• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    पत्रपत्रिका

    रुकुम घ’ट’नामा भागेर बाच्न सफल घाइते युवाले बल्ल दिए यस्तो आखै रसाउने बयान

    13.3K
    SHARES

    जाजरकोट । भेरी नगरपालिका–४ रानागाउँका नवराज विकले चार–पाँच दिनअघि नै आफ्ना मन मिल्ने साथीहरुलाई भनेका थिए, ‘१० गते केटी भगाउने हो, साथ दिनुपर्छ है  नवराजकै अगुवाइमा १८ जना युवाको टोली शनिबार दिउँसो १२ बजे रुकुम पश्चिमको चौरजहारी नगरपालिका–१ सोतीतर्फ हिँड्यो, जहाँ नवराजकी प्रेमिका थिइन् ।

    टोलीका एक सदस्य सुदीप खड्काका अनुसार पैदल हिँडेको समूह साँझ करिब ५ बजे सोती पुगेको थियो । ‘दुई घण्टामै पुगिने बाटो भए पनि केटीले ५ बजे आउनु भनेकी हुनाले २–३ घण्टा बाटोमै अल्मलियौं,’ उनले भने, ‘नवराजले बाटोबाटै केटीसँग ‘टाइम–टाइम’ मा फोन सम्पर्क पनि गरिरहेका थिए ।’

    नवराजको टोली साँझ करिब ५ बजेतिर केटीको घरभन्दा करिब ३० मिटर टाढाको दुरीमा पुग्यो । खड्काका अनुसार उनको परिवारका सदस्यले युवाहरु गाउँमा आएको थाहा पाइसकेका रहेछन् । केटीकी आमा प्रकाशी मल्लले ‘यो डु’म किन आयो, अस्तिको चोटले पुगेनछ’ भन्दै गा’ली’ग’लौ’ज गर्न थालिन् । ‘ठूल्ठूलो स्वरमा गाली गर्न थालेपछि हामीहरु केही नबोली तलतिर फर्कियौं,’ खड्काले भने, ‘नवराजलाई पनि अब केटी लिन सकिँदैन, घर फर्किऔं भनेर मनायौं ।’ टोलीले करिब १० मिनेट टाढाको नाउला भन्ने ठाउँमा पुगेर एउटा घरमा पानी मागेर पिउन थाल्यो ।

    खड्काका अनुसार त्यहाँ रहेका अपरिचित व्यक्तिले ‘बाबुहरु बस्नुस्, काफल खानुहोस्’ भनेर अलमल्याए । यो व्यबहार ष’ड्यन्त्र हुनसक्ने आकलनसहित टोली हतारहतार मध्यपहाडी लोकमार्गतिर लाग्यो । तर, पाँच मिनेटमै एक्कासी ५०/६० जनाको समूह आएर ढुंगामुढा गर्न थाल्यो । ‘हामीहरु जीउ जोगाउन भाग्दाभाग्दै गाउँलेले चारैतिरबाट घेरा हालेर ढुं’गा, हँ’सिया र चि’र’पटले हान्न थाले,’ उनले कहालीलाग्लो क्षण सम्झिँदै भने, ‘हामीहरु ज्यान जोगाउन भागाभाग गर्न थाल्यौं ।’

    युवाको समूहले नवराजलाई नचिनिने गरी लगेको थियो । तर, आ’क्र’मणको तारो उनै बने । सोती गाउँदेखि आधा घण्टा टाढाको भेरी नदीसम्म लखेटेर नवराजको ह’त्या गरिएको अर्का युवा इन्द्रजंग शाहले बताए । उनका अनुसार गाउँलेले युवाको समूहलाई भेरी किनारतर्फ बाहेक अन्यत्र जान नपाउने गरी घेरा हालेका थिए । ‘हामीलाई बचाउनुस्, माफ पाऊँ भनेर हात जोड्दासमेत छोडेनन्,’ उनले भने, ‘भूईँमा लडाएर अन्धाधुन्द कु’ट्न थाले ।’ त्यसपछि को साथी नदीमा हाम फाले र को साथी पुल तरे भन्ने याद पनि नभएको उनले बताए ।

    ज्यान जोगाउन भेरीमा हाम फालेकालाई पनि नदीमै पुगेर ढुं’गा, हँ’सिया र चि’र’पटले प्र’हार गरेका उनको भनाइ छ । अर्का युवा सरोज भँडेलले पनि कु’टपि’टबाट बच्न भेरीमा हाम फालेको बताए । नदी पार गरेपछि युवाहरुले थप कु’टपि’ट गरेपछि प्रहरीले प’क्राउ गरेर लिएको उनले बताए ।

    घटना भइरहँदा करिब ६ बजेतिर प्रहरीको टोली पनि पुगेको थियो । तर, ‘बचाऊ बचाऊ’ भन्दै गुहार्दा पनि वास्ता नगरेका पीडित युवाले बताए । प्रहरीले सिटी बजाउँदै मान्छेलाई धपाएजस्तो गरेको खड्काले बताए । उनले यस्तो अवस्थामा ‘म’रे पनि मरिन्छ’ भन्दै नदीमा हाम फालेको बताए । उनी पौडी खेलेर वारि (जाजरकोट) पट्टि पुगे पनि आ’क्रम’णबाट बचेनन् । ‘गाउँका केटाहरुले यतै आएर कु’ट’पिट गरे,’ उनले भने, ‘त्यसपछि प्रहरी आएर मलाई लगेर गयो ।’ चौरजहारी अस्पतालमा दुई दिन उपचार गरेपछि सोमबार घर फर्किएको उनले बताए ।

    यतिविघ्न भइसक्दा साँझको करिब ६ बजेको थियो । ज्यान जोगाएका १२ जना युवालाई गाउँलेको सहयोगमा प्रहरीले नियन्त्रणमा लियो । टोलीमा सहभागी युवा शाह अन्य ६ जनालाई गाउँलेले कु’ट’पिट गर्दै गम्भीर घाइते बनाएर भेरीमा धकेलेको बताउँछन् । ‘बेहोस हुने गरी कु’टिएपछि साथीहरुले नदीमा पौडी खेल्न सक्ने कुरा पनि भएन,’ उनले भने, ‘त्यसपछि उनीहरुको हालत के भयो भन्ने त सबैले अनुमान लगाउन सक्छ ।’

    भेरीमा बेपत्ता भएका ६ जनामध्ये ३ जनाको शव नदी किनारमा भेटिएको छ । भेरी नगरपालिका–४ का नवराजसहित सोही ठाउँका गणेश बुढा र पश्चिम रुकुमको चौरजहारी नगरपालिका–१ का टीकाराम सुनारको श’ब फेला परेको प्रहरीले जनाएको छ । अन्य तीनजनाको खोजी कार्य जारी रहेको जाजरकोटका प्रहरी प्रमुख डीएसपी किशोरकुमार श्रेष्ठले बताए । उनका अनुसार बेपत्ता हुनेमा भेरी नगरपालिका–११ का लोकेन्द्र सुनार, गोविन्द शाही र वडा नं. ४ का सन्दीप विक रहेका छन् ।

    घटनामा संलग्न भएको भन्दै जाजरकोट जिल्ला प्रहरी कार्यालयमा १२ जनाविरुद्ध किटानी जाहेरी दर्ता भएको छ । १७ वर्षीया केटी, उनका बुवा वीरबहादुर मल्ल, आमा प्रकाशी मल्ल, चौरजहारी नगरपालिका–८ का वडाध्यक्ष डम्बरबहादुर मल्ल र सोही गाउँका डिल्ली मल्ल, सन्तोष मल्ल, तुलबहादुर मल्ल, मानबहादुर मल्ल, रमेश मल्ललगायत १२ जनाविरुद्ध किटानी जहोरी दर्ता भएको जाजरकोटका डीएसपी किशोरकुमार श्रेष्ठले बताए । घटनामा संग्लग्न सबैलाई पश्चिम रुकुम प्रहरीले नियन्त्रणमा लिइसकेको उनको भनाइ छ ।

    ‘पीडित परिवारका सदस्यले घटनाको अनुसन्धान जाजरकोट प्रहरीले गर्नुपर्ने र यहिँको अदालतमा मुद्दा दायर गर्नुपर्ने माग गरेर शबको पोष्टमार्टम गर्न मानेका छैनन्,’ उनले भने, ‘तर घटना रुकुम पश्चिममा भएकोले के गर्ने भन्नेबारे हामीले छलफल गरिरहेका छौं ।’

    सर्बत्र चासोको बिषय बनेको रुकुम पश्चिम घटनाका घाइतेहरुको बयान आउने क्रम सुरु भएका बेला यस बिषयमा कान्तिपुरका लागि भीमबहादुर सिंहले घाइतेसंग गर्नुभएको कुराकानीमा यस्तो र’हस्य खुलेको हाे ।

    यसैबीच ज्यान गुमाएका पाँचै जना युवाको पोस्टमार्टम रिपोर्ट आएको छ । भेरी नगरपालिका–४, जाजरकोटका युवाको समूह किशोरीलाई लिन रुकुमको चौरजहारी नगरपालिका–८, सोतीमा पुगेका बेला भएको घटनापछि भेटिएका ५ वटा शवको पेटमा पानी नभेटिएको पोस्टमार्टम रिपोर्टबाट खुलेको छ । जाजरकोट अस्पतालमा गरिएको पोस्टमार्टममा कुटपिटपछि मृत्यु भएको देखिएको चिकित्सकको भनाइ छ । मृतक पाँचै जनाको टाउको, अनुहारलगायत अंगमा चोट देखिएको पोस्टमार्टममा संलग्न एक चिकित्सकले बताए ।

    ‘टाउको, हात, खुट्टा, छाती र पिठ्यूँमा कडा प्रहारका कारण चोटपटक लागेको देखिन्छ,’ ती चिकित्सकले भने, ‘नदीमा बगे पनि पेटमा पानी भरिएको देखिएन ।’ पेटमा पानी नहुँदा नदीमा बगेको भन्न सकिने अवस्था पनि कम रहेको उनले बताए । ‘भेरीमा शव भेटिए पनि मृतकले पानी खाएको हुनुपर्नेमा पेटमा पानी नदेखिँदा घटना थप जटिल र शंकास्पद बनेको छ,’ उनले भने । अस्पतालले मृतकको शरीरबाट लिइएको नमुना भिसेरा परीक्षणका लागि काठमाडौंस्थित विधि विज्ञान प्रयोगशाला पठाएको छ ।

    सोतीमा शनिबार भएको घटनाका सम्बन्धमा गृह मन्त्रालयले गठन गरेको उच्चस्तरीय छानबिन समितिले शुक्रबार काम थालेको छ । सहसचिव जितेन्द्र बस्नेत नेतृत्वको टोलीले शुक्रबार सन्दीप विकको शव हेरेको थियो । टोलीले परिवारका सदस्यलाई भेटेर सोधपुछसमेत गरेको थियो ।

    जाजरकोटका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले टोलीले घटनास्थल पुगेर थप अनुसन्धान गर्ने जानकारी दिए । गृह मन्त्रालयले सहसचिव बस्नेतको नेतृत्वमा नेपाल प्रहरीका एसएसपी जनक भट्टराई, राष्ट्रिय अनुसन्धान विभागका सहअनुसन्धान निर्देशक ओमबहादुर खड्का, उपसचिव वशिष्ट घिमिरे र उपसचिव माधव ढकाल सम्मिलित समितिलाई छानबिनको जिम्मा दिएको छ ।

    स्थानीय दलित अधिकारकर्मीले जाजरकोट पुगेको छानबिन समितिलाई निष्पक्ष छानबिनको मागसहित ६ बुँदे ज्ञापनपत्र बुझाएका छन् । यसअघि, कर्णाली प्रदेशसभाका सदस्यहरू रातो कामी, झुपा विक, सीता नेपालीलगायतले टोलीका सदस्यलाई भेटी जाजरकोट पुगेर घटनाको निष्पक्ष छानबिन गर्न तथा दोषीमाथि हदैसम्म कारबाही गर्न माग गरेका थिए । समितिका संयोजक बस्नेतले सरकारले दिएको म्यान्डेटअनुसार निष्पक्ष छानबिन गर्ने स्पष्ट पारेका थिए । ‘घटना तोडमोड हुँदैन, तपाईंहरू ढुक्क हुनुहोस्,’ उनले भने, ‘सत्यतथ्य बाहिर आउँछ ।’

    पीडित परिवारले भने घटनालाई तोडमोड गर्ने प्रयास भएको आरोप लगाएका छन् । रुकुममा केही स्थानीय र जनप्रतिनिधिले घटना तोडमोड गरी दोषीलाई उम्काउने प्रयास गरेको उनीहरूको भनाइ छ । ‘घटनामा वडाध्यक्ष डम्बरबहादुर मल्ल प्रमुख दोषी हुन्, उनकै संलग्नतामा यो सबै भएको छ,’ नवराजका बुबा मुनिलालले भने, ‘तर अहिले नेताहरूले अपराधीलाई बचाउने गरी वक्तव्य दिने गरेका छन् ।’ कुटेर मा’रेपछि भेरीमा फालेको थाहा हुँदाहुँदै केटाहरूले आफै भेरीमा हाम फालेको अफवाह फैलाएर दोषीलाई बचाउने प्रयास गरिएको उनले दाबी गरे ।

    यसैबीच, रुकुम पश्चिमका प्रतिनिधिसभा सदस्य जनार्दन शर्मा र नेकपा रुकुम पश्चिम जिल्ला कमिटीले छुट्टाछुट्टै विज्ञप्ति निकाली दोषीमाथि कडा कारबाहीको माग गरेका छन् । शर्माले बुधबार निकालेको विज्ञप्तिमा आफू जहिले पनि उत्पीडित जनताका लागि लडेको स्मरण गर्दै उक्त घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । नेकपा रुकुम पश्चिमले घटनाको निष्पक्ष छानबिन र दोषीलाई कारबाही गराउने प्रक्रियामा पार्टीले सहयोग गर्ने जनाएको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालानामा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार र समाचार सामाग्रीहरुको केन्द्र’ बन्ने यात्रामा अगाडि बढिरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ