• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    corona update समाचार

    नेपालमा ७ वर्षिय यी बालिकाले कोरोनालाई जितिन, खुसी हुँदै यसरी फर्किइन् घर

    2K
    SHARES

    काठमाडौँ । बाँकेको खजुरा गाउँपालिकास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा उपचारत ७ वर्षिय बालिकासहित २१ जना निको भएर घर फर्केका छन् । उनीहरुको लगातार दोस्रो रिपोर्ट नेगेटिभ आएपछि अस्पतालले डिस्चार्ज गरेको हो ।

    शुक्रबार अस्पतालबाट डिस्चार्ज हुनेमा ७ वर्षिय बालिकासहित ६० वर्षका मानिसहरु समेत रहेको अस्पतालका प्रमुख डा. प्रकाश थापाले जानकारी दिए । अस्पतालबाट डिस्चार्ज भएकाहरुलाई डाक्टरले घरमा अझै केही समय एकान्तमै बस्न सुझाव दिएका छन् । कोरोनालाई जितेर फर्किएको भन्दै नेपालगञ्ज उपमहानगरका उपप्रमुख उमा थापामगरले निको भएका सबैलाई स्वागत सम्मान गर्दै सानो समयमै कोरोनालाई पराजित गर्न सफल भएकोमा बधाई दिएकी छन् ।

    नेपालमा कोरोना संक्रमित देखिए यताकै सबैभन्दा ठूलो सख्यामा निको हुने पहिलो हो छ । २५ जना मध्ये ३ जनाको रिपोर्ट पोजेभिटनै आएको र एकजनाको समय नपुगेकोले ४ जना अझै एक साता अस्पतालमा रहने र त्यसपछि परिक्षण गरेर नगेटिभ आएमा घर पठाइने अस्पतालले जनाएको छ । सो अस्पतालमा नेपालगञ्जका चार सहित अन्य सात जना उपचाररत छन् ।

    यस्तै शनिवार दिउसोसम्म आउँदा वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार गराइरहेका ७१ जना कोरोना संक्रमितमध्ये ९ जना शनिबार डिस्चार्ज भएका छन् । उनीहरुको पछिल्लो दुई वटा रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको डा. उदयनारायण सिंहले जानकारी दिए । डिस्चार्ज हुनेहरुमा पर्सा र रौतहटका ३/३ जना, बाराका २ जना र एक जना भारतीय नागरिक रहेका छन् ।

    शनिबार ९ जना डिस्चार्ज भएसँगै नारायणी अस्पतालमा उपचाररत संक्रमितको संख्या ६२ रहेको छ । अन्य २५ जना संक्रमित भने गण्डक कोभिड अस्पतालमा उपचाररत छन् । यस्तै नेपालमा शनिबार दिउसोसम्म थप ३६ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ५ सय ८४ पुगेको छ ।

    जसमध्ये सबैभन्दा धेरै बाँकेको नरैनापुरका रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमित हुनेमा बैतडीका ४, झापाका १, बाँकेका २७, बर्दियाका १ र सुर्खेतमा ३ जनामा संक्रमण देखिएको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बताए । एकैदिन शनिबार ६८ जनामा कोरोना संक्रमित थपिएका छन् ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ