत्सित मनसायले नेपाली सेनाप्रति लक्षित यस प्रकारको अफवाहहरुमा विश्वास नगर्न आमपाठक तथा स्वाभिमानी नेपाली नागरिकलाई हार्दिक अनुरोध गरिन्छ,’ विज्ञप्तिमार्फत सेनाले भनेको छ ।

    यस्तै, सेनाले यस सम्बन्धमा उपप्रधान तथा रक्षामन्त्री (ईश्वर पोखरेल) बाट समेत धारणा सार्वजनिक भइसकेको जानकारी उल्लेख गर्दै नेपाली सेना नेपालको संविधानअनुरुप नेपाल सरकारबाट प्राप्त वैधानिक निर्णय र निर्देशन पालना गर्न सदैव कटिबद्ध रहेको पनि जानकारी विज्ञप्तिमार्फत दिएको छ ।

    ”मिति २०७७ जेष्ठ १४ गते बुधबार (27 May 2020) www.hindustantimes.com मा शिशिर गुप्ताद्धारा लिखित ‘In huge setback to PM Oli, Nepal’s new political map hits a roadblock ‘शिर्षक तथा मिति २०७७ जेष्ठ १५ गते विहिवार (28 May 2020) tfipost.comमा AkshayNarang द्धारा लिखित ‘Oli ordered Nepal Chief of Army to rebut Indian Army Chief’s remarks, the Nepalese General said ‘No thanks’ शिर्षकमा प्रकाशित भ्रामक, दुरासयपूर्ण, काल्पनिक तथा निराधार समाचारप्रति नेपाली सेनाको गम्भीर ध्यानाकर्षण भएको छ ।

    २. उक्त भ्रामक समाचार दुई मित्रराष्ट्र तथा विशिष्ट ऐतिहासिक सम्बन्ध भएका दुई सेनाहरुबीचको सम्बन्ध र विश्वासमा नकारात्मक असर पुर्‍याउने उद्देश्यबाट प्रेरित देखिन्छ ।

    ३. राष्ट्रिय एकता थप मजबुत बनाउनु पर्ने वर्तमान परिस्थितिमा नेपालमा विभाजन ल्याउने तथा नेपाली सेनालाई अनावश्यक विवादमा तान्ने कुत्सित मनसायले नेपाली सेनाप्रति लक्षित यस प्रकारको अफवाहहरुमा विश्वास नगर्न आमपाठक तथा स्वाभिमानी नेपाली नागरीकलाई हार्दिक अनुरोध गरिन्छ। यस सम्बन्धमा माननीय उपप्रधान तथा रक्षामन्त्रीज्यूबाट समेत धारणा सार्वजनिक भईसकेको जानकारी गराउँदै नेपाली सेना नेपालको संविधानअनुरुप नेपाल सरकारबाट प्राप्त बैधानिक निर्णय र निर्देशन पालना गर्न सदैव कटिवद्ध रहेको जानकारी पनि गराउन चाहन्छौँ ।

    ४. साथै आगामी दिनहरुमा समेत विभिन्न माध्यमबाट नेपाल, नेपाली नागरिक र नेपाली सेनासम्वन्धी यस प्रकारका अफवाहहरु फैलाउन प्रयासहरु हुन सक्ने भएकोले सचेत र सजग रहन नेपाली सेना अनुरोध गर्दछ ।”

    यस्तै यता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सीमामा जारी तनावको विषयलाई लिएर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मुड ठीक नभएको टिप्पणी गरेका छन् । उनले भारत र चीनको सीमा विवाद समाधानका लागि मध्यस्थता गर्न अमेरिका तयार रहेको पुनः दोहोर्याएका पनि छन् ।

    भारत र चीनबीच लद्दाख क्षेत्रमा सीमा विवाद भइरहेको बेला ट्रम्पको यो पछिल्लो अभिव्यक्ति आएको हो । बिहीबार ओभलमा पत्रकारहरुसँग कुरा गर्दै उनले भने, ‘म केही सहयोग गर्न सक्छु भने मध्यस्थता गरिदिन तयार छु ।’

    एक भारतीय पत्रकारको प्रश्नको जवाफमा ट्रम्पले भने, ‘मैले मोदीसँग कुराकानी गरेको थिएँ । दुई देशबीचको तनावलाई लिएर भारत खुसी छैन । शायद चीन पनि खुसी छैन होला । चीनसँग जे भइरहेको छ, त्यसबाट मोदीको मुड ठीक छैन ।’

    गत बुधबार राष्ट्रपति ट्रम्पले ट्वीट गरेर दुवै देशबीच सीमामा जारी तनाव समाधानका लागि मध्यस्थता गर्न अमेरिका तयार रहेको बताएका थिए । उनले लेखेका थिए, ‘उनीहरुलाई यदि यसबाट सहयोग मिल्छ भन्ने लाग्छ भने म यो काम गर्न सक्छु ।’

    ट्रम्पको मध्यस्थताको प्रस्तावबारे चिनियाँ विदेश मन्त्रालयको औपचारिक प्रतिक्रिया आइसकेको छैन । तर, चीनको सरकारी पत्रिका ग्लोबल टाइम्सका अनुसार चीनलाई मध्यस्थताको आवश्यकता छैन ।

    भारतले ट्रम्पको मध्यस्थताको प्रस्तावमा कूटनीतिक जवाफ दिएको छ । बिहीबार भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले सीमा जारी तनावको शान्तिपूर्ण समाधानका लागि चीनसँग कुराकानी भइरहेको बताएका छन् । उनले भनेका छन्, ‘हामी शान्तिपूर्ण समाधानका लागि चीनसँग सम्पर्कमा छौं ।’

    भारत र चीनबीच विवाद किन ?
    भारत र चीनबीच चीनमा अवस्थित गलवान उपत्यका नजिक तनाव भइरहन्छ । यो उपत्यका चीनको दक्षिण शियान्जिङ र भारतको लद्दाखसम्म फैलिएको छ । गलवान उपत्यकाको लद्दाख र अक्साई चीनबीच भारत–चीन सीमा नजिक पर्दछ । यहाँको वास्तविक नियन्त्रण रेखा (एलएसी)ले चीन र भारतलाई छुट्टाउँछ ।

    पछिल्लो पटक भारतले गलवान उपत्यका घाटीको किनारमा चिनियाँ सेना टेन्ट लगाएर बसेको आरोप लगायो । भारतले पनि आफ्ना सुरक्षाकर्मीको तैनाथी बढायो । भारतले गलवान उपत्यका नजिक सुरक्षासम्बन्धी ठूलो भौतिक संरचना गैरकानुनीय रुपले बनाएको भन्दै चीनले विरोध गर्दै आएको छ ।

    पछिल्लो समय उत्तरी सिक्कमको नाथुला क्षेत्रमा भारत र चीनका सेनाबीच झडपसमेत भएको थियो । त्यतिबेला लद्दाखमा सीमा रेखा नजिक चिनियाँ सेनाका हेलिकप्टर देखिएको भारतीय पक्षको भनाइ छ । त्यसपछि भारतले आफ्ना वायु सेना र लडाकु विमानमार्फत् हवाई गस्ती सुरु गरेको थियो ।भारत र चीनबीच जारी तनावलाई अन्त्य गर्न पटक पटक डिभिजनस्तरमा वार्ता भइरहे पनि विफल हुँदै आएको छ ।

    सीमा क्षेत्रमा चीनले आफ्ना सैनिक तैनाथ गर्दा पनि विरोध गर्ने भारतले नेपालको पश्चिमी भूभाग लिम्पियाधुरा, कालापानी र लिपुलेकलगायतका भूभाग भने वर्षौंदेखि गैरकानुनी रुपले कब्जा गरेर सेना राखेको छ ।

    पछिल्लो समय भारतले नेपाली भूमिलाई मिचेर लिपुलेक हुँदै मानसरोवरसम्म पुग्ने बाटो निर्माण गरेको छ । भारतको यो हेपाहा प्रवृत्तिको नेपालमा तीव्र विरोध भइरहेको छ भने नेपाल सरकारले नेपाली भूमिबाट सैनिक तत्काल हटाउन भारतलाई आग्रह गर्दै आएको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ