• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights

    कलडाउनको बेवास्ता गर्दै कैलालीमा नेकपा र क्रान्तिकारीको संयुक्त मसाल जुलुस, भारतबिरुद्ध लागे यस्ता नारा

    1.8K
    SHARES

    काठमाडाैं । बिद्रोही नेपाल कम्युनिष्ट पार्टी र सोहि पार्टीनिकट अखिल क्रान्तिकारीले भारतीय हस्तक्षेपबिरुद्द निरन्तर बिरोध प्रदर्शन जारी राखेका छन् । नेपाली भूमि लिपुलेकमा भारतले तिब्बतको मान सरोवर जाने बाटो खानेपछि नेकपाका उसका भातृ संगठनहरुले लकडाउन र पार्टीमाथिको प्रतिबन्धलाई व्यवस्था गर्दै प्रदर्शन गरिरहेका छन् ।

    यसैबीच सोमाबर कैलालीमा पनि भारतबिरुद्ध मसाल जुलुस गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी धनगढी नगर समिति र अखिल क्रान्तिकारी कैलालीले नेपाली भूमि फिर्ता गर्न माग गर्दै धनागढ़ीमा मसाल जुलुस निकालेको हो । मसाल जुलुसमा उनीहरुले भारतीय विस्तारवाद मुर्दावाद, कालापानी फिर्ता गर, लिपुलेक हाम्रो हो, ओली सरकार मुर्दावाद, नेपाल कम्युनिष्ट पार्टी जिन्दावाद जस्ता वाजी लगाएका थिए ।

    मसाल जुलुसपछि बोल्दै नेकपा धनगढी नगर इन्चार्ज अनमाेल र अखिल क्रान्तिकारी अध्यक्ष सुवासले नेपालको भौगोलिक अखण्डता र स्वाधीनतामाथि गरिएको भारतीय हस्तक्षेप तथा नेपाल सरकारको राष्ट्रिय आत्मसमर्पणवादी रबैयाका विरुद्ध एकजुट भएर राष्ट्रिय स्वाधीनताको आन्दोलनमा सरिक हुन सम्पुर्ण देशभक्त नागरिक, बुद्धिजीवी प्राध्यापक मजदुर, श्रमिक, सुरक्षाकर्मी, पत्रकार र नागरिक समाजलगायत आग्रह गरे ।

    उता भारतीय सेनाप्रमुख मनोज नराभनको नेपालविरोधी अभिव्यक्तिलाई लिएर अखिल क्रान्तिकारीले पाल्पामा विरोध कार्यक्रम गरेको छ । सोमबार सम्पन्न कार्यक्रममा अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य शारदा भण्डारीले भारतीय सेना प्रमुखको भनाइ आपत्तिजनक रहेको र नेपाली युवा विद्यार्थीहरू राष्ट्रिय स्वाधीनताको रक्षाका लागि चिनियाँकाजीजस्तै सहिद बन्न तयार रहेको बताए ।

    नेपाली भूमि कालापानीमा भारतले अतिक्रमण गरेपछि नेपालमा सर्वत्र विरोध भइरहेको बेला भारतीय सेनाका प्रमुख मनोज नराभनले भारतले सीमा अतिक्रमण नगरेको अभिव्यक्ति दिएका दिए । भारतीय सेनाका प्रमुख मनोज नराभनले नेपालमा सीमा विवादको मुद्दा अरू कसैको इसारामा चर्काइएको भन्दै भारतले सीमा अतिक्रमण नगरेको बताएका थिए ।

    उनले चीनतर्फ सङ्केत गर्दै अरू कसैको इसारामा नेपालमा विरोध भइरहेको अभिव्यक्ति दिएपछि उनको भनाइविरुद्ध जनआक्रोश बढेको छ । उनले भारतीय भूमिमै सडक खनेको भन्दै नेपाल–भारत सीमा क्षेत्र काली नदी नै भएको बताएका थिए । भारतीय सेना प्रमुखको उक्त भनाइको नेपालमा व्यापक विरोध भएको र विरोधमा कार्यक्रमहरु आयोजना गरिएका छन् ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ