• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    मनोरञ्जन समाचार

    भारतीय फ्यानलाई कसरि फेस गर्ने ? बर्षालाई लक्षित गर्दै नायिका निता ढुंगानाको कडा जवाफ, के-के भनिन ?

    1.1K
    SHARES

    काठमाडौँ । आइतबार बिहानैदेखि दिनभरी सामाजिक सञ्जालमा एउटा विषयले निकै चर्चा पायो जुन थियो भारतीय अतिक्रमणबिरुद्ध सिङ्गो देश एक भएका बेला बर्षा राउतले दिएको निक्कै नै बिबादित अभिव्यक्ति । उनले कालापानी, लिपुलेक र लिम्पियाधुराको विषयमा भारतसंग नेपालले टक्कर लिँदा आफुलाई अप्ठायारो भएको र देशका पत्रकारहरुले यसलाइ झगडा बनाउदा मैले मेरा भारतीय साथीहरुसंग कसरी फेस् गर्ने र भारतीय मेरा साथीले मसंग कसरी फेस् गर्ने ? भन्दै प्रतिक्रिया दिएपछि सामाजिक सञ्जालमा व्यापक बिरोध भयो।

    यति मात्र हैन बर्षालाई सामाजिक सञ्जालबाटै बहिष्कार गर्ने अभियान समेत चलाउनु पर्ने भन्दै युवावर्गले सामाजिक सञ्जालका बिभिन्न माध्यमबाट आक्रोश पोखिरहेका छन् भने, कतिले त बर्षालाई टिकटके कलाकारको संज्ञा समेत दिन भ्याएका छन् । सामाजिक सञ्जालमा चौतर्फी चर्को आलोचना भएको २४ घण्टा नबित्दै सार्बजनिक रुपमा माफी मागे पनि राष्ट्रियताकाे विषयलाई मजाक सम्झेको भन्दै समर्थकहरु झनै भड्किएका छन् ।

    नेपाल र भारतबीचको सिमा बिबाद उत्कर्षमा पुगेका बेला बर्षाको बिबादित अभिव्यक्तिले सामाजिक सञ्जालमा छुट्टै तरंग छाएका बेला यता नायिका निता ढुंगानाले बर्षालाई लक्षित गर्दै नायिका नीता ढुंगानाले अहिले देशमा विभिन्न खालको समस्या उत्पन्न भइरहेको बताएकी छिन् । सामाजिक सञ्जाल फेसबुकमा करिब ४७ मिनेट आफ्नो भनाइ राख्ने क्रममा उनले सबैभन्दा पहिले मानिसले आफ्नो राष्ट्रियताको विषयमा सोच्नुपर्ने बताएकी छिन् ।

    नीताले भनेकी छिन्- ‘सबैभन्दा पहिले मैले राष्ट्रियतालाई राख्नुपर्छ । अनि मात्र परिवार, साथीभाइ आउँछन् । तर, पहिलो प्राथमिकतामा राष्ट्रियतालाई राख्नुपर्छ । राष्ट्रलाई समस्या परेको बेलामा सो बारे हामीले अवलोकन गर्नु जरुरी छ ।’ उनले, प्रधानमन्त्री केपी शर्मा ओलीले व्यक्त गरेको आत्मविश्वासलाई सलाम गर्न चाहेको पनि बताएकी छिन् । प्रधानमन्त्रीले बोलिसकेपछि आफूहरूले पनि बोल्न सजिलो भएको उनको तर्क छ ।

    नीता भन्छिन्–‘आफ्नो भूमि भएकै कारणले नेपालले निडर भएर दाबी गर्न सकेको छ । आफ्ना भूमि फिर्ता ल्याउन हामी सबै लाग्नुपर्छ ।’ नीताले यो समयमा दल विभाजित भएर झगडा गर्नुभन्दा पनि एकजुट भएर देशको लागि लड्नुपर्ने बताएकी छिन् ।

    हिन्दी भाषामा समेत आफ्नो भनाइ राख्ने क्रममा नीताले नेपालको भूमिको विषयमा बुझेर मात्र बोल्न भारतीय मिडियालाई चेतावनी दिएकी छिन् । मनिषा कोइरालाको एउटा ट्विटले नै भारत हल्लिएको भन्दै नीताले नेपालको विषयमा भारतीय मिडियाले बोलेको कुरा आफूहरूले सहन नसक्ने पनि बताएकी छिन् ।

    त्यस्तै अर्की नेपाली कलाकार रिमा विश्वकर्मा घुमाउरो शैलीमा राउतको नामै नलेखि उनको बचाउ गरेकी छिन । “जिरो टोलरेन्स” नामक गुप्रमा स्टाटस लेख्दै उनले राउतकाे बचाउ गरेकी हुन् ।

    ‘हैन, कस्तो समाजमा हुर्किदै छौं हामी !! कति बेला कसले के गल्ती गर्छ र उसमाथि खनिउ भनेर बसे जस्तो । आफ्नाले आफ्नालाई चाँही जेभन्दा पनि हुने अनि अर्काले भन्दा चाँही राष्ट्रवादी अपमानको नारा लगाउने ? स्मरण रहोस हामी मानव हौं । यहाँ कोहि पनि पुर्ण र दक्ष छैन ।’ उनले लेखिन – ‘शब्द केलाउने होइन आशय, आचरण र अभिव्यक्तिको मनसाय बुझ्ने प्रयास गरौ । भुलचुक भएका र नजानेकालाई सिकाऔं, सभ्य समाजको निर्माणमा जुटौं। ”

    स्मरणरहोस यी रिमा बिश्वकर्मा तिनै कलाकार हुन जसले केहिदिन अघि मात्रै ‘लकडाउनका बेला बनाउन सिकियो’ भन्दै सामाजिक सञ्जालमा पोस्ट गरेपछि ट्रोलको सिकार हुनु परेको थियो । यस्तो छ वर्षा राउतले माफी माग्दै लेखेको स्टाटस…

    ”सम्पूर्ण आदरणीय दर्शक तथा शुभचिन्तक साथीहरूमा नमन ।
    कलाकार हुँ, त्यसमाथि अलि भावुक स्वभावकी छु त्यसैले सकेसम्म कुनै पनि प्रकारको विवादबाट टाढा रहन खोज्छु । तर हिजो एउटा अन्तरवार्तालाई लिएर जुन हो-हल्ला गरियो, त्यसले मलाई भावनात्मक ठेस पुगेको छ । हो, प्रत्यक्ष प्रसारण भइरहेको कार्यक्रममा बोल्दै जाँदा म कुनै कुरामा चुकेँ होला, बोल्दै जाँदा जिब्रो चिप्लियो होला तर मनभित्र आफ्नो देश, आफ्नो राष्ट्रियताप्रतिको सम्मानमा म अलिकति पनि चुकेकी छैन, अलिकति पनि माथि-तल परेकी छैन ।

    संसारको कुन नागरिकलाई आफ्नो मातृभूतिप्रति माया हुँदैन होला र? त्यसमाथि “नेपाली कलाकार” भनेर हाम्रो त पहिचान नै देश र राष्ट्रियतासँग जोडिएको हुन्छ । आफ्नो परिचयलाई नै अङ्गिकार गर्न सक्ने यति ठूलो र महान् सम्मानलाई म उच्च ओहोदामा राख्छु । म नेपाली हुँ, मलाई गर्व छ ।

    हाल लिम्पियाधुरा, लिपुलेक र कालापानीसम्मको भूमिलाई समेटेर जुन नक्सा जारी भयो, त्यो हाम्रो भूमि हो र नेपाल सरकारले जुन कर्तव्यनिष्टता देखाएको छ, म त्यसको समर्थनमा अग्रपङ्क्तिमा उभिन तयार छु । तर यो मजस्तो एउटा व्यक्ति, एउटा नागरिकमात्रले समर्थन गरेर हुँदैन । हामी सबै नेपाली सँगै उभिएर समर्थन गर्नुपर्छ ।

    समर्थन गर्नुपर्छ वार्ता गर्ने उचित वातावरणको, समर्थन गर्नुपर्छ तथ्य र सत्यको, समर्थन गर्नुपर्छ हामी दुई छिमेकीको प्रगढ सम्बन्धको, समर्थन गर्नुपर्छ हाम्रो रोटी-बेटी सम्बन्धको, र सबैभन्दा धेरै समर्थन गर्नुपर्छ मानवता र मानवधर्मको । यस्तो संवेदनशील समयमा भड्काउ तत्त्वहरूले आक्रमण गर्न सक्छन्, दुई देशको अन्तरदेशीय सम्बन्ध बिगार्न सक्छन् – जुन कुरा भारतीय मिडियाले उचालेका केही शब्दहरूबाट देखिन थालेको छ । यस्तै असभ्य र असत्य पत्रकारिता हाम्रो मिडियाले पनि नगरोस्, मैले यही भन्न खोजेकी हुँ ।

    नेपाल मेरी जननी जन्मभूमि हुन् । नेपाली सबै हामी दाजु-भाइ दिदी-बहिनी हौं । नेपाली चेली मनिषा कोइराला दिदीले भनेका कुरालाई जसरी गर्वका साथ मैले सेयर गरें त्यसरी नै नेपाली भावनलाई म खुसीका साथ प्रस्तुत गर्न सधैँ तयार छु । मैले प्रत्यक्ष प्रसारण भइरहेको कार्यक्रममा बोलेका केही शब्दमा हेक्का नभएकाले केही गल्ती बोलेँ होला जसको सन्दर्भ टेढिएर गलत अर्थ लागे होलान् । यस्तो परिस्थिति खडा भएकामा म क्षमाप्रार्थी छु र अब-आइन्दा यसरी बोल्दा पक्कै हेक्का राख्छु ।
    जय नेपाल, जय नेपाली ! जननी जन्मभूमिश्च स्वर्गादपी गरियसि”

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालानामा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार र समाचार सामाग्रीहरुको केन्द्र’ बन्ने यात्रामा अगाडि बढिरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ