• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Corona Update समाचार

    थप ६ जनामा कोरोना संक्रमण पु्ष्टि, कहाँबाट आएका थिए उनिहरु ?

    1.9K
    SHARES

    बागलुङ । नेपालमा थप ६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । बागलुङका ६ जनामा कोरोना संक्रमण देखिएको। गण्डकी प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा उनीहरुमा कोरोना संक्रमण देखिएको हो । संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य छ । संक्रमित ६ जना नै भारतबाट आएको खुलेको छ ।

    तमानखोला गाउँपालिकाको अर्को विद्यालयको क्वारेन्टाइनमा बसेका ४ जना र बडीगाड गाउँपालिकाको एक विद्यालयको क्वारेन्टाइनमा रहेका २ जनामा कोरोना संक्रमण देखिएको हो । संक्रमितलाई धौलागिरी अञ्चल अस्पतालमा उपचारका लागि ल्याउने तयारी भइरहेको छ । बागलुङमा करीब ४ सयजना भारतबाट आएर क्वारेन्टाइनमा बसेको बताइएको छ ।

    यस्तै कोरोना भाइरसको महामारीबाट विश्वभर ५६ लाख ७८ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा ९४ हजार २२४ नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या ५६ लाख ७८ हजार २७१ पुगेको छ ।

    यस्तै एकैदिन अरू ४ हजार २५ जनाको मृत्यु हुँदा ज्यान गुमाउनेको संख्या ३ लाख ५१ हजार ६३८ पुगेको छ । विश्वका २१३ मुलुक र २ वटा पानीजहाजमा फैलिएको कोरोना भाइरसबाट संक्रमितमध्ये २४ लाख २६ हजार ४०० जना संक्रमण मुक्त भएका छन् । २९ लाख २०२ जनाको उपचार भइरहेको छ । उपचारारतमध्ये ५३ हजार ९५ जनाको अवस्था गम्भीर छ ।

    वुधबार बिहान ५:३० बजेसम्म कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा १ लाख ६९ हजार ६०१ जनाको मृत्यु भएको छ । १९ लाख ३४ हजार ८१ जना संक्रमित भएकोमा ९ लाख १२ हजार ५५८ जना संक्रमणमुक्त भएका छन् । उत्तर अमेरिकी मुलुकहरुमा १ लाख १६ हजार १३६ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या १९ लाख २६ हजार ४९२ पुगेको छ । त्यसमध्ये ५ लाख ९३ हजार ८२७ जना संक्रमणमुक्त भएका छन् ।

    यस्तै एसियाली मुलुकहरुमा २८ हजार २२० जनाको मृत्यु भएको छ । १० लाख २ हजार ९१८ जना संक्रमित भएकोमा ५ लाख ८९ हजार ३९ जना संक्रमणमुक्त भएका छन् ।दक्षिण अमेरिकी मुलुकहरुमा ३३ हजार ९३० जनाको मृत्यु भएको छ । ६ लाख ८३ हजार ७४२ जना संक्रमित भएकोमा २ लाख ७२ हजार २९४ जना संक्रमणमुक्त भएका छन् ।

    अफ्रिकी मुलुकहरुमा ३ हजार ६१३ जनाको ज्यान गएको छ भने १ लाख २१ हजार ५४७ जना संक्रमित छन् । संक्रमितमध्ये ४९ हजार ९०२ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १२३ जनाको मृत्यु भएको छ । ८ हजार ७४१ जना संक्रमित भएकोमा ८ हजार ११५ जना संक्रमणमुक्त भएका छन् ।

    कोरोना भाइरसको महामारीले अमेरिकामा १ लाख ५४५ जनाको मृत्यु भएको छ । संक्रमित १७ लाख २५ हजार ४०० जनामध्ये ४ लाख ७८ हजार २३७ जना संक्रमणमुक्त भएका छन् ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया