• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    थप ९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४५३ पुग्यो

    काठमाडौं । कोरोना भाइरस संक्रमितको संख्या ४ सय ५३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार दिउँसो थप ९ मा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो ।

    मन्त्रालयले बिहीबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा विकास देवकोटाले झापामा ८ जना पुरुष र रुपन्देहीका १ पुरुषमा संक्रमण देखिएको जानकारी दिएका हुन् ।

    उनका अनुसार रुपन्देहीका २७ वर्षीय पुरुषमा संक्रमण देखिएको हो । उनी श्रीलंकन गेस्ट हाउस क्‍वारेन्टाइन लुम्बिनीमा रहेका थिए भने झापाका १७ वर्षीय पुरुष, १८ वर्षीय दुई जना पुरुष, २० वर्षीय २ जना र २३, ५२ र ५५ वर्षका पुरुषमा संक्रमण देखिएको हो । उनीहरु सबै लक्ष्मी देवकोटा मावि क्‍वारेन्टाइन कचनकवल झापामा रहेका थिए ।

    संक्रमण पुष्टि भएकामध्ये हालसम्म ४९ जना निको भएका छन् भने सिन्धुपाल्चोकमा एक र बाँकेमा एक, गुल्मीको एक गरी ३ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार बिहीबारसम्म नेपालमा आरडीटी विधिबाट ७८ हजार ६ सय ९५ नमुना परीक्षण भएका छन् । पीसीआर विधिबाट भने हालसम्म ३८ हजार ७ सय ३६ परीक्षण गरिएको छ ।

    यस्तै काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार गराइरहेका चार जना कोरोना भाइरस संक्रमित बिहीबार डिस्चार्ज भएका छन् । पछिल्ला दुईवटा रिपोर्ट नेगेटिभ आएपछि उनीहरु डिस्चार्ज भएका हुन् । डिस्चार्ज हुनेमा दुई जना भक्तपुरका र दुई जना काठमाडौंका रहेका छन् ।

    अस्पतालका निर्देशक डा. सागरराज राजभण्डारीका अनुसार डिस्चार्ज हुने दुई जना पुरुष र दुई जना महिला छन् । टेकु अस्पतालमा गत ३१ वैशाखमा भक्तपुरका एक पुरुष र एक महिला, काठमाडौंका एक महिला भर्ना भएका थिए । त्यस दिन भर्ना भएका संक्रमित पुरुष सशस्त्र प्रहरी हुन् ।

    महिला एक जना आरोग्य प्रतिष्ठानमा कार्यरत कर्मचारी हुन् । अर्की एक महिला चन्द्रागिरी निवासी हुन् । थप एक जनाको भने विस्तृत विवरण आइसकेको छैन । उनीहरु नवौं दिनमा डिस्चार्ज भएका छन् ।

    अस्पतालमा थप एक जना संक्रमित उपचारको क्रममा रहेको उनले जानकारी दिए । यो चार जनासंगै कोरोना भाइरसको संक्रमणको उपचारपछि डिस्चार्ज हुनेको संख्या ४९ पुगेको छ ।

    प्रतिक्रिया

    संचारकेन्द्र ट्रेन्डिङ