• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights

    लिपुलेक र कालापानी विवादबारे चीनले बल्ल मुख खाेल्याे, दियो यस्तै गैरजिम्मेवार जवाफ

    काठमाडौं । चीनले लिपुलेक, कालापानीको सीमा विवाद नेपाल र भारतको भएको बताएको छ । र, दुई देशले आपसी सम्वादबाट हल गर्ने विश्वास व्यक्त गरेको छ । भारतले लिपुलेकमा नेपाली भूमि अतिक्रमण गरेर तिब्बतको मानसरोवर जाने सडक बनाएको छ ।

    त्यसको नेपालले विरोध गरेको छ भने सोमबार मात्र लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई समेटेर नयाँ नक्सा पास गरेको छ । तर यो सडक दुई देशबीच २०१५ मा भएको सहमतिअनुसार बनेको र चीनसम्म जोडिएकाले नेपालले उत्तरी छिमेकीसँग पनि कुराकानी गर्नुपर्ने माग उठेको छ ।

    नियमित पत्रकार सम्मेलनमा सोधिएको एक प्रश्नमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजेनले भने, ‘कालापानीको मुद्दा नेपाल र भारतको हो र हामी आशा गर्छौ कि दुई देशले मैत्रिपूर्ण परामर्शबाट विमतीहरु हल गर्नेछन् ।’ साथै चीाले एकपक्षीय कदम, जसले स्थिति जटिल बनाउन सक्छ, त्यसबाट दुबै देश बच्नुपर्नेमा जोड दिएको छ ।

    नेपाली भूमि भएको थाहा पाएकै अवस्थामा लिपुलेक हुँदै चीनको तिब्बतमा रहेको मानसरोवर जाने बाटो बनाउने बेलामा चीनले भारतसँग सम्झौता गरेको छ तर अहिले उक्त समस्या नेपाल र भारत हो भन्दै गैरजिम्मेवार प्रतिक्रिया दिएपछि नेपालमा त्यसको बिरोध सुरु भएको छ ।

    यता प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरा, लिपुलेक र कालापानी हाम्रो भूमि भएको बताएका छन् । सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि छलफलका क्रममा उठेका प्रश्नहरुको जवाफ दिने क्रममा यस्तो बताएका हुन्  प्रधानमन्त्री ओलीले प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरा, लिपुलेक र कालापानी हाम्रो भूमि भएकोभन्दै यसलाई जसरी पनि फिर्ता लिने बताए । भारतले नेपाली भूमि प्रयोग गरेर विवादको भूमि बनाएको बताउँदै प्रधानमन्त्रीले यो नेपाली भूमि यो भूमिका विषयमा कुनै विवाद नभएको बताए ।

    प्रधानमन्त्रीले भने, ‘मन्त्रिपरिषदेबाट हिजो हामीले नयाँ नक्सा जारी गरेका छौं । २०१८ सालसम्म जनगणना गर्ने, तिरो उठाउने कामहरु भएका थिए । त्यसपछि तिरो उठाउन जान नदिनेजस्ता काम भयो ।  १९६२ मा कालापानीमा भारतीय सेना बसेपछि त्यभन्दा पश्चिमतर्फ जान बन्द गरियो । त्यसबेलाका शासकहरुले सहेर बसे । तर अब लिम्पियाधुरा, लिपुलेक र कालापानी हाम्रो भूभाग फिर्ता लिएर छाड्छौं । हामी छाड्नेवाला छैनौं । हामीले कोही रिसाउँछ कि भनेर कुनै कदम चालेका हैनौं ।’

    ‘जसरी हामीले नीति कार्यक्रममा प्रस्तुत गरेको थियौ, त्यो काम हामीले गरेका छौं । देखाउनका लागि तथाकथित राष्ट्रवादको कुरा नेपालको नक्साका विषयमा होइन । यो कुनै तमासा गरिएको होइन, यो यथार्थमा फिर्ता लिन गरिएको हो,’ प्रधानमन्त्रीले भने ।

    सरकारले सार्वजनिक गरेको नक्साका बारेमा सदनमा जानकारी गराउँदै प्रधानमन्त्रीले भने, ‘संविधानको अनूसुची–३ मा रहेको नेपालको प्रतिक चिन्ह संशोधन गर्न संविधान संसोधन प्रस्ताव पेस हुनेछ ।

    अरु विषयमा पनि संसोधनका विषयमा भोलि छलफल गर्नसकिन्छ तर अहिले भूमि फिर्तासँग सम्बन्धित तत्कालको महत्वको विषय भएका कारण यहि अधिवेशनमा संविधान संसोधनको प्रस्ताव आउनेछ । मैले विश्वास लिएको छु । संसदले पारित गर्नेछ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालानामा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार र समाचार सामाग्रीहरुको केन्द्र’ बन्ने यात्रामा अगाडि बढिरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ