• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    corona update समाचार

    नेपालमा कोरोना संक्रमितको संख्या ५०० नाघ्यो, थप २० जनामा संक्रमण पुष्टि

    1.1K
    SHARES

    काठमाडौँ । नेपालमा कोरोना भाइरस कोभिड-१९ संक्रमितको संख्या नाघेको छ । आज फेरी थप २० जनामा कोरोना भाइरस कोभिड-१९ संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या ५०७ पुगेको हो ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार डडेलधुरा र वैतडीमा पनि संक्रमण देखिएको छ । डडेलधुराको पराशुराम-१० का २८ वर्षीय पुरुष र वैतडीको शिवनाथ-१ का २२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

    यस्तै कैलालीमा तीन जनामा संक्रमण पुष्टि भएको छ । जानकी गाउँपालिकाको सरस्वती माविको क्वारेन्टाइनमा रहेका १९, २३ र २६ वर्षका पुरुषमा संक्रमण पुष्ट भएको हो ।

    यस्तै बाँकेमा १४ जना संक्रमित थपिएका छन् । उनीहरु १८ देखि ६१ वर्ष उमेरका पुरुषहरु छन् । उनीहरु मध्ये १८ वर्षीय पुरुष राप्ती सोनारीका हुन् भने बाँकी १३ जना नरैनापुरका हुन् । यस्तै मोरङको रतुवामाई- २ का एक जनामा पनि संक्रमण पुष्टि भएको छ ।

    यस्तै काेराेनाबाट विश्वभर भने ३ लाख ३४ हजार ३९ जनाको मृत्यु भएको छ । यो समाचार तयार पार्दासम्म विश्वका २१३ मुलुक र २ वटा पानीजहाजमा फैलिएको कोरोना भाइरसको महामारीले ५१ लाख ८८ हजार ३५६ जना संक्रमित भएका छन् ।

    २० लाख ७८ हजार २०४ जना संक्रमण मुक्त भएका छन् । बितेको २४ घण्टामा ४ हजार ८०० जनाले ज्यान गुमाएका छन् भने १ लाख ४ हजार ९४५ जनामा संक्रमण पुष्टि भएको छ । २७ लाख ७६ हजार ११३ जनाको उपचार भइरहेको छ । उपचारारत मध्ये ४५ हजार ६४५ जनाको अवस्था गम्भीर छ ।

    शुक्रबार यो समाचार तयार पार्दासम्म कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा १ लाख ६६ हजार ८०५ जनाको मृत्यु भएको छ । १८ लाख ४८ हजार ३२२ जना संक्रमित भएकोमा ८ लाख २६ हजार ६४१ जना संक्रमणमुक्त भएका छन् । उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ९ हजार ७०२ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या १७ लाख ९३ हजार ९३४ पुगेको छ ।

    यस्तै एसियाली मुलुकहरुमा २६ हजार २३८ जनाको मृत्यु भएको छ । ८ लाख ८७ हजार २१८ जना संक्रमित भएका छन् । दक्षिण अमेरिकी मुलुकहरुमा २८ हजार ४३ जनाको मृत्यु भएको छ । ५ लाख ४७ हजार ७९० जना संक्रमित भएका छन् । अफ्रिकी मुलुकहरुमा ३ हजार ११५ जनाको ज्यान गएको छ भने १ लाख १ हजार ६८३ जना संक्रमित छन् ।

    त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १२१ जनाको मृत्यु भएको छ । ८ हजार ६८८ जना संक्रमित भएका छन् । कोरोना भाइरसको महामारीको सबैभन्दा बढी प्रभाव अमेरिकामा परेको छ । त्यहाँ ९६ हजार २६९ जनाको मृत्यु भएको छ । १६ लाख १९ हजार ७८७ जना संक्रमित भएका छन् ।

    यस्तै संक्रमितका आधारमा अमेरिकापछि रुसमा सबैभन्दा धेरैमा संक्रमण देखिएको छ । त्यहाँ ३ लाख १७ हजार ५५४ जना संक्रमित भएका छन् भने ३ हजार ९९ जनाको मृत्यु भएको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ