• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति

    सकियो मन्त्रिपरिषद् बैठक, के-के भए निर्णय ?

    काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठक केहिबेर अघिमात्र सकिएको छ । बालुवाटारमा बसेको मन्त्रिपरिषद् उक्त बैठकले संविधान संशोधनको प्रस्ताव प्रतिनिधि सभामा पेस गर्ने निर्णय गरेको छ।

    शुक्रबार बसेको  बैठकले नेपालको नयाँ नक्सा कार्यान्वयन गर्न संविधानको अनुसूचीमा रहेको निशान छाप परिवर्तन गर्न संविधान संशोधन प्रस्ताव लैजाने निर्णय गरेको कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया तुम्बाहाम्फेले जानकारी दिइन्।

    अहिले उक्त निशान छापमा लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समावेश छैन। सरकारले बुधबार भारतले अतिक्रमण गरेको उक्त क्षेत्र समेटर बुधबार नयाँ नक्सा जारी गरेको छ। संविधानको निशान छापमै नक्सा परिवर्तन गरिएपछि नेपालभरिका सरकारी कार्यालयमा त्यही नक्साको औपचारिक प्रयोग हुन्छ।

    प्रतिनिधि सभाको बैठक जेठ १३ गतेका लागि बोलाइएको छ। संविधान संशोधनका लागि प्रतिनिधि सभाको दुई तिहाइ बहुमत चाहिन्छ। सरकारले विदेशमा रहेका नेपालीलाई स्वदेश ल्याउनेबारे ठोस निर्णइ लिने भनिए पनि शुक्रबारको क्याबिनेटमा यसबारे छलफल नभएको स्रोतले बतायो ।

    यसअघि नै उच्चस्तरीय समितिले भारतीय सीमाका २० बटा पोइन्टबाट नेपालीहरुलाई प्रवेश गर्न दिने, उनीहरु सबैको रेकर्ड राख्ने र क्वारेन्टाइनमा राखेर आरडीटी विधिबाट कोरोना परीक्षण गर्ने अनि नेगेटिभ रिपोर्ट आएकाहरुलाई सम्बन्धित पालिकाहरुमा पठाउने सुझाव दिएको थियो ।

    त्यसरी जाँच गर्दा पोजेटिभ रिपोर्ट आएकालाई आइसोलेसनमा राख्नेगरी व्यवस्थापन गर्ने प्रस्ताव अघिल्लो क्याबिनेटमै उच्चतरीय समितिबाट गइसकेको थियो । सीमापारिका नेपालीबारे अघिल्लै बैठकमा छलफल भएको बताइए पनि अहिलेसम्म सीमा क्षेत्रको आवागमन व्यवस्थित हुन सकेको छैन ।

    सीमापारिबाट कोरोना जाँच नगरी मानिसहरु घर आउने क्रम बढ्दो छ । एक मन्त्रीले भने, ‘यसको व्यवस्थापन गर्ने काम उच्चस्तरीय समितिको हो, आज छोटो समयका लागि बसेको क्याबिनेटले संविधान संशोधन प्रस्ताव सदनमा लैजाने एकमात्र निर्णय गरेको छ ।’

    प्रतिक्रिया

    संचारकेन्द्र ट्रेन्डिङ