• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति

    सामाजिक सञ्जालमा व्यापक आलोचना भएपछि बाबुराम भट्टराईले दिए यस्तो प्रष्टिकरण

    काठमाडौं । सामाजिक सञ्जालमा आफूले फरक सन्दर्भमा बोलेका कुरालाई फरक आसयकासाथ आलोचना भएपछि पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले आफ्नो भनाइ आर्थिक पुनर्संरचनाको सन्दर्भमा भएको प्रष्ट पारेका छन् । उनले बिहीबार नेपाल उद्योग परिसंघले गरेको वेबिनारमा राखेको विचारलाई लिएर सामाजिक सञ्जालमा आलोचना भएको हो ।

    ‘मेरो भनाइ आर्थिक पुनर्संरचनाको सन्दर्भमा हो । साथै यो नेपालका शासकको कुरा मात्र नभएर अमेरिका, रूस, भारत लगायत सबै देशका शासकको सन्दर्भमा हो’, उनले भने, ‘हरारीले भने झैं यतिबेला एउटा देशविरूद्ध अर्को देश लड्ने हैन, सबै मानवजाति एक भएर कोरोनाविरूद्ध लड्ने हो ।’

    नेपाल-भारत सीमाविवादको सन्दर्भमा उनले थप स्पष्ट पार्दै भने, ‘जहाँसम्म नेपालको सीमाना र नक्साको कुरा छ त्यसमा सबै पार्टी र नेताले ऐक्यवद्धता जनाइसकेका छौं । अब हामीले सार्वजनिक दन्तबझान गर्नु भन्दा आफ्नो ऐतिहासिक तथ्यप्रमाण दह्रो पारेर कुटनीतिक र राजनीतिक वार्तामा बस्नुपर्छ ।’

    उनले भने, ‘त्यसबाट समाधान नभए अन्तर्राष्ट्रिय मन्च र अदालतमा जाने तयारी गर्नुपर्छ ! यस्ता संवेदनशील राष्ट्रिय प्रश्नमा अनावश्यक विवाद झिकेर कोरोना र आर्थिक संकटबाट ध्यान अन्यत्र मोड्ने शासक गुटको षड्यन्त्र र जालमा कोही पनि पर्नु हुन्न ।’

    उता नेपाली काँग्रेसका नेता डा मिनेन्द्र रिजालले नेपाल-भारत सीमा विवादबारे भारतीय एक सञ्चार माध्यमलाई दिएको अन्तर्वार्ता सामाजिक सञ्जालमा भाइरल बनेको छ । नेपाल र भारतका विचमा उत्पन्न सिमा विवादका बारेमा डा रिजालले दिएको जवाफलाई धेरै नेपालीले सामाजिक सञ्जालमा सेयर गरेका छन् ।

    नेपालको सरकारले गलत कामहरु गरेकोमा विपक्षी पार्टीको पनि समर्थन छ र भन्दै भारतीय प्रस्तोताको जवाफमा नेता रिजालले भने, “हजारौ विषयमा सरकारसँग हाम्रो विमती छ तर सिमानाको विषयमा हामीसँगै छौँ ।”

    चीनको उक्साहटमा नेपालले नयाँ नक्सा जारी गरेको भारतीय पक्षको आरोपलाई पनि उनले ठाडै खण्डन गर्दै नेपालको आफ्नो विषयमा कसैको उक्साहटमा लाग्नु नपर्ने स्पष्ट पारे । भारतको रिपक्लीक टिभीका सेलिब्रेटी पत्रकार अर्णब गोस्वामीले संसारभरी चीन एक्लो भएको र त्यसैको निर्देशनमा नेपाल चलेको व्याख्या गरेपछि धेरै भूमिका नबाधी प्रश्न सोध्न डा रिजालले सुझाएका थिए ।

    उनको सुझाव पछि प्रस्तोताले लिम्पीयाधुरा, लिपुलेक, कालापानी भारतको भएको व्याख्या गर्दै प्रश्न सोधेकोमा आपत्ति जनाएका थिए । उनले दुई देशका नागरिकस्तरमा सम्वन्ध विगार्ने काम कसैले गर्न नहुने र देशहरुका आ आफ्ना समस्या तथा विवादलाई वार्ताबाट समाधान गर्नु पर्नेमा जोड दिए ।

    प्रश्नकर्ताले नेपाललाई चीन मातहतको सरकार जस्तो भएको आरोप लगाएपछि त्यसमा पनि डा रिजालले आपत्ति जनाएका थिए । दुवै देशका अधिकारीहरुले छलफल गर्ने भनिरहेका बेला मिडियाले उचाल्नु ठिक नभएको उनको भनाइ थियो । भारतले मिचेका भूमी नेपालको हो भन्ने सम्वन्धमा नेपालसँग धेरै प्रमाण रहेको भन्दै उनले त्यसका आधारमा वार्ता गर्न नेपाल तयार रहेको बताए ।

    सिमाका विषयमा बोलिरहेका बेला प्रश्नकर्ताले विचमै फरक प्रशंग जोड्न खोजेपछि डा रिजालले “मेरो उत्तर सुन्नु, व्यक्ति व्यक्तिलाई सम्मान गर्न नसक्नेले कसरी देशको सम्वन्ध राम्रो बनाउन सक्छ” भन्दै प्रतिप्रश्न समेत गरेका थिए ।

    प्रतिक्रिया

    संचारकेन्द्र ट्रेन्डिङ