• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    पत्रपत्रिका

    मनिषाको एक ट्वीटले सिंगो भारत हल्लिएपछि सुष्माका श्रीमानले दिए यस्तो अनौठो जवाफ

    काठमाडौँ । नेपालको समर्थनमा मनिषा कोइरालाको एक ट्वीटले सिंगो भारत हल्लिएपछि सुष्मा स्वराजका श्रीमानले यसको जवाफ दिएका छन् । भारत र नेपाल सम्बन्धबारे बलिउड अभिनेत्री मनिषा कोइराललाको ट्वीटमा लगातार विवाद बढ्दो छ । अब भारतकी दिवंगत विदेशमन्त्री सुषमा स्वराजका श्रीमान् स्वराज कौशलले उनको ट्वीटको जवाफमा थुप्रै ट्वीट गरेका छन् ।

    स्वराज कौशलले लेखेका छन्, ‘म तपाईंसँग बहस गर्न सक्दिनँ मेरी छोरी, मनिषा कोइराला । मैले तपाईंलाई सधैं आफ्नै छोरी मानेको छु । जब तपाईंले हामीलाई १९४२– अ लभ स्टोरीको प्रिमियरमा आमन्त्रित गर्नुभएको थियो, तब म पूरा फिल्म हेर्नका लागि बस्न सकिनँ तर सुषमाले पूरा फिल्म हेरिन् । त्यतिबेला बाँसुरी तपाईंको काखमा बसेकी थिइन् । ’

    ‘यो २७ वर्ष अघिको मात्रै कुरा हो । सन् १९७७ र त्यसपछि तपाईं साउथ एक्समा बस्न थाल्नुभएको थियो । तपाईं साकेतको एपीजे स्कूलमा पढ्नुहुन्थ्यो । तपाईंका पिता प्रकाश कोइराला मेरा भाइजस्ता हुन् र आमा सुषमा कोइराला मेरी भाउजु र साथी हुन् । हामीसँग साथमा मुस्किल समय देखेका छौं,’ उनी थप्छन् ।

    जुन दिन एम्समा तपाईंका हजुरबुवा बीपी कोइरालालाई क्यान्सर भएको थाहा भयो म उनीसँगै थिएँ । मलाई थाहा छ, बीपीले मलाई भन्नुभएको थियो, ‘यो क्यान्सरको एड्भान्स स्टेज हो र म बाँच्ने समय भनेको ६ महिना हो ।’ म त्यतिबेला दुःखी थिएँ तर मैले उनको अनुहारमा निराशाको कुनै भाव देखिनँ,’ उनले भने ।

    ‘म तपाईंको परिवारको गौरवशाली परम्परासँग परिचित छु । तपाईंका हजुरबुवा बीपी कोइराला र उनका दुबै भाइ अर्थात् सबै तीन दाजुभाइ नेपालका प्रधानमन्त्री बने । तपाईंकी फूपू शैलजा आचार्य पनि नेपालकी उप–प्रधानमन्त्री थिइन् ।’

    ‘मलाई यो पनि थाहा छ कि तपाईंको परिवारले कति संघर्ष गरेको छ । तपाईंका हजुरबुवा बीपी कोइराला १८ वर्षसम्म जेलमा थिए । उनको ज्यान यसकारण बच्यो किनभने हिन्दू राष्ट्र नेपालमा एक ब्राह्मणलाई फाँसी दिन पाइँदैनथ्यो । तपाईंकी फूपू (बीपी कोइरालाकी छोरी) ले पनि जेलमा आठ वर्ष बिताइन् ।’

    ‘र अब म तपाईंका पिता प्रकाश कोइरालाबारे बताउन चाहन्छु । उनी नेपाली कांग्रेसको संघर्षमा उनको समर्थक थिए । म सबैबारे सोच्छु । जेपी, लोहिया, चन्द्रशेखर जी, जर्ज फर्नान्डिस । सन् १९७३ मा म पनि थुप्रै हप्ताका लागि नेपालमा थिएँ र महलभित्रको आँगन पुगेको थिएँ ।’

    ‘हामी लोकतन्त्रका लागि तपाईंहरुको संघर्षमा तपाईंको साथमा थियौं । त्यहाँ भारत वा भारतीयजस्तो केही पनि थिएन । एकपटक जब तपाईंको राजासँग सम्झौता भयो, हामीलाई केही पनि चाहिएको थिएन । जब हामीलाई एक सांसदको रुपमा तपाईंको विचारबारे थाहा भयो, म दुःखी भएँ, तर त्यतिबेला मैले सोचेँ कि त्यो नेपाली राजनीतिका लागि अनिवार्य थियो ।’

    ‘भारतीयलाई थाहा हुनुपर्छ कि त्यतिबेला दुनियाँको एकमात्र हिन्दु राष्ट्रलाई तहसनहस पार्ने षड्यन्त्र चलिरहेको थियो । षड्यन्त्र गर्नेहरु माओवादीसँग मिलेका थिए । उनीहरुले एकमात्र हिन्दु राष्ट्र तहसनहस पारे, उनीहरुको उद्देश्य पूरा भइसकेको थियो ।’

    ‘यसको नतिजा यो भयो कि कम्युनिष्टले चीनलाई भारतविरुद्ध प्रयोग गर्न सुरु गरे । वा यस्तो भनौं कि चीनले कम्युनिष्टलाई भारतविरुद्ध प्रयोग गर्न सुरु गरे । परिणामस्वरुप पारम्परिक रुपमा हिमालयसम्म जाने भारत–चीन सीमा अब बिरगञ्जसम्म छ ।’

    ‘भारतलाई नेपालसँग असन्तुष्टि हुनसक्छ वा नेपाल र भारतबीच गम्भीर विवाद हुनसक्छ । यो नेपाल र भारतबीचको कुरा हो । तपाईंले चीनलाई बीचमा कसरी ल्याउन सक्नुहुन्छ ? यो हाम्रो लागि खराब हो । र यो नेपालको लागि पनि राम्रो होइन ।’

    ‘जब तपाईंले चीनलाई बीचमा ल्याउनुहुन्छ, तपाईंले हामीसँगको हज्जारौं वर्ष पुरानो सम्बन्धलाई समाप्त गरिरहनुभएको छ । तपाईंले हाम्रो पारस्परिक सम्बन्धलाई समाप्त गरिरहनुभएको छ । र सबैभन्दा महत्वपूर्ण कुरा, एक सर्वभौम देशको रुपमा तपाईंले आफ्नो देशको स्थितीलाई थप तल झारिरहनु भएको छ ।’ मनिषा कोइरालाले विदेशमन्त्री प्रदिप ज्ञवालीको एक ट्वीट रिट्वीट गरेपछि उनीविरुद्ध भारतीय मिडियालगायत विभिन्न व्यक्तित्व खनिएका छन् । रातोपाटिबाट ।

    त्यस्तै नेपाली काँग्रेसका नेता डा मिनेन्द्र रिजालले नेपाल-भारत सीमा विवादबारे भारतीय एक सञ्चार माध्यमलाई दिएको अन्तर्वार्ता सामाजिक सञ्जालमा भाइरल बनेको छ । नेपाल र भारतका विचमा उत्पन्न सिमा विवादका बारेमा डा रिजालले दिएको जवाफलाई धेरै नेपालीले सामाजिक सञ्जालमा सेयर गरेका छन् ।

    नेपालको सरकारले गलत कामहरु गरेकोमा विपक्षी पार्टीको पनि समर्थन छ र ? भन्दै भारतीय प्रस्तोताको जवाफमा नेता रिजालले भने, “हजारौ विषयमा सरकारसँग हाम्रो विमती छ तर सिमानाको विषयमा हामीसँगै छौँ ।”

    चीनको उक्साहटमा नेपालले नयाँ नक्सा जारी गरेको भारतीय पक्षको आरोपलाई पनि उनले ठाडै खण्डन गर्दै नेपालको आफ्नो विषयमा कसैको उक्साहटमा लाग्नु नपर्ने स्पष्ट पारे । भारतको रिपक्लीक टिभीका पत्रकार अर्णब गोस्वामीले संसारभरी चीन एक्लो भएको र त्यसैको निर्देशनमा नेपाल चलेको व्याख्या गरेपछि धेरै भूमिका नबाधी प्रश्न सोध्न डा रिजालले सुझाएका थिए ।

    उनको सुझाव पछि प्रस्तोताले लिम्पीयाधुरा, लिपुलेक, कालापानी भारतको भएको व्याख्या गर्दै प्रश्न सोधेकोमा आपत्ति जनाएका थिए । उनले दुई देशका नागरिकस्तरमा सम्वन्ध विगार्ने काम कसैले गर्न नहुने र देशहरुका आ आफ्ना समस्या तथा विवादलाई वार्ताबाट समाधान गर्नु पर्नेमा जोड दिए ।

    प्रश्नकर्ताले नेपाललाई चीन मातहतको सरकार जस्तो भएको आरोप लगाएपछि त्यसमा पनि डा रिजालले आपत्ति जनाएका थिए । दुवै देशका अधिकारीहरुले छलफल गर्ने भनिरहेका बेला मिडियाले उचाल्नु ठिक नभएको उनको भनाइ थियो । भारतले मिचेका भूमी नेपालको हो भन्ने सम्वन्धमा नेपालसँग धेरै प्रमाण रहेको भन्दै उनले त्यसका आधारमा वार्ता गर्न नेपाल तयार रहेको बताए ।

    सिमाका विषयमा बोलिरहेका बेला प्रश्नकर्ताले विचमै फरक प्रशंग जोड्न खोजेपछि डा रिजालले “मेरो उत्तर सुन्नु, व्यक्ति व्यक्तिलाई सम्मान गर्न नसक्नेले कसरी देशको सम्वन्ध राम्रो बनाउन सक्छ” भन्दै प्रतिप्रश्न समेत गरेका थिए । प्रधानमन्त्री ओलीले “भारतबाट आएको भाइरस बलियो परेछ” भनेर दिएको अभिव्यक्तिलाई भारतीय प्रस्तोताले प्रधानमन्त्री ओलीको भारतप्रतिको पुर्वाग्रही अभिव्यक्तिको रुपमा व्याख्या गरेका थिए ।

    उनले चिनिया कोरोना भाइरस ठिक र भारतीय कोरोना भाइरस बेठिक भन्नेर प्रधानमन्त्रीले भनेको भन्दै विषयान्तर गर्न खोजेकोमा पनि डा रिजालले प्रतिवाद गरेका थिए । उनले आफू सिमानाका बारेमा मात्रै अन्तर्वार्ता दिन तयार रहेको र कोरोनाका बारेमा बोल्न समय नदिएको जवाफ दिएका थिए ।

    डा रिजालले अन्तर्वार्ताका क्रममा प्रस्तोतालाई पटक पटक गलत व्याख्या गरिएको र पुर्वाग्रही भएको भन्दै सच्चिन सुझाव दिएका थिए । उनले सिमानाका बारेमा सारा नेपाली एक ठाउँमा रहेको बताउदै कसैको उक्साहटमा लागेको भन्ने व्याख्याको कडा रुपमा खण्डन गरेका थिए । नेपालबिरुद्ध खनिएका ति पत्रकारलाई रिजाले यसरी झपारेपछि अहिले उनको भिडियो नेपालभर भाइरल बनेको छ ।

    यस्तै नेपाल मामिलाका जानकार भारतीय कूटनीतिज्ञहरूले सीमा विवादलाई लिएर पछिल्लो समय नेपाल र भारतबीचको सम्बन्धमा तनाव देखिएकामा चिन्ता व्यक्त गर्दै आपसी संवादबाट समाधान पहिल्याउनुको विकल्प नरहेको बताएका छन् ।

    तत्कालको परिस्थितिमा ‘वातावरण प्रतिकूल देखिएको’ भन्दै नेतृत्वले संयम गुमाउन नहुने र उत्तेजना फैलाउने अभिव्यक्तिहरू दिनबाट बच्नुपर्ने उनीहरूको धारणा छ । नेपाल र भारतबीचको विवादमा चीनलाई ल्याउनु अर्थहीन भएको समेत उनीहरूको जिकिर छ ।

    नेपाल र भारतबीच सात दशकदेखि उल्झनका रूपमा रहेको लिपुलेक–कालापानी क्षेत्रसम्बन्धी विवाद गत २६ वैशाखमा भारतले एकतर्फी ढंगले पिथौरागढ–लिपुलेक लिंक सडक खण्ड उद्घाटन गरेपछि चुलिएको हो । जवाफमा नेपालले बुधबार लिम्पियाधुरापूर्वको भूभागलाई समेटेर नक्सा जारी गरेको छ ।

    नेपालका लागि पूर्वराजदूत केभी राजनले सीमा विवादलाई लिएर दुई देशबीच पछिल्लो समय देखिएको अविश्वास ‘चिन्ताजनक’ भएको बताए । उनका अनुसार परिस्थिति क्रमश: निकै जोखिमपूर्ण बन्दै गएको छ । उनले नेपाल र भारतबीच छलफल एवं वार्ताबाट सुल्झाउनै नसकिने विवाद र समस्या कुनै नरहेको धारणा व्यक्त गरे ।

    ‘मेरो अनुभव र बुझाइमा नेपाल–भारतबीचको सम्बन्ध यति पुरानो र प्रगाढ छ कि जुनसुकै विवाद पनि वार्ता र आपसी विश्वासबाटै सुल्झाउन सकिन्छ,’ राजनले भने, ‘तर, त्यसका लागि पहिले नै जनस्तरमा धारणा नबनोस् भन्नेमा सचेत हुनुपर्छ । अन्यथा वार्तामा बस्न र लचकता अपनाउन दुवै पक्षलाई कठिन हुन्छ ।’

    राजदूत राजनले वार्तामा बस्नुअघि के परिणाम खोजिएको हो भन्नेमा प्रस्ट हुनुपर्ने बताए । ‘पक्कै पनि दुवै मुलुकले वार्ताबाट समस्या समाधान गरेर सम्बन्धलाई प्रगाढ बनाउँदै सीमावारि र पारि रहेका जनताको समृद्धि चाहेका छन् । त्यसका लागि युगौं पुरानो सम्बन्धलाई मनमा राखेर दुवै देशका नागरिकको समृद्धिका लागि वार्ता र संवादमा बस्नुपर्छ ।

    अनि मात्र सकारात्मक परिणाम निस्कन्छ,’ राजनको भनाइ छ । साथै उनले ब्रिटिस इन्डियासँगको भएको सुगौली सन्धिमा आधारित भएर नेपालले सार्वजनिक गरेको नयाँ नक्सातर्फ संकेत गर्दै दुई देशबीचको सम्बन्ध दुई सय वर्षमात्र नभएर युगौं पुरानो भएको दाबी गरे ।

    राजन नेपाल र भारतबीच महाकाली सन्धि गर्दाताका नेपालका लागि राजदूत थिए । त्यतिबेला पनि भारतीय अतिक्रमण र महाकालीको उद्गम बिन्दुलाई लिएर विवाद भएको थियो । तर, त्यसलाई पछि टुंग्याउने भनेर थाती राखियो । राजनले आफ्नो कार्यकालमा समेत नेपाल–भारतबीचको सम्बन्धमा उतारचढाव देखेको तर जहिल्यै पनि दुई देशबीचको युगौं पुरानो र सुदृढ सम्बन्धले जितेको अनुभव व्यक्त गरे ।

    ‘सरकार आउँछन् र जान्छन् । मुख्य कुरा यति पुरानो र प्रगाढ सम्बन्धलाई कसरी बलियो र निरन्तरता दिने भन्ने हो,’ उनले भने, ‘त्यसमा सबै पक्ष गम्भीर हुनुपर्छ ।’ विगतमा पनि सम्बन्धमा उतारचढाव देखिएको तर जहिल्यै दुई देशबीचको युगौं पुरानो र सुदृढ सम्बन्धकै जित भएकाले अहिलेको असमझदारी र अविश्वास पनि छलफलबाटै टुंग्याउनुको विकल्प नभएको राजनले बताए ।

    अर्का पूर्वराजदूत मञ्जीभसिंह पुरीले पनि नेपाल–भारत सम्बन्ध निकै गहिरो र जनस्तरको भएकाले बिनादबाब र खुला वातावरणमा हुने संवादले निकास दिनेमा आफू विश्वस्त रहेको बताए । तर, आवेशमा आएर दुवै देशबीचको सम्बन्धलाई नै असर पर्ने गरी नेतृत्वबाट टिप्पणी आउनु भने चिन्ताजनक भएको उनले बताए । उनको संकेत प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार संसद्मा भारतलाई लक्षित गर्दै दिएको अभिव्यक्तिप्रति थियो ।

    भारतसँग वार्ता गर्न तयार भएर बसेका छौं : सरकार
    पूर्वराजदूत पुरीले दुवै छिमेकीले कोभिड–१९ को महामारीविरुद्ध हातेमालो गर्नुपर्ने बेलामा आपसी अविश्वास देखापर्नु दु:खद भएको बताए । ‘पहिले कोभिड–१९ को महामारीसँग जुध्न हातेमालो गरौं, त्यसपछि वार्ता गर्न सकिन्छ,’ उनले भने । जतिसुकै अविश्वास देखिए पनि वार्ताको विकल्प नभएको र त्यसका लागि अनुकूल वातावरण बनाउनेतर्फ गम्भीर हुनुपर्ने र उत्तेजनाबाट बच्नुपर्ने पुरीको पनि भनाइ छ । ‘खुला र हार्दिकतापूर्वक वातावरण हुने वार्ताले मात्र नतिजा दिन्छ,’ उनले भने ।

    अर्का पूर्वराजदूत रन्जित रायले कोभिड–१९ को संकटका बेला दुई छिमेकीबीच यस्तो वातावरण बन्नु दु:खद भएको उल्लेख गर्दै पछिल्ला घटनाक्रमलाई गम्भीर ढंगले समीक्षा गरेर अगाडि बढ्नुपर्ने बताए । ‘सबै घटनाक्रमलाई गम्भीर ढंगले समीक्षा गर्नुपर्छ । यति सुदृढ र युगौं पुरानो सम्बन्ध भएका मुलुकबीच सम्बन्धमा किन यस्तो परिस्थिति सिर्जना भयो । कहाँनेर गल्ती भयो । प्रधानमन्त्रीबाट संसद्बाटै छिमेकीप्रति लक्षित गरेर नकारात्मक धारणा आउनु पक्कै पनि सकारात्मक होइन, यसले विषयलाई थप जटिल बनाउँदै लगेको छ,’ उनले भने, ‘वार्ताबाट जुनसुकै समस्या समाधान गर्न सकिन्छ । तर, पुत्ला जलाए र घेराउ गरेर त्यसका लागि अनुकूल वातावरण बन्दैन ।’

    वार्ताका लागि नेपालले गत मंसिरमा भारतले नयाँ नक्सा जारी गरेदेखि नै आग्रह गर्दै आएको थियो नि भन्ने प्रश्नमा रायले त्यतिबेला वार्ता नहुनुमा मिति तय गर्नेजस्ता सामान्य प्राविधिक कारण भएको हुनसक्ने तर्क गरे । मिति तोक्न ढिलो भयो भन्दैमा दुई मुलुकबीचको सम्बन्धमा जटिलता ल्याउने परिस्थिति सिर्जना हुनु दु:खद भएको उनको भनाइ छ । ‘भारतका तर्फबाट केही ढिलो भए पनि वार्ताबाहेक कुनै विकल्प नभएकाले राजनीतिक नेतृत्वबाटै दुई देशबीचको प्रगाढ सम्बन्धलाई असर पुर्‍याउने किसिमका अभिव्यक्ति आउनु चिन्ताजनक हो,’ रायले भने ।

    पूर्वराजदूत देव मुखर्जीले भने पछिल्ला घटनाक्रमप्रति आश्चर्य व्यक्त गरे । उनले सीमा विवादलाई लिएर होहल्ला गर्नेभन्दा पनि उच्च राजनीतिक तहमा विगतमा भएको सहमतिअनुरूप प्रमाणका साथ वार्तामा बस्नुपर्ने बताए । ‘चर्को कुरा र होहल्ला गरेर हुँदैन प्रमाण, तथ्य र तर्कसहित वार्तामा बस्नुको विकल्प छैन,’ उनले भने, ‘समस्या कसरी सिर्जना भएको भन्नेमा जान चाहन्न, तर अगाडि बढ्नुको विकल्प छैन ।’

    अर्का पूर्वराजदूत जयन्त प्रसादले पनि नेतृत्व तहले शान्त ढंगमा संवाद अगाडि बढाउनुपर्ने सुझाव दिए । बंगलादेशसँग जमिन र समुद्रमा भएको विवादसमेत वार्ताबाट टुंगिएकोमा नेपालसँगको विवाद नटुंगिने आफूलाई रत्तिभर शंका नभएको उनले बताए । वार्ताबाटै समाधान खोजिनुपर्ने धारणा राख्दै उनले नेपाल र भारतबीचको सम्बन्धमा चीनलाई ल्याउनु अप्रासंगिक भएको बताए । ‘यो विषय नेपाल र भारतबीचको हो,’ उनले भने, ‘चीनसँग कुनै सरोकार नै छैन ।’ यस्तो छ सुष्मा स्वराजका श्रीमानले गरेको ट्वीट-

    प्रतिक्रिया

    संचारकेन्द्र ट्रेन्डिङ