• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Corona Update Highlights

    नेपालमा थप ९ जनामा कोरोना संक्रमण पुष्टी, संक्रमितको संख्या ५१६ पुग्यो

    1.1K
    SHARES

    काठमाडौं । नेपालमा शुक्रबार राति थप ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।  यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ५१६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गर्दै थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

    मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा मकवानपुर हेटौडा–३ की महिला र भक्तपुर–९ की महिलामा कोरोना पुष्टि भएको हो ।

    त्यसैगरी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरामा गरएिको परीक्षणमा सप्तरीको बलान– बिहुल गाविसका ३४ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ ।

    त्यस्तै कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र, हेटौडामा गरिएको परीक्षणमा बाराका ६ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ । बाराको सिमरनगढ नगरपालिकाका २२, २७, ३०, ३४, ३८, ४५ वर्षीय पुरुष रहेको मन्त्रालयले जनाएको छ ।

    हालसम्म कोरोना संक्रमित जिल्लाहरु ४० पुगेको छ । नेपालमा कोरोना संक्रमितमध्ये हालसम्म ७० जना उपचारपछि निको भएर घर फर्किएका छन् भने ३ जनाको मृत्यु भएको छ । आज मात्र बाँकेको नेपालगञ्जमा २१ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका हुन् ।

    यस्तै कोरोना सङ्क्रमणका कारण ज्यान गुमाएका गुल्मीको मदाने गाउँपालिकाका शिक्षकको सम्पर्कमा रहेका २५ जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ ।

    बुटबलमा कोरोना पुष्टि हुँदाको अर्को दिन जिल्ला स्वास्थ्य कार्यालयको टोलीले उक्त शिक्षकसँग प्रत्यक्ष सम्पर्कमा आएका ३० जनाको स्वाब सङ्कलन गरी पीसीआरका लागि पठाएको थियो ।

    स्वाब सङ्कलन भएकाहरुमा मृतकका परिवार, बैंकका कर्मचारी, स्थानीय क्लिनिक सञ्चालकलगायत थिए । तीमध्ये पाँच जनाको रिपोर्ट आउन बाँकी रहेको र २५ जनालाई कोरोना सङ्क्रमण नभएको रिपोर्ट आएको स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आचार्यले जानकारी दिए ।

    स्वास्थ्य कार्यालय तम्घासका ६ र मदानेका ३० गरी कुल ३६ को स्वाब पठाइएको थियो । त्यसमध्ये मदानेका पाँच र तम्घासका ६ गरी अझै ११ जनाको रिपोर्ट आउन बाँकी रहेको उनले बताए ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया