• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    देशभन्दा भारतीय साथी प्रिय लाग्ने वर्षा राउतलाई ‘चिया’ बनाउन नजान्ने रिमा बिश्वकर्माको समर्थन, हेर्नुहोस स्टाटससहित

    5.8K
    SHARES

    काठमाडाैं । यतिबेला नेपाल र भारतबीचको सिमा बिबाद उत्कर्षमा पुगेकाे छ । भारतले लिपुलेकमा एकतर्फीरुपमा सडक बनाएपछि नेपालले आफ्नो भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरासहित नयाँ नक्सा सार्वजनिक गरेको छ । नेपालले नयाँ नक्सा जारी गरेपछि त्यसको धक्का भारतको नयाँदिल्लीसम्म पुगेको छ ।

    भारतमा यो बिषयले खैलाबैला नै ल्याइदिएको छ । नेपालमा उक्त सरकारी कदमको प्रसंसा भइरहेका बेला केहि नेपाली टिकटके कलाकारहरु भने भारतको समर्थनमा उत्रिएपछि तिनीहरुको चौतर्फी बिरोध भइरेकाे छ । भनिन्छ कलाकार राष्ट्रका गहना हुन । जसको निक्कै सकारात्मक उदाहरण नेपाली चेली तथा चर्चित भारतीय अभिनेत्री मनिषा कोइरालाले दिइन । तर केहि नेपाली कलाकारहरुलाई यतिबेला राष्ट्र र राष्ट्रियताभन्दा पनि भारतीय साथीहरु महत्वपूर्ण बनेका छन् ।

    २/३ दिनअघि मात्रै  कलाकार वर्षा राउतले नेपालले भारतसँग सिमा बिबाद गरेका कारण आफुलाई भारतीय साथीहरुसँग फेस गर्न गाह्रो भएको बताएपछि उनी आलोचनाको सिकार मात्रै भइनन् ट्राेल नै बनिन । यसप्रकारकाे गैरजिम्मेवार अभिव्यक्तिले उनकाबिरुद्ध सामाजिक सञ्जाल खनिएन मात्रै कि फिल्म बहिस्कार अभियान नै चलाएका छन्।

    इन्स्ट्राग्राममा उनलाई पछ्याउनेहरुले अनफलो समेत गरेका छन्। चौतर्फी आलोचनाको सिकार भएपछि उनले आइतबार ‘जिब्रो चिप्लिएर गल्ति भएको’ स्वीकार गर्दै माफी मागिन तर सामाजिक सञ्जालमा उनको बिरोध अझै कम भएको छैन । ठिक यहि नै बेला अर्की नेपाली कलाकार रिमा विश्वकर्मा घुमाउरो शैलीमा राउतको नामै नलेखि उनको बचाउ गरेकी छिन । “जिरो टोलरेन्स” नामक गुप्रमा स्टाटस लेख्दै उनले राउतकाे बचाउ गरेकी हुन् ।

    ‘हैन, कस्तो समाजमा हुर्किदै छौं हामी !! कति बेला कसले के गल्ती गर्छ र उसमाथि खनिउ भनेर बसे जस्तो । आफ्नाले आफ्नालाई चाँही जेभन्दा पनि हुने अनि अर्काले भन्दा चाँही राष्ट्रवादी अपमानको नारा लगाउने ? स्मरण रहोस हामी मानव हौं । यहाँ कोहि पनि पुर्ण र दक्ष छैन ।’ उनले लेखिन – ‘शब्द केलाउने होइन आशय, आचरण र अभिव्यक्तिको मनसाय बुझ्ने प्रयास गरौ । भुलचुक भएका र नजानेकालाई सिकाऔं, सभ्य समाजको निर्माणमा जुटौं। ”

    स्मरणरहोस यी रिमा बिश्वकर्मा तिनै कलाकार हुन जसले केहिदिन अघि मात्रै ‘लकडाउनका बेला बनाउन सिकियो’ भन्दै सामाजिक सञ्जालमा पोस्ट गरेपछि ट्रोलको सिकार हुनु परेको थियो । यस्तो छ वर्षा राउतले माफी माग्दै लेखेको स्टाटस…

    ”सम्पूर्ण आदरणीय दर्शक तथा शुभचिन्तक साथीहरूमा नमन ।
    कलाकार हुँ, त्यसमाथि अलि भावुक स्वभावकी छु त्यसैले सकेसम्म कुनै पनि प्रकारको विवादबाट टाढा रहन खोज्छु । तर हिजो एउटा अन्तरवार्तालाई लिएर जुन हो-हल्ला गरियो, त्यसले मलाई भावनात्मक ठेस पुगेको छ । हो, प्रत्यक्ष प्रसारण भइरहेको कार्यक्रममा बोल्दै जाँदा म कुनै कुरामा चुकेँ होला, बोल्दै जाँदा जिब्रो चिप्लियो होला तर मनभित्र आफ्नो देश, आफ्नो राष्ट्रियताप्रतिको सम्मानमा म अलिकति पनि चुकेकी छैन, अलिकति पनि माथि-तल परेकी छैन ।

    संसारको कुन नागरिकलाई आफ्नो मातृभूतिप्रति माया हुँदैन होला र? त्यसमाथि “नेपाली कलाकार” भनेर हाम्रो त पहिचान नै देश र राष्ट्रियतासँग जोडिएको हुन्छ । आफ्नो परिचयलाई नै अङ्गिकार गर्न सक्ने यति ठूलो र महान् सम्मानलाई म उच्च ओहोदामा राख्छु । म नेपाली हुँ, मलाई गर्व छ ।

    हाल लिम्पियाधुरा, लिपुलेक र कालापानीसम्मको भूमिलाई समेटेर जुन नक्सा जारी भयो, त्यो हाम्रो भूमि हो र नेपाल सरकारले जुन कर्तव्यनिष्टता देखाएको छ, म त्यसको समर्थनमा अग्रपङ्क्तिमा उभिन तयार छु । तर यो मजस्तो एउटा व्यक्ति, एउटा नागरिकमात्रले समर्थन गरेर हुँदैन । हामी सबै नेपाली सँगै उभिएर समर्थन गर्नुपर्छ ।

    समर्थन गर्नुपर्छ वार्ता गर्ने उचित वातावरणको, समर्थन गर्नुपर्छ तथ्य र सत्यको, समर्थन गर्नुपर्छ हामी दुई छिमेकीको प्रगढ सम्बन्धको, समर्थन गर्नुपर्छ हाम्रो रोटी-बेटी सम्बन्धको, र सबैभन्दा धेरै समर्थन गर्नुपर्छ मानवता र मानवधर्मको । यस्तो संवेदनशील समयमा भड्काउ तत्त्वहरूले आक्रमण गर्न सक्छन्, दुई देशको अन्तरदेशीय सम्बन्ध बिगार्न सक्छन् – जुन कुरा भारतीय मिडियाले उचालेका केही शब्दहरूबाट देखिन थालेको छ । यस्तै असभ्य र असत्य पत्रकारिता हाम्रो मिडियाले पनि नगरोस्, मैले यही भन्न खोजेकी हुँ ।

    नेपाल मेरी जननी जन्मभूमि हुन् । नेपाली सबै हामी दाजु-भाइ दिदी-बहिनी हौं । नेपाली चेली मनिषा कोइराला दिदीले भनेका कुरालाई जसरी गर्वका साथ मैले सेयर गरें त्यसरी नै नेपाली भावनलाई म खुसीका साथ प्रस्तुत गर्न सधैँ तयार छु । मैले प्रत्यक्ष प्रसारण भइरहेको कार्यक्रममा बोलेका केही शब्दमा हेक्का नभएकाले केही गल्ती बोलेँ होला जसको सन्दर्भ टेढिएर गलत अर्थ लागे होलान् । यस्तो परिस्थिति खडा भएकामा म क्षमाप्रार्थी छु र अब-आइन्दा यसरी बोल्दा पक्कै हेक्का राख्छु ।
    जय नेपाल, जय नेपाली ! जननी जन्मभूमिश्च स्वर्गादपी गरियसि”

    यस्ताे छ रिमाकाे स्टाटस

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया