• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    corona update समाचार

    पहिलोपटक वडाध्यक्षलाई पनि कोरोना संक्रमण पुष्टि

    1.6K
    SHARES

    काठमाडौं । नेपालमा कोरोनाले महामारीकै रुप लिदै गइरहेका बेला स्थानिय जनता मात्र नभई जनप्रतिनिधिहरुमा पनि कोरोना संक्रमण हुन थालेको छ । भक्तपुरमा एकजना वडासदस्यलाई कोरोना संक्रमण पुष्टि भएको २४ घण्टा नबित्दै कपिलवस्तुमा एकजना वडाध्यक्षलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार कपिलवस्तु वाणगंगा नगरपालिकाका ८ जनमा संक्रमण देखिएको पुष्टि गरेको थियो ।

    त्यसमध्ये कपिलवस्तु वाणगंगा नगरपालिकाका एकजना वडाध्यक्षलाई पनि संक्रमण पुष्टि भएको नगरपालिकाका एकजना जनप्रतिनिधिले बताएका छन् । आफ्नो नगरपालिकाका एकजना वडाध्यक्षलाई संक्रमण देखिएको कुरा साचो भएको बयान दिंदै ति जनप्रतिनिधिले हाल उनि उपचारको क्रममा रहेको बताएका छन् ।

    कपिलबस्तुमा कोरोना संक्रमितको अहिले कन्टयाक ट्रेसिङको काम भइरहेको छ । नेपालमा वडाध्यक्षलाई कोरोना संक्रमण भएको यो पहिलो घटना हो ।

    यस्तै कोरोना भाइरस संक्रमित काठमाडौंका ३५ वर्षीय पुरुष धापासीस्थित ग्राण्डी अस्पतालमा उपचाररत रहेको खुलेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले शुक्रबार थपिएका संक्रमित काठमाडौंका संक्रमित व्यक्ति ग्राण्डी अस्पतालमा उपचाररत भएको पुष्टि गरे।

    तर, अन्य बाँकी विवरण आइनसकेको उनले बताए। यस्तै, शुक्रबार संक्रमण पुष्टि भएको मकानपुर स्थायी ठेगाना भएकी महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा टान्सप्लान्ट सेन्टरमा उपचाररत बिरामीमा संक्रमण भएको थियो।

    नेपालमा अहिलेसम्म ५४८ जनामा कोरोना संक्रमण देखिएको छ। ७० जना भने उपचारपछि निको भएर घर फर्किसकेका छन्। कोरोनाबाट अहिलेसम्म ३ जनाको ज्यान गएको छ।

    विश्वभर कोरोनाका कारण ३ लाख ४० हजार भन्दा बढी मानिसले ज्यान गुमाईसकेका छन् भने ५३ लाख भन्दा बढी संक्रमित भएका छन् । यस्तै २१ लाख ६० हजार मान्छेलाई निको पनि भएको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ