• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    खानपिन जीवनशैली

    नियमित रुपमा भुईंकटर खाने गर्नुस, जस्ले गर्छ यति धेरै फाइदाहरु

    3K
    SHARES

    मानवीय पौष्टीक आवश्यकताका लागी फलफुल पनि अत्यावश्यक पर्दछ। फलफुलबाट मानवीय शरिरलाई चाहीने भरपुर भिटामीन पाईन्छ। सोहि फलफुल मध्ये बजारमा पाईने भिटामिन सीले भरपूर भुईंकटहरका बारेमा जानकारी गराउन गईरहेका छौं।

    यसलाई सलाद तथा जुसको रुपमा हामी प्रयोग गनै सक्छौं। बिशेषगरि पारेपछि खाने भुईंकटहरमा चिल्लो पदार्थ एकदमै कम मात्रमा हुन्छ । आज हामी तपाईहरुलाई सोहि भुईकटरका फाईदाहरुका बारेमा जानकारी गराउन गईरहेका छौं।

    १. हड्ही मजबूत बनाउँछ: यसमा प्रशस्तमा म्याग्नेसियम पाइने हुनाले शरीरको हड्ही मजबूत बनाउनुका साथै उर्जा दिन्छ । दिनमा एक कप भुईकटहरको जुस पिउँदा दिनभर शरीरलाई आवश्यक म्याग्नेसियमको ७३ प्रतिशत मात्रा पूर्ति गर्छ ।

    २. डिप्रेसन कम गर्छ: यसमा पोटासियम र सोडियम पनि पाइन्छ, जसले हाइपरटेन्सनलाई पनि कम गर्छ। डिप्रेसनको समस्या भएका मानिसले भुईंकटहरको जुस नियमित पिउनाले फाइदा मिल्छ।

    ३. सूजन हटाउछ: यसमा पाईने मिनरल्स, भिटामिन बी, सी, के, फोलेट, कार्बोहाइड्रेट, चिल्लो, क्याल्सियम, फोस्फोरस तथा स्वस्थकर इन्जाइमका कारण भुईंकटहरको जुस पिउनाले सूजनमा पनि कमी आउछ । भने यसमा पाइने ब्रोमिलेनले शरीर सुन्निने समस्या कम गर्छ।

    ४. रोग प्रतिरोधक क्षमता बढाउँछ: यसमा पाईने भिटामिन सी तथा बी र सेलेनियमका कारण शरीरको रोग प्रतिरोधक क्षमतालाई बढाउँछ। जसले रोग लाग्न कम हुन्छ ।

    ५. आँखाका लागि फाइदाजनक: भुईंकटहरमा पाईने भिटामीनको कारण आँखालाई फाइदा हुन्छ। त्यसैले आँखा स्वास्थ्य रहनको लागी भुईकटर खानु पर्छ। भुईंकटहरमा पाइने एन्टीअक्सिडेन्टले क्यान्सरको खतरालाई पनि कम गर्छ।

    ६. तौल कम गर्छ: नियमित रुपमा भुईंकटहरको सेवन र शारीरिक व्यायामले मानिसको शारीरिको तौल कम गर्छ। जुसको भन्दा पनि यसको फल खानाले फाइबर पनि प्राप्त हुन्छ। यसले क्यालोरी कम गर्छ र खाना पचाउन मद्धत गर्छ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ