• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    कोरोना महामारी विरुद्ध लड्न चीनले गर्यो फेरी यस्तो ठुलो घोषणा

    7.3K
    SHARES

    काठमाडौं । विश्वव्यापी महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस कोभिड कोभिद -१९ विरुद्ध लड्न फेरी ठुलो घोषणा गरेको छ । कोरोना भाइरसको महामारीसँग जुध्न चीनले विश्व स्वास्थ्य संगठन डब्ल्युएचओलाई २ अर्ब अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेको छ ।

    उक्त रकम दुई बर्षभरीमा कोरोनाभाइरसविरुद्ध लड्नका लागि प्रदान गर्ने चिनियाँ राष्ट्रपति सि चिन फिङले जानकारी दिए । सोमबार चिनियाँ राष्ट्रपती सिले विश्वभरी कोरोनाभाइरसको महामारी फैलिएकाले त्यसको नियन्त्रण तथा न्युनिकरणका डब्ल्युएचओलाई सहयोग रकम उपलब्ध गराउने घोषणा गरेका हुन् ।

    विश्व स्वास्थ्य सम्मेलनका क्रममा राष्ट्रपति सिले कोरोनाभाइरस सम्वन्धी सम्पूर्ण विवरण चीनले डब्लुएचओे र अन्य देशहरुलाई उपलब्ध गराउने पनि जानकारी दिए । संगठनलाई अमेरिकाले यसअघि दिँदै आएको सहयोग कटौती गरेको बेला चीनले भने सहयोगको घोषणा गरेको हो ।

    यस्तै संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले विश्व स्वास्थ्य सङ्गठनका प्रमुखलाई एउटा पत्र लेख्दै कोभिड-१९ सँग सम्बन्धित विवादलाई लिएर उक्त संस्थालाई अमेरिकाले दिँदै आएको आर्थिक योगदान बन्द गर्ने चेतावनी दिएका छन्।

    उक्त पत्रमा सो निकायले तीस दिनभित्र उल्लेख्य सुधारहरू गर्नुपर्ने अन्यथा करोडौँ डलर रकम र सो संस्थामा रहेको अमेरिकी सदस्यता समेत गुमाउनु पर्ने भनिएको छ। ट्रम्पले डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयससलाई लेखेको पत्र आफ्नो ट्वीटमा सार्वजनिक गरेका हुन्।

    पत्रमा ट्रम्पले सङ्गठनले पर्याप्त कार्य नगरेकोमा आलोचना गर्दै भनिएको छ : ‘वुहानमा गत वर्षको अन्त्यतिर भाइरस फैलिएको विश्वसनीय विवरणलाई यसले पटकपटक बेवास्ता गर्‍यो।’

    उनले सङ्गठनले पटकपटक चीनको प्रशंसा गरेको भन्दै यसको लागि अबको बाटो चीनबाट स्वतन्त्र भएको देखाउनु भनेका छन्। उनले सङ्गठनले ठूलो र ठोस प्रगति देखाउन नसके अमेरिकी सहयोग नदिने अस्थाथी निर्णयलाई स्थायी बनाउने र आफ्नो देशको सदस्यताबारे पुनर्विचार गर्ने बताएका छन्।

    ट्रम्पले विश्व स्वास्थ्य सङ्गठन चीनको कठपुतली भएको आरोप लगाएका छन्। विश्व स्वास्थ्य सङ्गठनको निर्णायक निकाय वर्ल्ड हेल्थ असेम्ब्लीको दुईदिने बैठक सुरु भएपछि ट्रम्पले त्यस्तो टिप्पणी गरेका हुन्।राष्ट्रपति ट्रम्पले गत महिना नै विश्व स्वास्थ सङ्गठनलाई दिँदै आएको पैसा रोक्का गर्ने घोषणा गरेका थिए।

    अमेरिका विश्व स्वास्थ्य सङ्गठनलाई धेरै पैसा दिने सबैभन्दा ठूला देशहरूमध्येमा पर्दछ। गत आर्थिक वर्षमा अमेरिकाको आर्थिक योगदान सो सङ्ठनले प्राप्त गर्ने रकमको १५५ भन्दा केही कम थियो।

    अमेरिकी राष्ट्रपति ट्रम्प नै कोरोना भाइरसबाट जोगिन अप्रमाणित औषधि खाँदै !
    अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोना भाइरसको संक्रमणबाट जोगिन भन्दै वैज्ञानिकबाट प्रमाणित नभएको औषधि सेवन गर्न थालेका छन् । ह्वाइट हाउसमा भएको पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले आफूले मलेरिया तथा लुपसको औषधि हाइड्रोक्सिक्लोरोक्वीन खान थालेको बताएका हुन् ।

    वैज्ञानिकहरुले प्रभावकारिता पुष्टि नगरेको र गम्भीर ‘साइड इफेक्ट’ हुन सक्ने बताइएको हाइड्रोक्सिक्लोरोक्वीन औषधि कोरोना भाइरसको उपचारमा प्रयोग गर्न थालेको ट्रम्पले बताएका हुन् ।

    उनले भने, ‘मैले झण्डै डेढ हप्तादेखि हाइड्रोक्सिक्लोरोक्वीन औषधि खाइरहेको छु । र पनि म यहाँ उपस्थित भएको छ ।’ हाइड्रोक्सिक्लोरोक्वीनले कोरोना भाइरससँग लड्छ वा त्यसविरुद्ध काम गर्छ भन्ने कुनै प्रमाण अहिलेसम्म छैन ।

    क्लिनिकल ट्रायलमा रहेको औषधि खाएको राष्ट्रपति स्वयंले खुलासा गर्दै भने, ‘तपाईँहरुलाई आश्चर्य लाग्न सक्छ कि धेरै मानिसहरुले यो औषधि खाइरहेका छन् । विशेष गरी अग्रपंक्तिमा रहेर काम गर्नेहरुले कोरोना भाइरसको संक्रमण नहोस् भनेर खाइरहेका छन् । धेरैले यो औषधि खाएका छन् । र मैले पनि यो औषधि खाइरहेको छु ।’

    हाइड्रोक्सिक्लोरोक्वीनले सकारात्मक काम गर्छ भन्ने प्रमाण के छ भन्ने प्रश्नमा उनले भने, ‘यहाँ छ मेरो प्रमाणः यो औषधिले राम्रो गरेको छ भन्नेहरुको धेरै कल आइरहेको छ ।’ औषधि ह्वाइट हाउसका फिजिसियनले सुझाएर नभई आफैले मगाएर खाएको जानकारी दिँदै उनले ह्वाइट हाउसका केही कर्मचारी र आफैनजिकका व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिए पनि आफूमा नरहेको दाबी गरे ।

    आफूले दैनिक रुपमा जिंक लिइरहेको र इन्फेक्सनबाट जोगाउने एन्टिबायोटिक एजिथ्रोमाइसिनको एक डोज पनि लिइरहेको ट्रम्पले सञ्चारमाध्यमलाई जानकारी दिए । उनले यो औषधिको प्रभाव राम्रै पर्ने देखिएको र राम्रो काम गरोस् भन्दै कामै गरेन भने पनि हाइड्रोक्सिक्लोरोक्वीन खाँदैमा बिरामी पर्ने वा मर्ने हुँदैन भने ।

    अमेरिकाकै फुड एण्ड ड्रग एड्मिनिस्ट्रेसन (एफडिए) ले गत महिना हाइड्रोक्सिक्लोरोक्वीन कोरोना भाइरसको संक्रमण रोक्न वा निको बनाउन प्रभावकारी नदेखिएको र सुरक्षित पनि नरहेको बताएको थियो । उता बेलायतमाको जनस्वास्थ विभागले अब स्वाद र गन्ध यी दुवै थाहा नपाउनु पनि कोरोनाको लक्षण भएको पुष्टि गरेको छ ।

    सोमबार बेलायतको नेशनल हेल्थ सर्भिस (एनएचएस) ले आधिकारिकरूपमा सो कुरा बताएको हो । यसअघि यी लक्षणलाई एनएचएसले समावेश गरेको थिएन । गत महिना यी लक्षण पनि कोरोनासँग सम्बन्धित हुनसक्ने अनुमान मात्रै गरिएको थियो र पुष्टिका लागि थप अनुसन्धान थालिएको थियो ।

    बेलायतको स्वास्थ विभागका एक अधिकृत प्रोफेसर जोनाथन भ्यान ट्यामले अनुसन्धानबाट यस्तो कुरा पत्ता लागेको बताए । कसैमा यी दुई मात्र लक्षण देखिए एक हप्ता घरमा अलग्गै बस्न आग्रह गरिएको छ भने यीबाहेक अन्य पूर्ववत् लक्षणसमेत देखिए १४ दिन अलग्गै बस्न भनिएको छ ।

    प्रो ट्यामले कोरोनाको सङ्क्रमणबाट हालै भर्ना भएका नयाँ सङ्क्रमितमा यी लक्षण करीब ९३ प्रतिशतलाई देखिएको बताए । किङ्स कलेज लण्डनका अनुसन्धानकर्मी प्रो टिम स्पेक्टरको समूहले गत हप्ता प्रकाशित गरेको अनुसन्धानले यस्तो निष्कर्ष देखाएको हो ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ