• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति

    लिपुलेकमा नेपाली झण्डा गाड्न हिँडे सर्मोलीका युवा, अबिर लगाएर गरियाे बिदाई

    2.1K
    SHARES

    काठमडौँ । दार्चुलामा एक युवाहरुको समूह अतिक्रमित लिपुलेकतिर लागेको छ । सीमानामा नेपालको झण्डा गाड्न सर्मोलीका युवाहरुको एक समूहले सोमबार लिपुलेकको यात्रा सुरु गरेको हो ।

    भारतले लिपुलेक क्षेत्रमा अतिक्रमण गरेर सडक निर्माणको विरोधमा उत्रेका युवाहरु नेपालको राष्ट्रिय झण्डा बोकेर लिपुलेक हिडेका हुन् । ‘सीमा रक्षा अभियान’ नाम दिएर लेकम गाउँपालिका (सर्मोली) का युवाहरु अतिक्रमित भूमि लिपुलेकको यात्रा सुरु गरेका थिए । सोमबार हिडेका युवाहरु साङपाङ पुगेका थिए । मंगलबार विहानै अबिर लगाएर साङपाङबासीले बिधाई गरेका छन् ।

    टोलीको नेतृत्व दिपक विष्टले गरेका छन् । नौगाड गाउँपालिकाकोण् साङपाङबाट बिदाई हुँदै गर्दा विष्टले नेपालको राष्ट्रियता र भौगोलिक अखण्डतामाथि प्रहार भएकाले त्यसको प्रतिवाद गर्नु सबै नेपालीको कर्तब्य रहेको बताए । लिपुलेकमा नेपाल भारत सीमा आफूहरुलाई राम्रोसँग जानकारी भएको भन्दै भारतले कब्जा गरेको जमिनमा झण्डा गाडेर फर्किने टोलीमा सहभागी गणेश विष्टले बताए ।

    भारतीय अतिक्रमणविरुद्ध देशैभर विरोध जारी छ । यसैबीच सोमबार मात्रै सरकारले अतिक्रमित भूमि समेटेर नेपालको नयाँ नक्सा जारी गर्ने निर्णय गरेको छ । सरकारले पश्चिम नेपालको उत्तरी भागमा रहेको लिम्पियाधुरासमेत समेटेर नयाँ राजनीतिक नक्सा जारी गरेको छ । भूमि व्यवस्था, सहकारी एवं गरिबी निवारणमन्त्री पद्मा अर्यालले आइतबार पेस गरेको लिम्पियाधुरासहितको नयाँ नक्सा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पारित गरेको हो ।

    अब नेपालको नक्सामा भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, लिपुलेक, कालापानी क्षेत्रको करिब ३३५ वर्ग किलोमिटर जमिन समेटिनेछ । जुन यसअघिको नक्सामा थिएन । नयाँ नक्साअनुसार संविधानको निसाना छाप रहेको अनुसूची पनि संसद्बाट संशोधन गरिने भएको छ ।

    सरकारका प्रवक्ता एवं अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाका अनुसार अब नयाँ नक्सा नै नेपालका प्रशासनिक कार्यालयहरू र पाठ्यक्रममा समावेश गरिनेछ । निसाना छाप संशोधन गरिनेछ । सरकारले तयार गरेको प्रतिवेदनअनुसार पुरानै नक्सामा समेटिएको कालापानी क्षेत्रको ६० वर्ग किलोमिटर भूमि भारतले अतिक्रमण गरिरहेको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ