• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Corona Update समाचार

    एकैदिन १५६ जनामा कोरोना संक्रमण पुष्टी, संक्रमितको संख्या १०४२ पुग्यो

    1.7K
    SHARES

    काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप १५६ जनामा कोरोना भाइरस (कोभिडङ–१९) को संक्रमण पुष्टि भएको  छ । यससंगै नेपालमा कोरोना संक्रमितको संख्या १००० नाघेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।  नेपालमा कुल संक्रमितको संख्या १ हजार ४२ पुगेको छ ।

    नेपालमा पहिलो पटक माघ १० मा चीनबाट आएका नेपाली विद्यार्थीमा कोरोना पुष्टि भएको थियो । पछिल्लो समय कोरोना संक्रमण न्यूनीकरणका लागि लकडाउन गरिएपनि संक्रमित भने थपिने क्रम तीव्र बनेको छ।

    यस्तै नेपालमा पाँचौ कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले नेपालमा पाँचौ कोरोना संक्रमितको मृत्यु भएको पुष्टि गरे ।

    डा देवकोटाका अनुसार ललितपुर महानगरपालिका बुङग्मतीका २२ का ६५ वर्षीया पुरुषको मृत्यु भएको हे । उनी जेठ ११ गते ललितपुरको किष्ट मेडिकल कलेजको अस्पतालमा भर्ना भएका थिए ।

    उनको कलेजको सम्बन्धी रोग भएको र आइसियुमा उपचार भएको प्रवक्ता डा देवकोटाले बताए । उनको जेठ १२ गते कोरोना परीक्षणको लागि नमूना संकलनगरी कोरोना परीक्षण गरिएको थियो । उनको हिजो (बुधबार) मृत्यु भएको डाक्टर देवकोटाले बताए ।

    त्यस्तै कोरोना भाइरसको महामारीबाट विश्वभर ५७ लाख ८४ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा १ लाख ६ हजार ४७३ नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या ५७ लाख ८४ हजार ६०१ पुगेको छ । यस्तै एकैदिन अरू ५ हजार २८३ जनाको मृत्यु हुँदा ज्यान गुमाउनेको संख्या ३ लाख ५६ हजार ९३७ पुगेको छ ।

    विश्वका २१३ मुलुक र २ वटा पानीजहाजमा फैलिएको कोरोना भाइरसबाट संक्रमितमध्ये २४ लाख ९४ हजार ९५२ जना संक्रमण मुक्त भएका छन् । २९ लाख ३२ हजार ७१२ जनाको उपचार भइरहेको छ । उपचारारतमध्ये ५२ हजार ९७३ जनाको अवस्था गम्भीर छ ।

    विहिबार बिहान ६ बजेसम्म कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा १ लाख ७० हजार ६३१ जनाको मृत्यु भएको छ । १९ लाख ५० हजार ८३ जना संक्रमित भएकोमा ९ लाख ३१ हजार ५६१ जना संक्रमणमुक्त भएका छन् ।

    उत्तर अमेरिकी मुलुकहरुमा १ लाख १८ हजार ३४६ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या १९ लाख ५२ हजार ६२४ पुगेको छ । त्यसमध्ये ६ लाख १० हजार ३२३ जना संक्रमणमुक्त भएका छन् । यस्तै एसियाली मुलुकहरुमा २८ हजार ६८१ जनाको मृत्यु भएको छ । १० लाख २६ हजार १५५ जना संक्रमित भएकोमा ६ लाख ४ हजार १६४ जना संक्रमणमुक्त भएका छन् ।

    दक्षिण अमेरिकी मुलुकहरुमा ३५ हजार ४३० जनाको मृत्यु भएको छ । ७ लाख १९ हजार ६३३ जना संक्रमित भएकोमा २ लाख ८७ हजार ५०१ जना संक्रमणमुक्त भएका छन् । अफ्रिकी मुलुकहरुमा ३ हजार ७१० जनाको ज्यान गएको छ भने १ लाख २६ हजार ६३८ जना संक्रमित छन् । संक्रमितमध्ये ५२ हजार ६२३ जना संक्रमणमुक्त भएका छन् ।

    त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १२४ जनाको मृत्यु भएको छ । ८ हजार ७४७ जना संक्रमित भएकोमा ८ हजार १२९ जना संक्रमणमुक्त भएका छन् । कोरोना भाइरसको महामारीले अमेरिकामा १ लाख २ हजार १०७ जनाको मृत्यु भएको छ । संक्रमित १७ लाख ४५ हजार ८०१ जनामध्ये ४ लाख ९० हजार १२६ जना संक्रमणमुक्त भएका छन् ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया